यहाँ त, कोही जातिवादी छन्
यहाँ त, कोही पार्टीवादी छन्
यहाँ त, कोही धर्मवादी छन्
यहाँ त, कोही पैसावादी छन्
म सिङ्गो मान्छे खोज्दैछु!
जगमा केहि गर्नु सोच्दैछु!!
यहाँ त, कोही धनी छन्
यहाँ त,कोही गरीव छन्
यहाँ त, कोही उच्च जातिका छन्
यहाँ त,कोही निच्च जातिका छन्
म सिङ्गो मान्छे खोज्दैछु!
जगमा केहि गर्नु सोच्दैछु!!
यहाँ त,कोही शोषक छन्
यहाँ त, कोही शोषित छन्
यहाँ त,कोही क्रेता छन्
यहाँ त, कोही विक्रेता छन्
म सिङ्गो मान्छे खोज्दैछु!
जगमा केहि गर्नु सोच्दैछु!!
हात-खुट्टा, नाक-मुख उही एकै ठाउँ भएको,
शरीरको खुन र हृदयको धुन एउटै नै रहेको,
सबै,मान्छे- मान्छे नै हुन्
सबैको छ एउटै धुन्
खै! यो भन्दा अलग्गै चैँ को हुन्???
तैपनि मान्छे यहाँ....
टुक्रा-टुक्रामा छन्
थुम्का-थुम्कामा छन्
जात-जाति र धर्ममा छन्
यस्तै असमञ्जसमय कर्ममा छन्
म सिङ्गो मान्छे खोज्दैछु !
जगमा केहि गर्नु सोच्दैछु!!
हो! जस्ले मान्छेलाई मान्छे जस्तै गरून्
जस्ले सबैमा समभाव छरुन्
एकले अर्कालाई साथ दिउन्
लड्न लाग्दा हात दिउन्
भोकाएकालाई भात दिउन्
सबै मान्छेलाई नै,
केवल, मान्छे कै जात दिउन् ......
हो !......
म सिङ्गो मान्छे खोज्दैछु!
जगमा केहि गर्नु सोच्दैछु!!
// सत् कर्म-सर्व धर्म//
कविता - शिव कटुवाल
No comments:
Post a Comment