Sunday, 11 February 2018

हन तिमीलाई जाडो हुँदैन?

रचना :   सागरमणि ढकाल

मेरो त एक भारी चिलाउनेको दाउरा तापेर उठ्दा पनि घुँडा चिस्सै हुन्छ
तिमी घुँडा फाटेको पेन्ट लगाएर
3 डिग्रीमा टुइ टुइ हिडछौ,
हन तिमीलाई जाडो हुँदैन?

म जिप्सीको हुड जस्तो पार्खा कोट लगाँउदा पनि थर थरी काँमछु
तिमी पानी गंजी जस्तो टप लगाएर
3 डिग्रीमा टुइ टुइ हिड्छौ
हन तिमीलाई जाडो हुँदैन?

म सिरकबाट अनेक उपचार गर्दा पनि तातो चिया नखाई निस्कन सक्दिन
तिमी हातमा "भर्जिन मोहितो" लिएर 3 डिग्रीमा सुरुप सुरुप खाँदै  हिड्छौ
हन तिमीलाई जाडो हुँदैन?

No comments:

Post a Comment