Friday, 2 February 2018

माफ गर्नु होला, मेडम!

कवि : यश दोर्जीलिङ्ग राई

आउनु होस् यहाँ
चाहे सौदागार बनेर
चाहे,भ्रमणकारी बनेर
चाहे,पर्यटकको नैं रूपमा
निर्धक्क सितले यहाँ
आउनु होस्
मेडम!
सदैव हाम्रो
न्योनो स्वागत छ हजुरलाई!
भव्य खुल्ला मंञ्च तयार छ
हजुरको निम्ति यहाँ
साथै
कान टोकुवा हाम्रा
स्थानिया यी हेभिवेट
माइक टाइशनहरू
लगायत...
कान टोकि माग्ने
स्थानिय ती हेभिवेट
होलिफिल्डहरू पनि
गोजीमा नै छ हजुरको!
अनि
माइकल-माइकलनी
ज्याक्सन मनहरू चाहि
नाँच्नलाई
फेरि पनि आतुरनै छन् 
मेडम!...आतुरनै छन् यहाँ??

आउनु होस्-
मेडम!
चाहे व्यापारीनै बनेर,
चाहे, भ्रमणकारी बनेर,
चाहेपर्यटकको नै रुपमा
तर...
आश्वासनको डोजर
सँधै जस्तै
आफुसंगै लिएर आउनु होला?
अनि,त्यो आश्वासनको डोजर
चडाई
कुल्चेर गइदिनु होस्
यी हाम्रा
स्थानिया टाइशन,
होलिफिल्ड अनि
माइक ज्याकसनहरूको छाती-छातीमा
तर
त्यो साइकलहरू चाहि
तलतिर नै बाडिदिनु होला,मेडम?
गएको सालझै!
आउनु होस मेडम!
दिल खोलेर आउनु होस्
चाहे व्यापारीको रूपमा
चाहे भ्रमणकारीको रूपमा
या भोट भिकारीकै रूपमा
विन्ती छ मेडम!
दया गरेर
यो दुर्गमि अविकासित ठाँउलाई
विदेशी स्विसहरूको रैथाने
स्विटजरल्याण्ड चाहि
नभनि दिनु होला कहिल्यै!
माफ गर्नु होला मेडम!
यो गोर्खाल्याण्ड हो!
यो गोर्खाल्याण्डनै रहनेछ!
विगतको जस्तै
यहाँ रबर वुलेटहरूका,
आश्रु ग्यासको गोला अनि
थ्रीनट थ्रीको वुलेटको खोकाहरू
हजुर मेडमको दया धर्ममा
काँचो खनिज पर्दाथहरूझै बनेर
प्यापार-व्याणिज्यको रुपमा
फस्टाएर जाने छ?

No comments:

Post a Comment