Sunday, 25 February 2018

माया

कवि : दीपकर राई

दुई अक्षर दुई मात्रा
मिलेर बनिएको शब्द माया
दुनियालाई नै चाहिन्छ
माया
मायाबिना जीवन नै अपुरो
भनिछ माया भ्रम हो
तर
म त भन्छु
माया त माया नै हो
किन कि

भमराले फुललाई माया गर्न जानेको छ
फुलले भमरालाई
जस्तो कि

किसानले जमीनलाई
जमीनले किसानलाई

माछाले पानीलाई
पानीले माछालाई

आगोले चुल्होलाई
चुल्होले आगोलाई

हो
माया गर्न जानेको छ
त्यो पनि नि:स्वार्थ माया

माया भ्रम हो
जसले स्वार्थको लागि माया गर्छ
माया माया नै हो
जसले जिन्दगी बिताउनलाई माया गर्छ

म त माया जिन्दगी बिताउनलाई गर्न चहान्छु
न त जिन्दगी बिगार्न

जसरी
छायाले मलाई माया गरे जस्तो
कहिले म देखि टाडा नभग्ने।।

No comments:

Post a Comment