रचना - गायिका जुनु गौतम
मैले हिजो सम्म जुनु गौतमलाई एक कुशल गायीका मात्रै सम्झको थिएँ तर भेट भए पछि थाहा भयो कि वहाँ त गीत र कविता पनि लेख्नुहुँदो रहेछ।
अहिले विश्वभरी भोली हुने भ्यालेनटाईन्स डेको उपलक्षमा प्रेमले भरिएको सुगन्ध हावा चलिरहेको बेला जुनुको यो कविता तँपाईहरु सबै सँग शेयर गर्ने ईच्छा भयो।
मेरो प्रेम तिमी सँग होइन तिम्रो मन सँग हो
यो मेरो आत्मा र तिम्रो आत्मा को मिलन हो
प्रेम को आभास त मन ले नै गरेको हो
न म तिमिलाई चिन्छु न तिमी मलाई चिन्छौ
तर यो मनले तिम्रो मनलाई त चिनेरै हो आज
हेर कति नजिक छ तिम्रो मेरो मन
किन किन मेरो मन त बादल सँगै उडेर
तिम्रो मन को वरि परि घुमि रहन्छ
किन किन सम्हाल्न खोज्छु समालिन्न यो मन
बरालिन्छ किन तेतै तिर।
मैले छले पनि आफुलाई मनले छल्दैन,
किन किन सधै खोजी रहन्छ तिम्रै मन
किन आज गलत पनि सहि लाग्छ,
किन आज हर कुरा सहज लाग्छ
किन अरु कै सोच्न चाहदैन यो मन
किन तिमी बड टाढा हुनै
चाहदैन चाहदैन यो मन
No comments:
Post a Comment