Tuesday, 6 February 2018

धुँलो गाँउ को जिऊ भरी माटो गन्हाँउछ ।

  - प्रबीण कौ शिक

आजा सखारै शहर भित्रिएको
एउटा धुलो गाँउ
अबेर सम्म नबिउझिएको
शहरको गल्ली गल्ली
धुमधुम्ति एँक्लै हिडी रहेछ

कैले चौरास्ताको प्यारापाईड तिर

कैले बाटा अघिको फुटपाथ तिर
बाटा अघि भित्ता भरी टाँसिएको पोस्टर हरु
उ सकी नसकी पढने कोशिष
गर्छ
जानि नजानी बुझ्ने कोशिष
गर्छ
कतै पोस्टर भरी
भैसी जत्रो अक्षर हरुमा
अधिकार र हक को कुराहरु लेखिएको छ
त कतै
गोर्खालैँड को शब्द हरु
झँण्डिएको छ
,
हो यो त्याही गाँउ हो
जो आजा बाटाको अघि फुटपाथ मा उँभिएर त्याही गोर्खालैँडको शब्दहरु पढदैछ
जसले केहि दिन अघि मात्र
गोर्खालैँड को भयंकर समरमा
आफनो सर्बस्व गुमाएको थियो
,
यही धुँलो गाँउ
जो अणु अणु मा परिबर्तन भई
यही धुँलो गाँउ त्यो बेला
आन्दोलनको ज्वाँलामुखु बनि
परमाणु झै पडकिएको थियो
.
यही धुँलो गाँउले
फेरि एकपटक
गोर्खालैँड को बेदीमा
एघाह्र छोराहरुलाई बलि
चडाएको थियो
यही धुलो गाँउले
तीन महिना अधिक
मकै र ताँबाले पेट भरेर
गोर्खालैँड को किल्ला
सामन्ती बंगालको हातबाटा
जोगाएर राखेको थियो ,
,
त्यो बेला शहर छोडेर भागीरहेको शहरको लह लहैमा
यो धुलो गाँउ कहिले
हावाको झोँका सित
उडेर भागेन
,
त्यासपछि
मीरजाफर हरुको
एउटा ताण्डव नृत्यपछि
साईलेँस बन्न पुगेको
त्यो आन्दोलनको किस्सा
गर्भ मै तुहेर ग एपछि
फेरि एकपटक नियतिको कुचक्र भित्र बारम्बार फँसीरहेको त्यो धुलो गाँउ
आजा फेरि सखारै शहर चियाँउन आएको छ
जुन शहरको एउटा गल्ली बाटा
एउटा नेताले
आन्दोलनको शंख घोष गरेका थिए ।
,
तर राजनिती कुटनिती र दाऊ छोप्ने मौकेबाज हरु
जो शहरको पार्टिशेन र सिलिङ भरी भायरस बनेर बसेको छ उनीरु गाँउको धुलो सँग नाकमुख छोप्छन्
धुलो देख्न साथ एलर्जी हुन्छन
उनीहरुलाई ,
,
तर माटो नै नचिन्नेहरु लाई के थाह
धुलो पनि माटो कै अँश हुन्
भनेर
,
धन्य त्यो गाँउ
जसले युगदेखि
बर्तामान सम्म
आफै सँग माटो बोकर हिडेको छ ।
,
आजा त्यो धुँलै धुँलो
भ एको गाँउ छ र नै
माटोको आन्दोलन मरेका छैनन् ,
.
नत्र
छेपारो ले झै रंग फेर्ने शहरले
कति बेला माटो को सुगँन्ध
बंगालको कलकोठरीमा
कैद गरेर बेचीसकेका हुन्थे
,
तसर्थ
आजा एक ब्यानै
शहर भित्रीएका
एउटा धुँलो गाँउलाई देखी
हाँस्ने शहर हरुलाई
म सोध्न चाहन्छु
तिमी पनि एकपटक
जुत्ता भरी लुगा भरी कपाल भरी
बर्खायाम मा हिलो र
हिउदमा धुलो बोकेर हिड
त्यासपछि कतै तिम्रो नाकमा पनि
साँच्चै माटो गन्हाँउछ कि
,
भो अब शहर
धुलो बोकेको गाँउलाई अघि लाएर
तिमी तिम्रो स्वार्थ नखोज

[सम्बन्धित कबिताको आकर्षण को निम्ति मात्र प्रयोग गरिएको हो]

No comments:

Post a Comment