Monday, 26 February 2018

खोजी

- प्रभात चिसो राई

खोजिरहेँ कहाँ कहाँ तिमी भएका प्रमाणहरु
हजार जान्छ जहाँ जहाँ पाइनँ केही निशानहरु
पुछेर धमिलो एेना मनको जब हेरेँ चिम्लेर आँखा यो तनको
त्यो चेहेरा थियो मालिक तिम्रो,म त कस्तूरी रहेछु बनको।

पुगे कति पाइलाहरु काशीदेखि मदिनासम्म
कसले पायो भन मलाई योगौँदेखि आज सम्म?
न गयो कहीँ पायो जसले पायो यहीँ
एक संसारी हामी तिमी बुद्ध भयो यहीँ।

पायो उसले उसकै सत्य न पायो तिम्रो निम्ति
आफ्नो सत्य,तृष्णा आफ्नो, हरेक खोज आफ्नो निम्ति
साथी न कोही,दिशा न कोही, मार्ग न कोही यो यात्राको
जा जोगी अन्धो मनको तीर्थ आफै भित्रको।
#pravatchisoraipoetry

No comments:

Post a Comment