Monday, 12 February 2018

साहित्यकार श्री लोकनाथ उपाध्याय चापागाईंको कथा सङ्ग्रह `किन रोयौ उपमा´लाई यो वर्षको `तुलसी `कश्यप´ स्मृति पुरस्कार २०१८ प्रदान गरिने

आसामबाट गत ६ दशकदेखि नेपाली साहित्यमा साधनारत साहित्यकार श्री लोकनाथ उपाध्याय चापागाईंको कथा सङ्ग्रह `किन रोयौ उपमा´लाई यो वर्षको `तुलसी `कश्यप´ स्मृति पुरस्कार २०१८ प्रदान गरिने भएको छ।  प्रतिष्ठानको एउटा बैठक आज ११ फरवरीमा महाकवि तुलसीराम शर्मा `कश्यप´को जन्म दिनका अवसरमा राखिएको र यो निर्णय लिइएको हो। पुरस्कारमा नगद रू ५१०००/- एकाउन्न हजार, स्मृति-चिन्ह र अभिनन्दन रहनेछ साथै पुरस्कार चयनका निम्ति पुस्तक प्रदान गर्नुहुने सबै साहित्यकारहरूलाई पनि सम्मान जनाइने छ। आगामी दिनमा हुने `तुलसी कश्यप स्मृति दिवसका अवसरमा यो  पुरस्कार प्रदान गरिनेछ। वर्ष २०१८ मा पुरस्कार प्रदान गर्न निम्त्याइएका पुस्तक मध्ये निर्णायक गणले दिएको निर्णयलाई नै सर्वोच्चमा राखेर प्रतिष्ठानले आज महाकवि तुलसीराम शर्मा `कश्यप´ को जन्मदिनका अवसरमा यो घोषणा गर्दछ। पुरस्कारका निम्ति श्री लोकनाथ उपाध्याय चापागाईंलाई प्रतिष्ठान बधाई एवं शुभकामना व्यक्त गर्दछ।

डिल्लीप्रसाद अधिकारी ।
साहित्य समन्वय समिति,
तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठान, सिक्किम।

No comments:

Post a Comment