Tuesday, 6 February 2018

आइडीबीआई फेडरल लाइफ इन्सोरेन्स कोलकत्ता म्याराथान २०१८ मा दार्जीलिङ, कालेबुङ, सिलगढ़ी अनि गोरूबथानका धावकहरूले उत्कृष्ट प्रदर्शन

कोलकाता,६ फरवरी २०१८ : गत ४ फरवरीको दिन आयोजित उक्त म्याराथानमा दार्जीलिङ पहाड़का कूल २७ जना धावकहरूले सहभागिता जनाएका थिए भने ६ जना धावकहरू कालेबुङबाट रन अफ रोशनी मार्फत पनि सहभागिता जनाएका थिए।

दार्जीलिङ पहाड़का धावकहरूमा क्रमैले बिनोद तामाङले १० किमी वर्गमा विजेता बने भने सोही वर्गको प्रतियोगितामा हेमन्त लिम्बु  चौथौं स्थानमा आए। यसबाहेक १४ किमी वर्गको प्रतियोगितामा पत्रुस लेप्ता चौधौं स्थानमा आए।

यसरी नै हाफ म्याराथान प्रतियोगितामा प्रिती राई दोस्रो स्थानमा अनि रञ्जीत राई चौधौं स्थानमा आए।

अभाग्यवश फूल म्याराथान प्रतियोगितामा रूनेश तामाङलाई आयोजक समितिका स्वयंसेवीहरूले गलत दिशा निर्देश गरेको कारणले गर्दा ३५ किमी पार गरिसकेर पनि प्रतियोगितामा कुनै स्थान ओगट्न सकेनन्।

उनले आफ्नो म्याराथा दौड़ चार घण्टामा पूरा गरे। गत वर्ष उक्त प्रतियोगिताको विजेता रहेको रूनेश तामाङ यसपल्ट स्वयंसेवीहरूको गलत दिशानिर्देशको कारण विजेता बन्न नसकेकोमा सबै धावकहरूले खेद प्रकट पनि गरेका छन्।

यसबाहेक ४५ वर्षे महिलावर्गको म्याराथान प्रतियोगितामा छिरीङ ल्हमु भोटिया प्रथम भएका छन् भने समिक्षा राई दोस्रो भएकी छिन्।

समिक्षा राईले गत २०१३ सालमा रन विथ् रोशनीलाई समर्थन गर्दै हैदराबाद हाफ म्याराथानमा पनि भाग लिएका थिए।

दार्जीलिङ पहाड़बाट उक्त म्याराथान प्रतियोगितामा भाग लिने धावकहरूमा क्रमैले  कर्म भोटिया, भरत राई, राजेश गुप्त, दिनेश लामा, प्रिमस भोटिया, वसन्त गिरी, सामरेन दोर्जी लामा, नवी रज्जाक,निमा छिरीङ तामाङ,रूपेश तामाङलगायत अन्यान्य रहेका थिए।

No comments:

Post a Comment