Wednesday, 7 February 2018

त्यो नाम हो गोर्खा !!

कवि : यश राई दार्जीलिङग् , रंगबुले

त्यागको अर्को त्यो नाम हो गार्खा!
तक्मको अर्को त्यो नाम हो गोर्खा!
नगर चाहे हाम्रो वलिदानहरूको मुल्यङ्कण
तरै पनि...
यो देशको गौरव ,त्यो शान हो गोर्खा!!

मेहनति छौ!
अति उदारतावादी छौ...
चिरेर हेर!चाहे
प्रत्येक यो गोर्खाली छातीलाई
विश्वासको अचूक त्यो नाम हो गोर्खा!...
स्वार्थपन केवल आधा मात्र हाम्रो?
बाँचेको छौ हामी आधा आफुमा
बाँचेको छौ हामी आधा तिमीमा
मागेर हेर!तिमी
कुनै सहयोग हामीमा
ज्यानै हाम्रो त्यहाँ हाजिर छ!
ज्याने हाम्रो त्यहाँ हाजिर छ!!

मानवताको छुट्टै त्यो नाम हो गोर्खा!
साँचो साहाराको अर्को त्यो नाम हो गोर्खा! 
अर्नथै सजिएको...
होईननि गोर्खे यो छातीमा तक्महरूले!
त्यसैले त...
दुनियाँ भरमा बेग्लै त्यो पहिचान हो गोर्खा!

सोझा छौं,हामी
कृर्पालु छौ हामी
दया गर्नुमा सिपालु छौं हामी
हाम्रो पनि शरीरमा
तिम्रै जस्तो छ रगत,त्यास्तानै रगत बहन्छन्
यो थाहा छ हामीलाई
तर हाम्रो शरीरमा खै के बहन्छ
तिमीहरूले कहिल्यै थाहा पाएँनौ!
तिमीहरूले कहिल्यै थाहा पाएँनौ!!

सुकुम्बासीको त्यो नाम हो गोर्खा!
आतकंवादीको अर्को नाम भयो गोर्खा?
देशको निम्ति शहिदहरू जन्माउने गोर्खाल्याण्ड
साम्प्रादायिक कुचालमा श्मशान भो गोर्खाल्याण्ड?

आभागीको अर्को त्यो नाम हो गोर्खा!
दरवानको नमेटिने त्यो डाम हो गोर्खा!
जीवनभर सम्मलाई उज्यालोनै नदेखि
अस्ताई रहेको त्यो घाम हो गोर्खा!!

वढीवढाई,चडी-चढाईमा मात्र बन्यौ
केवल गोर्खाली हामी सदैव सिमित?
देश-इतिहासको आधा पानामा
सजाई देऊ हाम्रो
त्यागको परिभाषा
सजाई ती तक्महरूलाई 
यहीं देशको बासी हौं हामी पनि गोर्खा?
यहीं देशको सुनाम हौ हामी पनि गोर्खा?
अभाग्यवश!
तर अस्तित्व-चिन्हारी पहिचान बिनाको
आफ्नै देशभित्र त्यो गुमनामको एउटा
छुट्टै त्यो नाम हो गोर्खा!
त्या नाम हो गोर्खा!!

No comments:

Post a Comment