Wednesday, 28 February 2018

सेलिब्रेटीको मृत्यु



रचना : अनन्त श्रेष्ठ, २८/०२/२०१८

जब एकजना सेलिब्रेटीको मृत्यु हुन्छ
मेरो देश विदग्ध हुन्छ
मेरो देश भग्न बन्छ
अनि राष्ट्रिय शोकगीत
अखबारमा, रेडियोमा, टेलिभिजनमा
हप्तौं बजिरहन्छ।

जब एकजना किसान
आलुको मूल्य ठीक नपाएपछि
ऋण दिवालिया भएर
आत्महत्या गर्छ
जब एकजना चियामजदूर
चियाकमान बन्द भएपछि
कुपोषणले क्षयरोगजनित
मृत्युवरण गर्छ
जब एकजना हकर
पेपर बाँढ़्दा- बाँढ़्दै
अकस्मात गाड़ीले किच्चिएर मर्छ
तब मेरो देश निरव बन्छ
न कहीँ हावा चल्छ
न कहीँ पात हल्लिन्छ
मेरो देश यथावत चलिरहन्छ।

सेलिब्रेटीसँग त शरीर छ
पैसा छ, सुनाम छ
गाड़ी छ, महल छ
चियामजदूरसँग के छ?
आलुकिसानसँग के छ?
पेपरहकरसँग के छ?

देश यो देख्दैन कि
देशलाई झिनो हातले
दिनसक्ने चियामजदूरसँग
किसानसँग/हकरसँग
एकमुठी पसिना छ
एकजोर परिश्रम छ
त्यही पसिना चिया भएर
देशको ओंठ-ओंठ पुगेको छ
त्यही परिश्रम अन्न भएर
देशको पेट डम्म अघाएको छ
यद्यपि उसको मृत्युमा
देश दुख्दैन
देशको आँखामा
आँशुको नदी बग्दैन
किनकि उसँग
फिल्मफेयर अवार्डजस्तै
भारत रत्न/ खेल रत्न/पद्मश्री पुरस्कारजस्तै
बेस्ट वर्कर/ बेस्ट फार्मर अवार्ड छैन ।

तर देश कहिल्यै सोध्दैन
कि सेलिब्रेटीको नितान्त स्वामित्वमा
के कुनै निशुल्क स्कूल
अस्पताल
शिशु आश्रम
अनि वृद्ध आश्रम छ ?

यद्यपि देश
एकजना सेलिब्रेटीको मृत्युमा
शोकधुन निरन्तर बजाइरहन्छ
बजाइरहन्छ।

(In PC : Starving tea gardens workers in Dooars)

पुष्कर-पुष्पनको जोडीले एउटा इतिहास रचेको छ

-बी पी बजगाईं, सिलगडी |

पुष्कर पराजुलीको शब्द अनि सङ्गीतमा गायक पुष्पन प्रधानको गीति एल्बम ‘इन्दुरे मिन्दुरे’ बजारमा निस्किने बित्तिकै चर्चामा आउनु अनि हीट हुनु भनेको मानिसहरू अहिलेको व्यस्त जीवन अनि अमिल्दो सामाजिक संरचनाबाट बिरक्तिएर जीवनमुखी बन्न खोज्दैछन भन्ने कुरा बुझें मैले| 

लगभग दुई दशकभन्दा अधिक वर्षहरू अघि मैले इन्दुरे मिन्दुरे गीत स्वयम् पुष्कर पराजुलीको मुखबाट उत्तर बंग विश्वविद्यालयको रिसर्च होस्टलमा सुनेको हुँ| यसपछी हामीले यो गीत कहिले काहीं भेट्दा फेरी सुन्थ्यौं, सँगै गाउथ्यौं| यसले एल्बमको रूप लिएर बजारमा आउन समय निकै लगायो| तर म सन्तुष्ट हुनसकें, किनभने यस गीतलाई पुष्पनको स्वरले न्याय गरेको छ| पुष्पनको गलामा मोहनी जादु छ भने पुष्करको गीत लेख्ने स्याहीमा मष्तिस्क हल्लाउने ताकत छ, जीवन देखाउने उज्यालो छ|

मेरो नजरमा पुष्कर जनवाद छिचोलेर जीवनमुखी बनेको एउटा युगको नाम हो| भर्खरै स्कूले जीवन सकेर टीनेजरको बित्दो संघारमा उभिंदाको उ बेलाको कलिलो पुष्करले आफैले लेखेको गीत नुक्कड़मा उभिएर गाएको देख्दा साहित्यकार रामलाल अधिकार दङ्ग परेको मैले धेरै अघि सुनेको हो| त्यस गीतको मुखडा यस्तो थियो-

जाउँ जाउँ चियाबारीमा, बुट्टा बुट्टी छहारीमा
मनको भारी बिसाउन, जाउँ जाउँ चियाबारीमा
चिरा चिरा परेको खुट्टा, मशिन बनेका हातहरू
छोरा-छोरीलाई ठूला बनाउने, रातका गुनगुन बातहरू
चट्टान पागल्ने गर्मीमा उही छ इच्छा उही रहर
जस्तो चियाको हरियोपन छ सुन्दर|

सम्भवत यो गीत अहिलेसम्म रिकर्ड भएको छैन होला| यसरी जनवादी चिन्तन बोकेर कलम समाएका पुष्कर पराजुलीले आफ्नो सामाजिक जीवनको अनुभवको निचोडहरूलाई कम उमेरमा नै जीवनमुखी बनाएर उतार्न थालेका हुन्| 

एउटा विद्यार्थीले जुन सपना बुनेर पडन शुरु गरेको हुन्छ अनि उसले शिक्षा सिध्याएर अघि बढ्नु खोज्दा अवसरको अभाव अनि उभिनुको संघर्षको जुन संघार देख्छ, त्यस परिस्थितिमा उभिने अवसर पाए उभित्रको उर्जाले पराकाष्ठा नाघ्ने संकल्प बोकेको गीत हो इन्दुरे मिन्दुरे| यो गीत पुष्कर पराजुलीका सहपाठी अनि साथी-भाईहरू माझ दुई दशक अघि नै चर्चित गीत हो अनि अहिले यसलाई वाह्य जगतमा चर्चाको शिखरमा पुरयाएका छन् पुष्पन प्रधानले|

मैले पहिले नै पुष्पनलाई एउटा नाम दिएको छु, ‘भुँईं गायक’ भनेर| उनी भुँईंका कुराहरू, जमीनी यथार्थहरू टिपेर अरूलाई जीवनको मूल्य बोध गराउन खोज्ने गीताङ्गे हुन् अनि जमीनका त्यस्ता यथार्थहरू भित्र नै हुर्किएका पुष्कर पराजुलीका शब्दहरूलाई पुष्पनले न्याय नदिए कसले दिने? सम्भवत: गीति एल्बम इन्दुरे मिन्दुरेको निस्किने बित्तिकै चुलिएको चर्चा भित्र यही यथार्थ सबल उभिएको छ| 

‘आठ बजी जान्छ पाँच बजी फर्कन्छ’ भन्ने गीत राम्ररी सुन्दा कसैले पनि आफ्नो बाबुलाई परिवार पाल्न काममा गएको झल्यास्स सम्झन सक्छन्, उ चिया कमानको मजदुर हुनसक्छ, कुनै फ्याक्ट्रीको श्रमिक हुनसक्छ, कुनै प्राइवेट अर्थात् सरकारी नोकरीको तल्लो तहको कर्मचारी हुनसक्छ| यस गीतको पात्रले बहुसंख्यकको प्रतिनिधित्व गरेको छ यसैले उ आफैमा एउटा सिंगो देश हो| र नै त गीतले भन्छ, ‘कसरी भन्नु ठुल्दाजु....उसले देश बनाउँदैन...’ | पुष्करले एउटा साधारण मजदुरलाई देशको निर्माता उभ्याएका छन् भने पुष्पनले यस गीतलाई गाएर खटिखाने वर्गलाई सम्मानित तुल्याएका छन्|

यसै इन्दुरे मिन्दुरे एल्बममा भएको अर्को गीत ‘एउटा डम्पिंग ग्राउण्ड बनाइदेउन है’ मनको स्वच्छताको पक्षमा लेखिएको एउटा यस्तो गीत हो जसले बन्धक बनेको मानवीय चेतनाको मुक्ति खोजेको छ| विश्वको सङ्गीतको अध्यायमा यस्तो गीत मान्छेले होइन युगले लेखेको हुन्छ अनि गीतलाई युगले नै गाएको हुन्छ| हल्का-फुल्का रमाइलो गाएर सङ्गीत बेच्ने बजारमा पुष्कर पुष्पनको जोडीले भने यसपाली साँच्चै एउटा इतिहास रचेको छ| यस गीतमा बंगालको बाउल गानको सुरले नेपाली संगीतलाई जुन नयाँपन दिएको छ त्यो अलग्गै चर्चाको विषय नै बनेको छ|

यस एल्बमसँग सम्बन्धित मैले नचिनेका, नजानेका सबै नै बधाईका पात्र हुन्| मित्र पुष्कर पराजुलीलाई समाजलाई एउटा राम्रो जीवनमुखी कोशेली ‘इन्दुरे मिन्दुरे’ दिएकोमा हार्दिक बधाई एवं शुभकामना| भाई पुष्पनलाई आज जन्मदिनको शुभकामनासँगै इन्दुरे मिन्दुरेको निम्ति लछेप्रै बधाई अनि मायाहरू...|
अन्तमा पुष्कर पराजुलीको जनवादी शब्दभित्रै मेरो शुभकामना टुंग्याउँदछु –

“कदम कदममा जिन्दगीको सङ्घर्षको पुकार छ
ढुँगा फोर्ने हातहरूमा शक्ति बेशुमार छ
एउटा कदम तिमी बढाउ, अर्को कदम बढाउँछु म
एकताको अघि सबै बाधाहरूको हार छ|”

Monday, 26 February 2018

Leopard Skin being smuggled to Sikkim seized

Report by: Prashant Acharya

SILIGURI 25 Feb 2018

Forest officials of Belakoba range have seized 9 feet long Leopard skin and arrested two Bhutanese residents from Nagarkata National Highway under Jalpaiguri district.

The consignment was being taken to Sikkim via Dooars region but apprehended by forest officials before they cross Bengal border.

Sanjay Dutt, Ranger, Belakoba forest range said that they prior have information about the smugglers entering Sikkim with leopard skin. They had planned and waited along national highway near Nagarkata and recovered leopard skin from Bhutan number Bolero pick-up van and arrested Sangay Dorji and Yadap Prasad Sharma.
Arrested duo is citizens of Bhutan and run business as one is an hotelier and other is an owner of readymade garments shop. Dutt informed that both confessed about selling the skin in Sikkim at the cost of Rs 7 lakhs.
According to Dutt the smugglers had killed a 15 years old leopard from the forest of Bhutan and were carrying the skin to sell it in Sikkim.
“Sangay owns a hotel Amangi while Yadap is a owner of Radha Gifts and Fancy Wear shop in Bhutan and were involved in smuggling skins and other parts of wild animals since long,” said Dutt.
When asked about the links in Sikkim and whom were they about to deliver the consignment, Dutta replied that according to smugglers they were working and contacting through Sikkim whatsapp group. The details will be known after further investigation and interrogation.
Dutta said that they will also inform the Bhutan embassy regarding the matter. Both were produced in court today and sent for police remand.

Source The Echo of india

खोजी

- प्रभात चिसो राई

खोजिरहेँ कहाँ कहाँ तिमी भएका प्रमाणहरु
हजार जान्छ जहाँ जहाँ पाइनँ केही निशानहरु
पुछेर धमिलो एेना मनको जब हेरेँ चिम्लेर आँखा यो तनको
त्यो चेहेरा थियो मालिक तिम्रो,म त कस्तूरी रहेछु बनको।

पुगे कति पाइलाहरु काशीदेखि मदिनासम्म
कसले पायो भन मलाई योगौँदेखि आज सम्म?
न गयो कहीँ पायो जसले पायो यहीँ
एक संसारी हामी तिमी बुद्ध भयो यहीँ।

पायो उसले उसकै सत्य न पायो तिम्रो निम्ति
आफ्नो सत्य,तृष्णा आफ्नो, हरेक खोज आफ्नो निम्ति
साथी न कोही,दिशा न कोही, मार्ग न कोही यो यात्राको
जा जोगी अन्धो मनको तीर्थ आफै भित्रको।
#pravatchisoraipoetry

Sunday, 25 February 2018

माया

कवि : दीपकर राई

दुई अक्षर दुई मात्रा
मिलेर बनिएको शब्द माया
दुनियालाई नै चाहिन्छ
माया
मायाबिना जीवन नै अपुरो
भनिछ माया भ्रम हो
तर
म त भन्छु
माया त माया नै हो
किन कि

भमराले फुललाई माया गर्न जानेको छ
फुलले भमरालाई
जस्तो कि

किसानले जमीनलाई
जमीनले किसानलाई

माछाले पानीलाई
पानीले माछालाई

आगोले चुल्होलाई
चुल्होले आगोलाई

हो
माया गर्न जानेको छ
त्यो पनि नि:स्वार्थ माया

माया भ्रम हो
जसले स्वार्थको लागि माया गर्छ
माया माया नै हो
जसले जिन्दगी बिताउनलाई माया गर्छ

म त माया जिन्दगी बिताउनलाई गर्न चहान्छु
न त जिन्दगी बिगार्न

जसरी
छायाले मलाई माया गरे जस्तो
कहिले म देखि टाडा नभग्ने।।

Thursday, 22 February 2018

चियाबारीको ब्यथा

कविता : निरूबिन्दु

दबाई छिट्छन् की
आफ्नो खुन् छिट्छन्
धनबीरे काकाले चियाबगानमा...?

मल खनाउँछन् की
आफ्नो पसिना खनाउँछन्
फुलमाया काकीले चियाका बुट्टामा...?

पानीले भिजाउँछन् की
आफ्नो आँसुले भिजाउँछन्
श्रमिकहरूले चियाबारीको माटोमा...?

रहरहरू पनि मिसाउँदा हुन्
इच्छाहरू पनि मिसाउँदा हुन्

अलि-अलि गुनाँसो पनि लगाउँदा हुन्
अलि-अलि प्रार्थना पनि लगाउँदा हुन्

अलि-अलि माया पनि छिट्दा हुन्
अलि-अलि मुस्कान पनि छिट्दा हुन्

आह......त्यसैले त,
मिठोपना हुन्छ चियामा,

थकान् पनि मेट्छ,
भोक् पनि मेट्छ,
तिर्खा पनि मेट्छ,

प्रेम पनि बडाउँछ,
साईनो पनि जोड्छ,
सम्बन्ध प्रगाड बनाउँछ,

सायद, सपना पनि छिट्दा हुन् चियामा.....
सायद, बिपना पनि छिट्दा हुन् चियामा....

आह......त्यसैले त,
पिऊँ-पिऊँ हुन्छ चिया.......।।

Friday, 16 February 2018

सडक अनि म

कवि : बिमल खतिवडा, सिलीगुड़ी

तिमी कालो लम्पसार सडक
म पनि एउटा लम्पसार शिक्षक
वर्षौं देखी तिमी त्यहीं नै छौ
म पनि दसकौं देखी यहीं छु

तिमी देशको जिवन रेखा
म पनि देशको भविष्य रेखा
कति गुडे गाडी र यात्री तिमीमा
त्यती गए विधार्थी टेकी मेरो छातीमा

सबैलाई उनिहरुको लक्ष्यमा पुर्याऊँछौ
म पनि त भविष्यको बाटो देखाउँछु
तर एकै ठाँऊमा लम्पसार रहन्छौ
म पनि त्यही श्रेणी कोठमा रहन्छु

तिमीलाई पनि समयले खाल्डो बनाइदिन्छ
मलाई पनि त अभावका खाल्डाले सताईदिन्छ
भोट आउने बेलामा तिम्रा खाल्डा पुर्छन
मेरा खाल्डा पनि अलिकति नोटले पुर्छन

पर्यावरण दिवसमा मात्र तिमीलाई सफा गर्छन्
मलाई शिक्षक दिवसका दिन मात्र सम्मान गर्छन्
नत्र त वर्षभरि पानको थुकले तिमीलाई थुक्छन्
मलाई पनि त्यसरी नै संधै कटुवचनले थुक्छन्

तिम्रा खाल्डामा मैला पानी भरिरहन्छ
मेरा खाल्डामा पनि अभाव रहिरहन्छ
तर न तिमी त्यहाँ बाट उठेर भाग्न सक्छौ
न नै म मेरो कर्तव्यबाट भागेर जान सक्छु

Wednesday, 14 February 2018

West Bengal Becomes First State to Opt Out of ‘Modicare






Source : News18.com

Claiming that the Bengal government had already enrolled 50 lakh people under its own Swasthya Sathi programme, Chief Minister Mamata Banerjee has announced the decision to opt out of Centre’s ‘Modicare’ scheme.

This makes West Bengal the first state to withdraw from the ambitious programme.

“The Centre has drawn up a health plan in which 40% of the fund has to come from states. But why should the state spend on another programme when it already has its own? A state will have its own scheme if it has the resources,” the Times of India reported the CM as saying during a public meeting in Krishnanagar on Tuesday.

Union Finance Minister Arun Jaitley had announced the National Health Protection Scheme (NHPS) on February 1, making it the biggest global plan to provide quality health cover to a population larger than the combined citizenry of the US, UK, Germany and France.

“We have done it even after the Centre takes away Rs 48,000 crore a year for debt-servicing the loan liability left behind by the preceding CPM government,” the chief minister was quoted as saying. 

Mamata Banerjee had earlier also expressed her discontent over the scheme.

A day after the Budget was announced, Banerjee had said that the health scheme Centre talked about (Rs 5-lakh health cover for 10 crore poor) was also only on paper.

Other leaders have also been skeptical about the scheme.

Derek O'Brien, leader of Trinamool Congress in the Rajya Sabha, criticised the budget as “super flop show, big bluff show” and pointed out that the Mamata Banerjee-led government in West Bengal already follows what Jaitley proposed to do in 2018-19.

The CPM central committee member, Prakash Karat, had questioned the fund allocated for the national health scheme.

“How the Centre could implement its new public health policy – National Health Protection Scheme (NHPS) - for the poor across the country with a meager amount of Rs 2,000 crores against the experts’ estimation cost of Rs 1 lakh crores,” he asked.

बाउ

कवि : कर्ण बिरह

सानो छँदा लाग्थ्यो,
बाउ भनेको अबेर साँझ प्याटप्याट पड़्किँदै आएर
घर पस्ने एक जोड़ी चप्पल हो
र हो रेडियोमा प्रादेशिक समाचार
कि त आमासितको दुईचार गनगन
अथवा खासाकखुसुक चहलपहल केही।

कोइकोइ बेला लाग्थ्यो,
बाउ भनेको शहरबाट आइपुगेको बन र तोसरोटी हो
अथवा हो तोसरोटीजस्तै गनाउने जयबङ्गलाको नयाँ लुगा।

र लाग्थ्यो,
बाउ भनेको घरमा सबैले मान्नुपर्ने एउटा हुकुम पनि हो।

लाग्थ्यो,
दशैँमा निधारभरि चामलको रातो टीका हो बाउ
गोजीमा केही खुद्रा पैसा र हातमा नयाँ पिस्तोल
कि त तिहारको आँगन आँगन भट्ट्याइहिँड़्ने देउसुरे
र लिङ्गे पिङको बलियो डोरी
अथवा आमाले घुमाएका मिठो फन्के रोटी हो बाउ।

र लाग्थ्यो,
बाउ भनेको निद्रा नलागुन्जेल सुनिरहुँ लाग्ने
बाउले भनेकै दन्त्यकथाहरूको स्वैरकाल्पनिक नायक हो बाउ।

तर पछि पछि बुझेँ,
बाउ भनेको त सधैँ भागिरहने
मेरो भुँड़ीको भोक रहेछ
सधैँ भरिरहनेे मेरो स्कूलको झोला रहेछ
अथवा बाउ भनेको त
भूत, पानी र हावा छेलेर
हामीलाई ढुक्क निदाउन दिने
एउटा मजबुत घर रहेछ।

अर्थात् बाउ भनेको त
सधैँ मसित टाँसिएर मगमगाउन खोजिहिँड़्ने
मेरो आफ्नै नाउँ रहेछ।

काट्टीकुट्टी मजस्तै मेरो बाउ।

Tuesday, 13 February 2018

पारिजातको ‘शिरीषको फूल’ माथि शङ्कर लामिछानेको भूमिका





लेखक : शङ्कर लामिछाने

अल्छीलाग्दो एक अपराह्न । पसलमा बसेको छु, साथमा डेनिस एक चित्रकार छ । ऊ झन्डै वर्ष दिनलेखि काठमार्डौँमा रुमल्लिरहेछ । यहाँको साहित्यिक तथा सांस्कृतिक वातावरणमा अलमलिएर । गरिब छ यस कारण चित्रकारिता अपनाएको छ, अथवा भनौँ चित्रकार भएकोले नै गरिब छ ।

यस्तैमा आउँछिन् सुकन्या, यो उपन्यासकी लेखिकाकी बहिनी । एउटा चिट्ठी छ, र एउटा पाण्डुलिपि ।
पढ्टु —

“पुलतीसडक,
पौष २५, २०२२

शङ्करदाइ,
दुःख दियो नभन्नुहोला । एउटा उपन्यास लेखेकी छु र यसको भूमिका किन–किन तपाइर्एंबाट नै बाँधिनुपर्छ भन्ने अठोट लागिसकेको छ मलाई । छाप्ने प्रयत्नमा छु । कृपया निराश नफर्काउनुहाला ।

तपाईंकी
पारिजात”

सम्पूर्ण चिट्ठीमा मलाई आकर्षित गरे दुई शब्दले “किन–किन” र “अठोट” ले ।

पारिजातलाई म प्रेम गर्छु । कसो–कसो एउटी बहिनीभन्दा बढी नै शायद प्रमिका जत्ति नै, जोसँग आत्मीय संसर्ग होओस्, जोसँग यौनको सम्बन्ध तुच्छकर वा हेयकर लागोस् । र यौनलाई नअँगालेर यदि प्रेमको orgasm (चरमसीमा) को कल्पना सम्भव छ भने, मैले उसलाई गरेको प्रेमको परिभाषा यही मात्र हुन सक्ला ।

अहँ, म मान्दिनँ !

यति आधुनिक उपन्यासकी लेखिकाका लागि मैले स्वयं दिएको परिभाषा खिइसकेका उपमाहरूमा आधारित छ । म एकदमै नयाँ उपमा दिन्छु । भन्छु — मास्सिन लागेको आफ्नो species को अन्तिम कडीप्रति अघिल्लो कडीको प्रेम हो मेरो । त्योसँग यति अफन्ती सम्बन्ध छ कि न त प्रजनन नै सम्भव छ, न त पर्याप्ति नै । एक मनले चाहन्छ यही मेरो स्पप्नको साकार रूप र अर्को मनले भन्छ यही नै हो पूर्णविराम । … र “शिरीषको फूल” को कथा…पख एक छिनपछि भन्छु ! हतार के छ?

पारिजात आई पनि मेरो जीवनमा अनौठोसँग । लाइबे्ररियन भएको मेरो अवतारमा ऊ आफ्ना साथी–सङ्गाती लिएर उपस्थित भई । र भनी, “नेपालका लेखकहरूलाई, निश्चय पनि सबैलाई चिन्नुभएको छ । हामीलाई एक पटक शङ्कर लामिछानेसँग परिचय गराइदिनुहोस्!” मैले भनठानेँ यो मेरो जीवनको ठूलो ठट्टा हो तर ठट्टा होइन रहेछ, उनीहरूले साँच्ची नै लामिछानेलाई चिन्न खोजेका रहेछन् । म तीनछक परेँ । त्यस बेला पारिजात — पारिजात भइसकेकी थिइन । ऊ विष्णु वाइवा थिई ।

अनि ऊ पारिजान भई । यस “हुनु” मा अनेक मानसिक, शारीरिक र रोमान्टिक (जसको मलाई पटक्कै ज्ञान छैन!) घटना भए, उसको जीवनमा । ऊ कवि बनी, प्रतिष्ठा कमाई, ऊ रोगी भई, अस्पताल भर्ना भई । (ऊ निराश बनी प्रममा? — त्यो म जान्दिनँ!)

मेरो जीवनमा पनि हेरफेर अचए । म लेखकबाट जागिरे, जागिरेबाट साहित्यक, साहित्यकबाट साहित्य–प्रेमी र साहित्य–प्रेमीबाट व्यापारी बन्न पुगेँ । यत्ति हो — पैसा भएको बेला, नेपाली साहित्यको प्रगति र ह«ास बुझ्न म पत्रिका खूब किन्थेँ र गतिको बोध सकभर राख्ने प्रयास गर्थेँ ।

डेनिस चित्रकारले सोध्यो, “यो त पाण्डुलिपिजस्तो छ नि?”
मैले भनेँ, “हो! यो पाण्डुलिपि हो ।”
“अहिले आउनेले लेखेको?”
“होइन, उसकी दिदीले ।”
“यो के, कथा?”
“होइन, उपन्यास ।”
“छोटो देखिन्छ नि?”
“छाप्दा झण्डै ८०–९० पेज हुन जान्छ कि?”
“के उनी राम्रो लेखिका हुन्?”

(अङ्ग्रेजीमा उसको प्रश्न थियो — Is she beautiful? विशेषणको प्रयोग कुन अर्थमा भएको हो भनी बुझ्न मैले उसको अनुहार हेरेँ । उसको अनुहार प्रश्नचिह्नको प्रतीक थियो!)

यहाँनिर, झ्वाट्ट बेल्न म असमर्थ भएँ । गुेनँ, उसको प्रश्नमा कुनै व्यङ्ग्य मैले पाइनँ । भनेँ, “हो, उनी मेरो युगकी अन्तिम लेखिका हुन् ।”
“अर्थात्…?”
“तिमीले यहाँ केही काल राम्ररी बिताएका छौ भने र यहाँको वातावरण बुझ्न सकेका रहेछौ भने, तिमी युग छुट्याउन सक्छौ ।”
“त्यो त म सक्छु ।”
“उनी मेरो युगकी अन्तिम लेखिका र प्रथम कवयित्री हुन् ।”
“उनको चर्चा मैले कहिल्यै सुनिनँ ।”
“मैले पनि त कहिल्यै सुनिनँ । नेपाली चर्चा गर्दैनन्, कटुता मात्र पोख्छन् ।”
“हो, त्यो त मलाई पनि राम्रो थाहा भइसक्यो । ‘बार’हरूमा यही त हुन्छ र साँच्चै भनूँ भने, शङ्कर म नेपालका साहित्यकारहरू लेखेर निराश भइसकेँ ।”
मैले व्यापारी मुस्कान प्रसारित गरिदिएँ । के भन्न सक्छु र…?
…शायद मैले लेखिरहेको यो कुरा भूमिका भएन ! असलमा, म भूमिका लेख्नै जान्दिनँ । मेरो कुनै किताब अझ छापिएको छैन, तसर्थ भूमिकाको समस्या अझै मेरोसामु परेको छैन ।
र, मलाई लाग्दछ, मानिसले भूमिका कमै पढ्छन् । कमसेकम मैले आजसम्मन् पढेका किताबहरूमध्ये अन्दाजी सयकडा पच्चीसको मात्र भूमिका हेरेँ हुँला — पढेको म भन्दिनँ…!
…त, पाण्डुलिपि मेरो हातमा प¥यो । र साथै एक उत्साह पनि । एउटा औपन्यासिक कौमार्य समर्पण गरिएको छ मलाई !

किताबको नाम छ ‘शिरीषको फूल’ । र मचाहिँ शिरीषको फूल नै नचिनेको मान्छे । किताब पढुन्जेल मेरो आँखामा जकराण्ड आइरह्यो — पछि थाहा पाएँ अङ्ग्रेजीमा उसलाई Mimosa sirisaभन्दा रहेछन् । यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे !

र किताब पनि पत्याइनसक्नु किसिमले राम्रो छ । लेखिकाले मलाई अनुमति दिन्छिन् भने म यसलाई उपन्यास नभनेर काव्यन्यास भन्छु । यत्ति हो, यसमा कतैकतै गद्य छिर्न पुगको छ— बस ।

पारिजात कविको रूपमा (अँ, कवियित्री मैले जानीजानी भनिनँ ! यो के वाहियात कुरा…सृष्टिकारको पनि लिङ्ग हुन्छ र? लिङ्ग हुने त निर्माता मात्र!)

…अँ, भन्दैथिएँ पारिजात कवितको रूपमा आइन् हाम्रो समक्ष । उनका सृजना बराबर आँखाअघि आउँथे— गद्य पनि पद्य पनि । गद्यहरूमा कैयन् मन पराइनँ कसो–कसो ! सायद आत्मीयताले होला, सायद कोमल पारिजातबाट सुकुमारीपन नै चाहेर होला ! तर ‘शिरीषको फूल’बाट म तीनछक परेँ ! (पारिजातैद्वारा जीवनमा दोस्रो पटक!)

१. स्वास्नीमान्छे भएर, कुमारी भएर, ४५–४६ वर्षको अधबैँसे भूतपूर्व सैनिकको चित्रण उसले कसरी गर्न सकी, खास गरी त्यसको यौनजीवन र अन्तद्र्वन्द्व ! उपन्यासका प्रत्येक शब्द पढुन्जेल यस भावनाले मलाई अँगालिरह्यो ।

२. भाषा बहाव र छनौट! भन्ने कुरा उसले पहिले नै भनिसकेको हुन्छ, तर हामी बहावमा चिप्लिन्छौँ, र जब छनौटमा पर्छौं अनि लाग्छ, मलाई धुकधुकी भएको एक उदाहरण दिन्छु म ।

सुयोगवीर भन्छ, “भँवरा बस्नै नपाएपछि यो फूलको के अर्थ?”

सकमबरी भन्छे, “फूल बिग्रिँदैन, सुरक्षा पाउँछ ।”

…यसपालि कथामा, कान्छी बहिनी पोइल जान्छे । मेरो मनमा सबभन्दा ठूलो इच्छा छ सकमबरीको प्रतिक्रिया बुझ्ने । अन्तिम लाइनमा पुगेर म अड्छु र मनमा गुम्न थाल्छु के भन्ली सकमबरीले भनी ! भनिएको कुराले चाहेकै रूपमा छरितोपन बोक्यो— मात्तिएकी ठिटी, कत्रो हतार पर्यो बिहे गर्नलाई… । यस एक वाक्यले सकमबरीको सम्पूर्ण चरित्र चित्रण गर्न सक्छ । असलमा गौण रूपमा देखापरेकी छ सकमबरी यस उपन्यासमा । तर पनि यस उपन्यासको मुख्य नायिका उही छ—कमसेकम नामको सार्थकताका दृष्टिले । ‘कुमारसंभावम्’ मा शिरीषको फूलको वर्णन गर्दा कालिदास भन्दछन्, “पदं सहेत भ्रमरस्य पेलवं शिरीषपुष्पं न पुनः पतत्रिणः” (४.५)। कथाको सार पनि यही । तर पढसकेर मात्र सार बुझिन्छ, चाहे कुमारसंभवम् ७०० वर्षअगाडि नै किन नलेखियो होस्, शिरीषको फूलले आफ्नो धर्म छाडेको छैन—कालिदासका लागि पनि पारिजातका लागि पनि!

३. यस सानो क्यानभासमा सारै कम स्ट्रोक्सहरूमा जसरी पारिजातले चित्र बनाएकी छ त्यो सारै ईखलाग्दो भएको छ । मैले यस्तै अचम्भित पार्ने एक जापानी उपन्यास पढेको थिएँ— ओसामू दजाइको ‘द सेटिङ्ग सन’ । त्यो यति राम्रो लागेको थियो, उल्था गर्ने विचार गरेको थिएँ र सोचेको थिएँ त्यसलले नेपाली साहित्यलाई केही उपलब्धी हुनेछ । अब त्यसको आवश्यकता रहेन ।

‘शिरीषको फूल’ ले हामीलाई विश्व–साहित्यको उपन्यासका क्यालेण्डरमा १९६६ मा पुर्याएको छ । उन्नाइसौँ शताब्दीको ‘रूपमती’ बाट बीसौँ शताब्दीको प्रथम युद्धकालमा ‘मुलुकबाहिर’ले हामीलाई लग्यो, अनि द्वितीय विश्वयुद्धोत्तर कालमा पु-याइन् ‘अनुराधा’ ले । ‘शिरीषको फूल’ निश्चय पनि यही वसन्तमा फुलेको छ । मलाई खुसी छ अब हामी निर्धक्क अन्य भाषामा आफ्नो कृति उल्था गरेर हँसीका पात्र बन्ने छैनौँ ।

पाण्डुलिपि फूलस्केप साइजमा टाइप गरो अक्षरमा सवा चवालीस पेजको छ । दैव जान्दछ छापिँदा यो कत्ति पेजको हुने हो, तर सवा चवालीस पेजले मलाइै चौरासी लाख जुनीको कष्ट दियो । प्रत्येक वाक्य पढ्नुअघि र पढिसकेपछि म दुई पटक हुरुक्क हुन्थेँ । ‘अब के भनिने हो’ भन्ने भावना अघिल्लो वाक्यको खुमारीमै जन्मी आउँथ्यो । आह, अघिल्लो दिनको hangover मा बे्रकफास्टअघि नै ब्रेन्डी खाएझैँ प्रत्येक पेज पल्टाउँदा एक पीडा हुन्थ्यो—अज्ञात अवश्यम्भावी अन्त्यतिर म लम्कँदैछु भन्ने । मलाई पारिजातसँग रिस पनि उठ्यो । उपन्यास नै लेख्नु थियो भने कि उसले चार सय चवालीस पेजको लेखिन! मेरो पीडा एक आनन्दमय परिपूर्णतातिर बहेको र मैले स्वयं चाहिँ एक वेदना बोकेको अनुभव गरेँ । असलमा पारिजातले मलाई एक अनौठो अनुभूति दिई । यो लेखिरहँदा म स्वयंलाई एक पूर्ण यौवना नारी अनुभव गर्दैछु । यस्ती पूर्ण यौवना नारी, जसले भरखरै प्रथम पटक पुरुषको संसर्ग गरेकी छ र अब जो कुमारी रहिन । अप्राप्तिको पीडा त मेटियो, तर प्राप्तिको आनन्द पनि कम कष्टपूर्ण छैन । र, अब, इतिहास, त्यही छैन, जो अघिसम्मन् थियो ।

अघिसम्मन्, मैले सोचेको थिएँ, म अत्याधुनिक शैलीमा यस्तो एक उपन्यास (भनौँ काव्यन्यास नै?) लेख्नेछु जसबाट म स्वयं त अमर हुन्छु नै मेरो उपन्यासले अरुको समेत आँखा उघारिदिनेछ । पारिजातले त्यही गरी, म स्वयं पारिजात भउको अनुभव गर्दैछु । अब, उसलाई उछिन्न कि मैले बढी मेहेनत गर्नुप¥यो कि त्यो विचार नै चटक्क छाड्नुप¥यो । के हुने हो, त्यो भविष्यले नै भन्ने छ ।

वर्तमान त पारिजातको हो !

आज मेरो आमाको श्राद्धको दिन । घरमा पुरेतले श्राद्ध गर्दै होलान् । म चाहिँ यहाँ टुरिस्ट पर्खेर एक मनले, र एक मनले आत्मविभोर भई यो भूमिका लेख्दै छु । मेरो कथनमा कत्रो नास्तिकता झल्कँदै छ । तर नेपाल अधिराज्यमा यस वर्तमान क्षणका लागि म जस्तो अर्धात्मा कोही व्यक्ति छैन होला— कारण, म र मेरी एउटी बहिनी मिलेर आमालाई ‘शिरीषको फूल’ भेटी चढाउँदैछौँ ।


वर्तमान त पारिजातको हो, तर पारिजात त वर्तमानलाई पनि सुयोगवीरको मुखबाट यसरी परिभाषित गर्न लागउँछे— “मेरी सकमबरी, अब मलाई शरीरभरि खोेपेर हिँड्न मन लागेको छ, जीवन असफलता हो, यो जीवन दुर्भाग्य हो, मानिस यसै पनि दुःखी छ, यसै पनि दुःखी छ ।”

असफलताको दर्शन सफलतासाथ देखाएकोले भविष्य पनि पारिजातको हो ।

तर, पारिजात त भविष्यको परिभाषा पनि यसरी दिन्छे— “यो दुःखद जीवनको अन्त्य मुत्यु हो र त्यसपछि हाम्रा भावनाहरूको कुनै पनि अस्तित्व छैन । हामी एकअर्कामा स्पष्ट हुन सकेनौँ र कहिल्यै सक्दैनौँ पनि । यो जीवनपछि एउटा महाशून्य छm अब केही पनि चिताउन्नँ, सब निरर्थक छ । तिमी एउटा अन्धकारमा निसास्सिएर म¥यौ र कुनै दिन म पनि मछु, यही हो तिम्रो र मेरो जीवनको मूल्य ।”

मलाई लाग्दछ, पारिजातले शिरीषको फूल पनि आसन बाँधेर शून्यबोध गरेकी छ । उसले बुझेकी छ— ज्ञान उपलब्धिको पथमा मानवमस्तिष्क कहिल्यै पनि थकाइ मार्दैन । स्थिरता अपनाउनुको अर्थ हो— निष्क्रियपन, विनाश र मृत्यु । हाम्रो सम्पूर्ण चेतनाको यही त धर्म हो । यो नियम हो त्यस आत्माको जसबाट जीवन र चेतनाको प्रासरित हुन्छन् रे ।

गणित–दर्शनमा जस्तो प्रत्येक आयामले आफूभन्दा उच्चतर एक अर्को आयामको अपेक्षा गर्छ नै, हुँदाहुँदा एक अनन्त आयामको क्रमबद्धता अवश्य पनि होला भन्ने निष्कर्ष हामीले अन्त्यमा अपनाउन बाध्यै हुनुपर्छ, यसै गरी हाम्रा भावनात्मक क्षितिजका प्रत्येक नवीन विस्तारले एक नयाँ अचिन्तित आयाम इङ्गित गर्दछन् ।

प्रत्येक अनुभूतिले स्वर्यभन्दा पर एक अन्य बाह्य रूलाई औँल्याउँछ । यसै कारण, यसलाई स्वतः स्वयंमा व्याख्या गर्न सकिन्न, न त यस अनुभूतिलाई अन्य आधारद्वारा अनुप्रेरित एक स्वचालित उद्वेग नै भन्न सकिन्छ । र शून्यताको दर्शन यी नै तथ्यमा आधारित छ । शून्यता जो सबै सङ्कल्पभन्दा पर छ, र छ एक अनन्त, अनादि अनुभूतिको अभिन्न अङ्ग । र यो, ‘अतिसापेक्षितता’ सहज र प्राणवान् विश्वको योगजन्य तत्व पनि समाहित रहेको हुन्छ, किन भने अपरिचित यी सम्बन्ध नै पूर्ण सम्बन्ध (आत्मसातता) मा परिणत भएर एक आध्यात्मिक भव्यतामा परिपूर्ण हुन जान्छ । यो यस्तो परिपूर्णता हो जसलाई न त ‘जीव’ न त ‘निर्जीव’ न त ‘वेग’ न र ‘स्थिरता’ नै भन्न सकिन्छ ।

यस अवस्थामा पुगेपछि हामी पुग्छौँ दर्शनको सिमानामा, सोचनीय र विचारणीय वस्तुको अन्तिम छेउमा । गति झैँ जो आफ्नो चरम उत्कर्षमा आफ्ना वेगको अति–सीमामा, एक पूर्ण विश्राम र स्थितिबाट पृथक गर्न सकिँदैन; यसरी नै विश्वव्यापी सम्बनधका उच्चतम अर्थमा, सापेक्षिततालाई आनन्दबाट पृथक् गर्न सकिँदैन । ‘चिरस्थायीलाई अस्थायीमा मात्र उद्धृत गर्न सकन्छि; सदा परिवर्तनीयलाई स्थायित्वमा मात्र, सम्पूर्णतामा मात्र, तत्कालमा मात्र । (नोवालिस)

यिनै कारणले गर्दा शून्यता र तथ्यता स्वभावजन्य रूपले एकनास छन् । शून्यताले यथार्थको निर्गुण रूप लिएको छ भने तथ्यताले सगुणको । अघिल्लोको बोधबाट अनित्यताको, क्षणिकताको, सामयिकताको, अनुभव सापेक्ष— रूपमा हुन्छ भने, पछिल्लो अनुभूति असामयिकता, पूर्णता, सम्पूर्णता र नित्यबाट हुन्छ । यहाँनिर एउटा कुरा भनिदिइहालूँ — सापेक्षितताको गुणले गर्दा शून्यताले स्वयंलाई स्खलित गर्छ भन्ने यसबाट लिनु हुँदैन, न त तथ्यताले नै नित्यताप्रति स्वयंलाई अनुकूलित पा-यो भन्ने ।

यसैको सन्दर्भमा डी.टी. सुजुकीको एक कथनको सम्झना हुन आउँछ मलाई । सर्वथा तार्किक–स्तरमा गरिएको शून्यताप्रतिको आधुनिक सापेक्षितताको आधारलाई उनले बौद्धिक खोक्रोपन भनी अवहेलित गरेका छन् । उनको भनाइ छ— “शून्यता भनेको अन्तज्र्ञानबाट जन्मिने वस्तु हो, तर्कको प्रक्रियाबाट होइन । शून्यताको बोध अनुभूतिबाट उम्री आउँछ, र त्यस बोधलाई तार्किक शिलान्यास गर्नका लागि नै सापेक्षितताको भूमि अपनाइन्छ । तर, तर्कका लागि तर्क नै गर्ने हो भने, सापेक्षता र शून्यताबीच ठूलो अन्तर छ । सापेक्षताको माध्यम अपनाएर हामी त्यो खाडल फड्किन सक्तैनौ; सापेक्षताको आड लिइरहुन्जेल हामी एक घेरामा हुन्छौँ; र वृत्तमा छौँ भन्ने र त्यसबाट उम्किने चाहना हुनुको अर्थले नै स्वतः स्पष्ट गर्छ, यो लक्षण हो एक पटक, क्षणका लागि, उम्किसकेको र बाहिरबाट रूपको निरीक्षण गरिसकेको छ ।”(DT Suzuki: Essays on Zen-Buddhism, III p. 219)

हाम्रो बौद्धिक स्तरीय चेतना एवं स्वभावजन्य अतिव्यक्तिगत गहन–चेतनाबीच मुख आँ गरिरहेको यस खाडललाई फड्किने साधनका रूपमा हाम्रा धर्ममा अभिव्यक्त भएका छन् रक्तावत्त अनेक देवदेवीहरूका मदोन्मत्त तृन्य–मुद्राहरू ! वज्रयान सम्प्रदायका डाकिनीहरूको प्रराणात्मक प्रवृत्तिले हामीलाई अरक्षित पारिदिन्छ एक झीनो स्वप्नमयी व्यक्तित्वबाट— (सुयोगवीरलाई सकमबरीले यही त अनुभूति दिई!)— र हामीले त्यो झीनो आवरण नआफलुन्जेल, र सोऽहंका भावनालाई चरमोत्कर्षी आवेगमा नहुत्याउन्जेल हामी पूर्णताको बोध गर्न असमर्थ हुन्छौँ । (आह! सुयोगवीरको चुम्बन कसरी प्रस्ट हुन जान्छ, अब!) चरमोत्कर्षी यही आवेगद्वारा नै सारा बन्धन, सारा सांसारिक अनुबन्ध, सारा पूर्वधारणाहरू र सारा मरीचिकाहरू ध्वुंस हुन्छन्; र सम्बन्धको त्यान्द्रो च्वाट्टै चुँडिन्छ, विगत–आगत सबै निभाइन्छ, कर्म–शक्ति ह्रास हून्छ, र महाशून्यताको त्यो अनुभूति एक आदि अनन्त निरन्तर प्रवाहमान यथार्थ र तत्थयको रूपमा हुन्छ । ‘परिमोक्ष’ का लागि जुन शक्ति तथा आक्रोशमय आवेगको आवश्यकता हुन्छ, त्यसलाई वज्रयान तन्त्रवादीहरूले एक अति–मानव, अनेक याआममा अनेक शिर तथा बाहु भएको अमानवीय, सर्वद्रष्टा, सबै दिशामा एकसाथ पुग्न सक्ने, त्रिकाललाई कालहीन वर्तमानमा परिणत गर्न सक्ने एक देवीको रूपमा चित्रित गरेका छन् । (‘शिरीषको फूल’ की नायिका सकमबरीको यही रूपको दर्शन पाउँछ सुयोगवीर! र, उसका भावनात्मक अनुभूति शून्यवादका यिनै माथि भनिएका धारणाहरू अँगालेर चित्रित गरिएको लाग्दछ मलाई!)

मैले अघि कतै भनेको थिएँ— “ज्ञान उपलब्धिको पथमा मानवमस्तिष्क कहिल्यै पनि विश्राम गर्दैन । स्थिरता अपनाउनुको अर्थ हो—निष्क्रियपन, विनाश र मुत्यु ।” शिवराजका चरित्रचित्रणद्वारा पारिजात यही भन्छे । बहिनीको मृत्युको आशङ्कामा शिवराज आत्महत्यासम्म गर्ने कुरा गर्छ, तर साँच्चै नै बहिनी मरेपछि, ऊ अलि बढी खाएरस जीवन गुज्रान नै गरिरहन्छ ।
शिवराजको यही साधारणपनाको पृष्ठभूमिमा अन्य चित्र प्रष्ट हुन्छन् । एक किसिमले शिवराजलाई हामी ‘शिरीषको फूल’ को क्यानभास भन्न सक्छौँ । शिवराज आरम्भमा पनि हुन्छ र अन्त्यमा पनि, तर आँखाहरू दौडिरहन्छन् रङ्ग र रेखाहरूमै तथा चित्र अरुहरूको अनुहारबाटै परिपूर्ण हुन्छ । र, यदि पेन्टिङ हेर्दा, क्यानभासलाई सम्झन सकिन्छ र यद माया गर्न सकिन्छ भने, शिवराज निश्चय पनि मायाको पात्र हो । (यो मेरो कस्तो कमजोरी ! एउटा कलाकृति बुझाउन मैले अर्को कलाको माध्यमको सहारा लिनुपर्ने ! मैले यसलाई यसो भने हुन्न?— वज्रयान सम्प्रायककै तान्त्रिक–शब्द लिएर— शविराज ‘मूलधार’ हो ।)

अनि सकमबरीको रङ्गलाई गाढा बनाउन दुई विभिन्न अमिल्दा रङ्गहरू टिपेकी छ पारिजातले, मजुरामा र सानुमा । सानुको चर्चा उपन्यासमा दुई–तीन पाटक मात्र आउँछ, तर त्यसले आफ्नो कर्तव्य पूरा गरेकी छ र मजुरालाई अलि बढी प्रयोग गरिए पनि उसले सकमबरीको रूपरेखालाई तिख्खरपन मात्र दिएकी हो ।

अब रह्यो उपन्यासको नायक, सुयोगवीर । सारा कथानक उसैको परिपरि केन्द्रित छन् । तथापि सुयोगवीर के हो भन्ने कुरा अरु सबैको चरित्रचित्रण गरिसकेपछि लडाइँका यामको फ्लाशब्याकमा, पारिजात अन्त्यमा गर्छे । यसबाट हाम्रो उत्सुकता चरम सीमामा पुगिसकेको हुन्छ । एउटै फ्लाशब्याकमा सुयोगवीर प्रस्ट हुन आउँछ— मानौँ एउटै स्ट्रोकमा कसैको अनुहार उतारियोस् । तर, पारिजात यहाँ चार फ्लाशब्याक दिन्छे— मलाई लाग्दछ शायद आवश्यकताभन्दा बढी नै! सुयोगवीरका आँखाले हामीले विश्वलाई यत्ति राम्ररी निहारिसकेका हुन्छौँ त्यस बेलासम्मन् बस एउटा हाते ऐनाको मात्र आवश्यकता थियो उसको अनुहार हर्न । त्यसबेला ऊ प्रस्तुत गरिदिन्छे तीनखण्डे ऐना भएको ड्रेसिङ टेबल । यो अनावश्यक luxury का रूपमा मुटुमा घोचिन्छ ।

र, सम्पूर्ण उपन्यासकको पेन्टिङलाई फ्रेम गर्न पारिजातले छानेको छ साहुनीको प्रमलीलालाई असलमा पेन्टिङ फ्रेमबिना पनि पूर्ण हुन्छ, तथापि एउटा साधनामात्र बनेकी छ । यसै सन्दर्भमा, सकमबरीको मृत्यु प्रत्यक्ष रूपमा वर्णन नगरी, एउटा कहिल्यै देखा नपरेकी बाहुनीको मुखबाट सुनाइदिएको पनि मीठो हुन आएको छ । प्रतीक रूपमा यो बढी सफल भएको छ ।

उपन्यासमा केही त्रुटि नहुनु अस्वभाविक हुन्थयो होला कारण आखिर त्यो जीवनको प्रतिबिम्बै न हो ! जे होस्, उपन्यासको असफलता कोट्याउनुपर्नेछ र सफलताले स्वयं आफूलाई तर्साएका छन् ।

उपन्यास पढिसकेर मैले आँखा चिम्लेँ; तर त्यसका माध्यमद्वारा पारिजातलाई नयाँ पर्सपेक्टिभमा हेर्ने प्रयास गरेँ । पाएँ, यो उसको प्रथम प्रयास हो । र, यसको माध्यमद्वारा ऊ समाजमा कक्ति अवतरित भई, हँ? म ठान्दछु, शून्यवाद–दर्शनको गम्भीर र गहन सिद्धान्त यत्ति सहज, सुन्दर र सुकिलो रूपमा उपन्यासको रूपमा व्यक्त गरिएको मैले आजसम्मन् थाहा पाएको छैन यस २००० वर्षको जीवनमा । त्यसैले, त्रिकाललाई कालहीन वर्तमान परिणत गर्न सक्ने क्षमता पारिजातको देखेर नै, अघि कतै मैले भनेको थिएँ— “वर्तमान त पारिजातको हो ।”

अँ, पारिजात शून्यवादी निश्चय पनि हो— र हो एक बोध पाइसकेकी शून्यवादी— तर, पारिजात निराशावादी होइन । सतहमा जस्तै झझल्के पनि उसलाई हामीले चिन्न नसक्नु हाम्रो स्वयंको कमजोरी मात्र ठहरिने छ । पख— यसलाई म एक उदाहरणद्वारा प्रस्ट गर्छु ।

उपन्यासको अन्त्यतिर सुयोगवीर सकमबरीको मृत्यु सुनेर फर्किन्छ । मढ्दा मलाई लागेको थियो, यही नै उपन्यासको सुन्दर अन्त्य हो । यो पङ्क्ति—“तर म छिटो–छिटो हिँडिरहेँ ।” यहाँनिर पुग्दा, र उपन्यासमा अझै पङ्क्तिहरू रहेको देख्दा मलाई लागेथ्यो पारिजात पनि लेखकीय रोग दोहो¥याउन चहने, व्याख्या गर्न खोज्ने प्रवृत्तिको सिकार भइछ ।

तर होइन रहेछ । जसरी अनेकरूपी तत्वसँग साक्षात्कार गरिसकेपछि त्यसको परिपूर्णता स्वयं आफैँमा सन्निहित भएको अनुभव गर्नु नै बुद्धत्व प्राप्ति हो; जसरी विलयनको अनुभव आफैँभित्र, यहाँ नै र अहिले नै हुन्छ, उसै गरी सुयोगवरीले ‘गिलासभित्र दुइटा गहिरा आँखा’ र ‘एक मुडुलो टाउको, देख्नै पर्दछ । उसका औँलाहरू निकोटिनले पहेँलिएका हुनै पर्दछन् र ती सधैँ उसले हेरिरहनै पर्दछ र सन्तुष्ट भइरहनु नै पर्दछ । र, एउटा निस्सार संसारभित्र, एउटा महाशून्यभित्र, ‘बाँचेको’ अनुभव उसले गर्नै पर्दछ ।

निस्सार संसारभित्र, एउटा महाशून्यभित्र ‘बाँचेको’ अनुभव गर्नेहरू कत्ति छन् हँ, यहाँ? र जति छन् ती ‘आशा’ ‘निराशा’ बाट पर छन् । र जति छन् तिनको अभिव्यक्ति यसरी गरे हुन्छ—

‘चिताको अग्निका लागि ब्रश्म, राखिनँ दाउरा केही,
मभित्र स्वयं जल्दैछ हुरुरु बालेको ज्योति
अग्नि छ सदा प्रज्जवलित छ आत्मा मेरो
… र मनस नै त हो चिता;
र अग्नि, त्यो अग्नि हो आत्मा अंकुशित मेरो ।’
(संयुक्त निकाय)

मलाई तिमीसँग सोध्न मन लागेको छ एउटा कुरा, पारिजात! के ‘शिरीषको फूल’ पनि ‘द सेटिङ्ग सन’ जस्तै हाम्रो शब्दकोशमा एक विशेषण बन्न जाने कुरा तिमीलाई थाह छ? तर म जान्दछु, तिमी आफ्ना आँखामा हाँसो सोहोरेर मौन बस्नेछ्यौ । म जान्दछु, तिमीले उत्तर दिइसकेकी छ्यौ उपन्यासका पङ्क्तिहरूमाझ । म स्वयं पनि जान्दछु, मैले उत्तर पाइसकेको छु यिनै पङ्क्तिहरूमाझ । तापनि, पारिजात, तिमीलाई सोध्न मन लाग्यो रे मलाई! कस्को केही लाग्छ?

०००

आज मेरो आमाको श्राद्धको दिन । घरमा पुरेतले श्राद्ध गर्दै होलान् । म चाहिँ यहाँ टुरिस्ट पर्खेर एक मनले, र एक मनले आत्मविभोर भई यो भूमिका लेख्दै छु । मेरो कथनमा कत्रो नास्तिकता झल्कँदै छ । तर नेपाल अधिराज्यमा यस वर्तमान क्षणका लागि म जस्तो अर्धात्मा कोही व्यक्ति छैन होला— कारण, म र मेरी एउटी बहिनी मिलेर आमालाई ‘शिरीषको फूल’ भेटी चढाउँदैछौँ ।

यसभन्दा बढी के हुन सक्छ, एक समुत्र र सपुत्रीका लागि?

काठमाडौँ
मार्ग ४, २०२२

(माथि परेको शून्यवादको व्याख्या गोविन्द लामाबाट साभार)

[हामीले यो भूमिका साझा प्रकाशनबाट प्रकाशित शिरीषको फूलउपन्यासको सत्रौँ संस्करण, २०७६ बाट लिएका हौँ ।]

Courtesy:http://samalochak.com/archives/768


Kolkata: Train runs over 2 students recording anti-suicide video on railway tracks

Soishob Dolui (20) and Suniol Tanti (19) were so engrossed in shooting that they could not hear the oncoming train’s whistle, police said.

In pic : The youths were so engrossed in filming that they did not realise a train was approaching. (AP/REPRESENTATIVE IMAGE)

Two college students, shooting a video against suicide, were run over by a train on tracks between Dum Dum and Belghoria in the northern suburbs of Kolkata on Monday.

Soishob Dolui (20) and Sunil Tanti (19), residents of Sodepur in North 24 Parganas district adjacent to Kolkata, studied in Surendranath and Bangabasi College in Kolkata.

“They were acting. I was recording the video. I was at a spot just beside the tracks. We were shooting for some time. When trains came earlier we moved away. But this time, we could not realise,” said Shounadip Santra, another first year student.

“From the video of Santra, it is clear that the three were so engrossed in shooting that they could not hear the oncoming train’s whistle,” rail police superintendent at Sealdah, Ashesh Biswas said, adding that further investigation was on.

Dolui was playing the role of a college student who wanted to commit suicide by jumping in front of a train after being unsuccessful in the annual college examination. Tanti played the role of a friend who convinces him not to take the extreme step.

Santra told the police that they wanted to shoot the video on the tracks to make it look realistic.

While Dolui’s father Shanti works as a security guard with a private security agency, Tanti’s father, Rajen works as a welder mechanic.

Both the families were aware of their plans of doing the video tihat they planned to upload on social networking sites.

Source : Hindustan Times

BSNL staff protest with body Blame on dues for contract employee death

Writes : Kousik Sen 

In pic : The BSNL contractual employees demonstrate with the body in Raiganj on Tuesday. Picture by Kousik Sen

A section of contractual employee of the BSNL who haven't been getting salaries since 2016 resorted to a demonstration on Tuesday following the death of their colleagues at the super-specialty hospital here on Monday night.

The protesters took his body to the local BSNL office and ransacked some of the rooms and assaulted an official. They were alleging that Kajal Sarkar, 32, had died because he could not undergo proper treatment because of lack of money.

From there, they also walked up to NH34 at Siliguri More and raised a road blockade with the body. The blockade continued for an hour and was withdrawn after administrative officials intervened.

Sources said 154 people had been working with the BSNL here on contract for several years. From 2016, the BSNL stopped disbursal of their salaries, prompting the employees to launch a movement then.

"All of us are finding it tough to arrange a decent square meal for our families. Kajal was also into the movement and in a consistent manner. He was suffering from heart ailments and died because he did not have money to undergo proper treatment," said one of the demonstrators.

A resident of Shaktinagar in Raiganj, Kajal, fell ill on Monday evening. He was admitted to the super-specialty hospital where he died later at night. Kajal had been suffering from a heart ailment for months, but couldn't afford a proper treatment because of financial constraints, said sources.

Around 10am, the contractual employees walked into the BSNL office at Karnajora with Kajal's last remains. Apprehending trouble, most of the officials and staff left the office before the demonstrators reached there.

They vandalised the rooms and assaulted Harish Basak, an official.

From there, they headed for Siliguri More on NH34, kept Sarkar's body on the highway and raised a road blockade.

"We want punishment of all those who are responsible for his death and our present situation. We have been working for several years and suddenly, our salaries were stopped. It has been almost two years but no initiative has been taken by the BSNL authorities to help us," Adhir Sarkar, a demonstrator, said.

The blockade continued on the highway. Meanwhile, several policemen reached the spot to prevent deterioration in the law and order. After about an hour, an official of the district administration spoke with the demonstrators and could make them withdraw the blockade.

(Source : The Telegraph)

मेरो प्रेम तिमी सँग होइन तिम्रो मन सँग हो


रचना - गायिका जुनु गौतम

मैले हिजो सम्म जुनु गौतमलाई एक कुशल गायीका मात्रै सम्झको थिएँ तर भेट भए पछि थाहा भयो कि वहाँ त गीत र कविता पनि लेख्नुहुँदो रहेछ।

अहिले विश्वभरी भोली हुने भ्यालेनटाईन्स डेको उपलक्षमा प्रेमले भरिएको सुगन्ध हावा चलिरहेको बेला जुनुको यो कविता तँपाईहरु सबै सँग शेयर गर्ने ईच्छा भयो।

मेरो प्रेम तिमी सँग होइन तिम्रो मन सँग हो
यो मेरो आत्मा र तिम्रो आत्मा को मिलन हो
प्रेम को आभास त मन ले नै गरेको हो
न म तिमिलाई चिन्छु न तिमी मलाई चिन्छौ
तर यो मनले तिम्रो मनलाई त चिनेरै हो आज
हेर कति नजिक छ तिम्रो मेरो मन

किन किन मेरो मन त बादल सँगै उडेर
तिम्रो मन को वरि परि घुमि रहन्छ
किन किन सम्हाल्न खोज्छु समालिन्न यो मन
बरालिन्छ किन तेतै तिर।
मैले छले पनि आफुलाई मनले छल्दैन,
किन किन सधै खोजी रहन्छ तिम्रै मन

किन आज गलत पनि सहि लाग्छ,
किन आज हर कुरा सहज लाग्छ
किन अरु कै सोच्न चाहदैन यो मन
किन तिमी बड टाढा हुनै
चाहदैन चाहदैन यो मन

Monday, 12 February 2018

साहित्यकार श्री लोकनाथ उपाध्याय चापागाईंको कथा सङ्ग्रह `किन रोयौ उपमा´लाई यो वर्षको `तुलसी `कश्यप´ स्मृति पुरस्कार २०१८ प्रदान गरिने

आसामबाट गत ६ दशकदेखि नेपाली साहित्यमा साधनारत साहित्यकार श्री लोकनाथ उपाध्याय चापागाईंको कथा सङ्ग्रह `किन रोयौ उपमा´लाई यो वर्षको `तुलसी `कश्यप´ स्मृति पुरस्कार २०१८ प्रदान गरिने भएको छ।  प्रतिष्ठानको एउटा बैठक आज ११ फरवरीमा महाकवि तुलसीराम शर्मा `कश्यप´को जन्म दिनका अवसरमा राखिएको र यो निर्णय लिइएको हो। पुरस्कारमा नगद रू ५१०००/- एकाउन्न हजार, स्मृति-चिन्ह र अभिनन्दन रहनेछ साथै पुरस्कार चयनका निम्ति पुस्तक प्रदान गर्नुहुने सबै साहित्यकारहरूलाई पनि सम्मान जनाइने छ। आगामी दिनमा हुने `तुलसी कश्यप स्मृति दिवसका अवसरमा यो  पुरस्कार प्रदान गरिनेछ। वर्ष २०१८ मा पुरस्कार प्रदान गर्न निम्त्याइएका पुस्तक मध्ये निर्णायक गणले दिएको निर्णयलाई नै सर्वोच्चमा राखेर प्रतिष्ठानले आज महाकवि तुलसीराम शर्मा `कश्यप´ को जन्मदिनका अवसरमा यो घोषणा गर्दछ। पुरस्कारका निम्ति श्री लोकनाथ उपाध्याय चापागाईंलाई प्रतिष्ठान बधाई एवं शुभकामना व्यक्त गर्दछ।

डिल्लीप्रसाद अधिकारी ।
साहित्य समन्वय समिति,
तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठान, सिक्किम।

Sunday, 11 February 2018

हन तिमीलाई जाडो हुँदैन?

रचना :   सागरमणि ढकाल

मेरो त एक भारी चिलाउनेको दाउरा तापेर उठ्दा पनि घुँडा चिस्सै हुन्छ
तिमी घुँडा फाटेको पेन्ट लगाएर
3 डिग्रीमा टुइ टुइ हिडछौ,
हन तिमीलाई जाडो हुँदैन?

म जिप्सीको हुड जस्तो पार्खा कोट लगाँउदा पनि थर थरी काँमछु
तिमी पानी गंजी जस्तो टप लगाएर
3 डिग्रीमा टुइ टुइ हिड्छौ
हन तिमीलाई जाडो हुँदैन?

म सिरकबाट अनेक उपचार गर्दा पनि तातो चिया नखाई निस्कन सक्दिन
तिमी हातमा "भर्जिन मोहितो" लिएर 3 डिग्रीमा सुरुप सुरुप खाँदै  हिड्छौ
हन तिमीलाई जाडो हुँदैन?