Monday, 24 October 2016

हल्लिनै नसक्ने संसारकी सबैभन्दा मोटी महिला, तौल ५ सय किलो


 
५ सय किलोग्राम तौल भएकी इजिप्टकी एक महिला संसारकै सबैभन्दा मोटी महिला बन्न सफल भएकी छिन् ।

डेली मेलको खबर अनुसार इमान अहम अब्दुलाती (३६) ले अलेक्जेन्ड्रियामा २५ वर्षदेखि आफ्नो घर छोडेकी छैनन् । उनी आफ्नो खाटबाट उठ्न पनि सक्षम छैन । यहाँसम्म कि आफ्नो भीमकाय शरिरका कारण उनी हल्लिन पनि सक्दिनन् ।

उनी आफ्नी आमा र बहिनी चायमा अब्दुलातीमा निर्भर छिन् । उनीहरुले नै उनलाई दैनिक खाना खुवाउने, कपडा परिवर्तन गरिदिने र सर–सफाइ गरिदिने गर्दछन् । अल अरेबियाका अनुसार इमान जन्मदाँनै पाँच किलो थिइन्, उनमा हात्तीपाइले रोगको पहिचान गरिएको थियो । हात्तीपाइले एक प्रकारको परजीवि संक्रमण हो जसका कारण शरिरका अंगहरु सुन्निने गर्दछन् ।

चिकित्सकका अुनसार ग्रन्थीहरु नष्ट भएका कारण उनको शरिरमा धेरै पानी जम्मा हुने गर्दछ । ११ वर्षको उमेरमा खुट्टामा धेरै तौल भएका कारण उनी उभिनसमेत सकिनन् । जसका कारण उनी घरभित्रै सिमितमा हुनुपर्यो ।

मस्तिष्क पक्षघातका कारण उनले आफ्नो प्राथमिक स्कूल छोडिदिइन् । उनको परिवारले इजिप्टका राष्ट्रपति अल–सीसीलाई चिकित्सकीय सहयोग गर्न अनलाइनमार्फत आग्रह गरेका छन् ।

2 comments:

  1. हल्लिनै नसक्ने संसारकी सबैभन्दा मोटी महिला, तौल ५ सय किलो

    ReplyDelete
  2. हल्लिनै नसक्ने संसारकी सबैभन्दा मोटी महिला, तौल ५ सय किलो

    ReplyDelete