Thursday, 13 October 2016

BREAKING: लिजाहिल चियाबारी वाड नम्बर 12 निवासी शुभजित राईको घर जलेर खरानी

- सन्दीप छेत्री

बिजनबारी बल्क अन्तर्गत  लिजाहिल चियाबारी वाड नम्बर 12 निवासी शुभजित (अन्तरे) राईको  घरमा ब्यापक आगो लाग्यो। सबै घर नै जलेर खरानी भयो।

यो घटना आज लगभग 9:30 बजे रातीको हो। चार जना परिवार भएको सानो सुखी परिवार शुभजित राईको थिए भने आजको अग्नी काण्डले परिवारको सुख चैन सबै हरेर लगेको छ। लिजाहिल चियाबारी कै श्रमिक हुन् शुभजित राई, दुई छोरा पत्निका धनी शुभजित राई मेमधुरा गाउकै सार्बजनिक भवनमा सांगेतिक कार्यक्रम हेर्न गएका थिए। आगो लाग्यो, आगा लाग्यो भन्दै पत्यक्षदर्शीहरूको चिचाहठले सबै गाउलेहरू नै आत्तिएर आगो मार्ने असफल प्रयास गरे तर सकेन्न्।

शुभजित राईको जेठो छोरो प्रसान्त राई दार्जीलिङ शहरको आर के एस पी स्कूलमा 11 औ कक्षामा अध्यनरत छन् भने यस अग्नी काण्डमा सबै माध्यमिकको डोकुमेन्टहरू समेत जलेको खबर प्राप्त भएको छ।

यस घटनालाई लिएर पुलबजार थाना प्रभारी, पुलबजार दार्जीलिङ खण्ड बिकास अधिकारी एवं दमकल विभागलाई जानकारी गराईयो।

No comments:

Post a Comment