Tuesday, 18 October 2016

जन्मियो गोर्खा जनकल्याण मन्च केन्द्रीय कमिटि गठन - पार्टीको कार्यक्रमको घोषणा ७ नाबेम्बरमा

-बालकृष्ण शर्मा

मिरिक-१८ अक्टोबर:दार्जीलिंग पहाडमा जन्मिएको नया दल गोर्खा जनकल्याण मंच को केन्द्रीय समितिको गठन गरिएको छ। आज पार्टी मुख्यालय सिलगढीमा बसेको पार्टीको सदस्यहरुलाई लिएर केन्द्रीय समितिको गठन गरिएको छ ।आज सम्पन्न भएको उक्त सभामा दार्जीलिंग.खरसांग,कालेबुंग ,तराई डुवर्स बाट धेरै सदस्यहरुको उपस्थिति रहेको थियो ।

जस्मा अध्यक्ष्य कृष्ण छेत्री,उपाध्यक्ष्य सरोज तामांग,महासचिवमा मिंगमा शेर्पा ,सह सचिवमा कुमार तामांग ,कोषअध्यक्ष्यमा अमर घिमेरेलाई चयन गरिएको छ ।

यो समितिलाई आज पार्टीलेअनुमोदन गरेको छ भने आगामी ७ नभेम्बरको दिन फेरी अर्को सभा बसेर दार्जीलिंग ,जलपाईगुढ़ी ,अलिपुरद्वारको जिल्ला कमिटि गठन गर्नेछ । आज सिलगडीमा सभा पछि सन्चार माध्यम सित कुरा कानी गर्दै पार्टी प्रमुख कृष्ण छेत्रीले पृथक राज्य गोर्खाल्याण्ड पार्टीको एउतै मूल लक्ष्य रहेको बताए । अनि अब पार्टीलाई बलियो र संगठनिक मजबुत बनाउने दिशामा सिस्टममा कार्य गर्ने बताएका छन् ।जिल्ला ,महकुमा,ब्लक अनि पंचियत स्तर हुदै शाखा समितिको गठन गरिने बताए ।

भावी कार्यक्रम ७ नोभेम्बरको दिन घोषणा गरिने बताए । गोर्खा जनकल्याण मन्चले गोर्खाको हितमा साच्चै जन कल्याण गरेर जाने बताए । जनतालाई यस पार्टीमा स्वत आउने आवहन गर्दै पार्टीको होइन जनताको सेवा गर्नु नै मंचको पहिलो उदेश्य हुने बताएका छन् ।

No comments:

Post a Comment