-बालकृष्ण शर्मा
मिरिक १३ अक्टोबर –दशैँ पर्वको पवन अवसर पारेर फूलपाती शोभा यात्रा आयोजना समितिले महा सप्तमीको दिन फूलपाती संस्कृतिक शोभा यात्राको आयोजना गरियो । सौरेनी समष्टि फूलपाती शोभा यात्रा आयोजक समितिको आयोजनामा सम्पन्न उक्त समारोहमा सौरेनी समष्टि मिरिक का १२ वाट संघ –संस्थाले पारम्परिक संस्कृतिक झाकी हरु प्रस्तुत गरियो । सौरेनी बजार स्थित मनकमेस्वर शिवालय मन्दिर परिसर बाट शुरु गरिएको उक्त शोभा यात्राले सौरेनी बजार को परिक्रमा गर्दै हल्लाने ढुंगा सम्म शोभा यात्रा पुगेर फेरी मन्दिर परिसर को कार्यक्रम स्थलमा आएर टुगियो ।
दशैँ पर्वको महान्त अनि संस्कृतिक पर्वहरु लाई पालान गर्दै जातीय एकता , रिति रिवाज हरु झल्काउन नेपाली हरुको यस चाड ले साच्चै एकता आपसी सदभाव र परिचय को निम्ती दशैँ –तिहार जस्ता महान पर्वले मौलिकता बोकेको यस शोभा यात्राले स्पस्ट झाल्कान्थियो । सौरेनी समष्टि जीटीए सभासद अरुण सिग्च्ची को बिशेष पहलमा २०१३ देखि यस सौरेनी क्षेत्रमा बर्षेनी शोभा यात्राको आयोजना गर्दै आइ रहेको छ । सभासद अरुण सिग्च्चीको अध्याक्षतामा अनि बरिस्ट भाषाविद एव नाट्यकर सी के श्रेष्ठ प्रमुख अथितिको रुपमा उपस्थित थिए । जस्मा कवि बिचेन्द्र प्रधान ,प्रसिद्ध गयाक थुप्देन भुटिया ,लगायत अन्य गन्य व्यक्ति संघ –संस्थाको प्रतिनिधि कवि लेखक साहित्यकार लगायत अन्य प्रतिनिधिको उपस्थिति पनि थिए ।
उक्त समारोहमा विविध संस्कृतिक कार्यक्रम गीत नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । जहाँ गायक थुप्देन भुटियाले सदबाहर गीत हरु प्रस्तुत गरि मन्त्र मुग्ध बनाएका थिए । यस समारोह मा भाषाविद सी के श्रेष्ठ ,गायक थुप्देन भुटिया लाई आयोजक समितिले जातीय टोपी अंग वस्त्र अनि स्मृति चिह प्रदान गरि सम्मान जनायो । उसरी नै शोभायात्रामा पनि उत्कृस्ट झाकी प्रस्तुत गर्ने युवा जागरण सौरेनी बस्ती प्रस्थी संस्था अनि शिव शक्ति सौरेनी बस्ती क्रमश प्रथम ,दोस्रो , अनि तेस्रो स्थानमा आएका थिए ।
जहाँ प्रथम हुनेलाई २१ हजार ,दोस्रो लाई १५ हजार ,अनि तेस्रो स्थानमा आउनेलाई १० हजार नगद राशी प्रदान गरियो । समारोह लाई सम्मानित शिक्षाविद सी के श्रेष्टले हामी गोर्खा हौ । एक सुत्रमा बाधिएर सिंगो गोर्खाको परिचय दिनु पर्ने मन्तव्य पोखे । हाम्रो एकता लाई तोड्ने शक्तिहरु जुरमुराउनु थालेको छन् भन्दै उनले सबै मिलेर तोडिनु होइन जोडिनु पर्ने सुझाव राखे । उनले कार्यक्रममा निम्ताएर सम्मान जनाएको आभार प्रकट गरेका थिए । गायक थुप्देन भुटियाले पनि गीत प्रस्तुत गरे । गायकलाई भूगोलको सिमाले कहिले छेक्कन नसकने बताए ।
समारोहमा मिरिक सुचना अनि संस्कृतिक बिभागका कलाकारहरुले पनि गीत संगीत प्रस्तुत गरेका थिए । शोभा यात्रामा निर्णायक गणमा निप्चन गोले र शिला लामा थिईन् । कार्यक्रमलाई सन्चालन अम्बिका थापा अनि मनोहर शर्माले गरेका थिए । अर्को तिर मिरिक महकुमा स्तरीय दुर्गा पूजा समारोह जीटीए सुचना अनि संस्कृतिक बिभाग मिरिक च्याप्टरले यस बर्ष नवदिवसीय दुर्गा पूजा अनि शोभा यात्रा भव्यरुपमा पालन गरियो ।
नव दिवसीय दुर्गा पूजा विविध कार्यक्रम दैनिक चण्डी पाठ अनि शारदीय नवरात्र पनि पालान गरियो । यस अवसरमा शोभा यात्रा पनि भव्यरुपमा निकाल्यो । मिरिक लगायत यसको सग्लन इलाका हरुमा दुर्गा पूजा दशैँ उत्सव भव्यरुपमा पालन गरियो ।
[फोटो : मदन बल तामांग अनि योवन गुरुङ ]
No comments:
Post a Comment