Writes : राजेश शर्मा
आशै आशमा झुलेको गोर्खाहरुको स्थिति देशको कुनै पनि स्थानमा एउटै छ। दार्जीलिंङमा हुनेहरु घरि यो पार्टि त घरि त्यो पार्टिको जन्मले यता पो सुल्झिन्छ कि उता पो सुल्झिंन्छ कि भन्ने आशमा दल फेर्नमै व्यस्त देखिंन्छन । कोहि ता झोला बोकेर अब जाति र माटोले उँभो लगाउदैन बरु यही झोला चाही भर्नुपर्छ भन्दै झोला भर्ने ताकमा धुरिको झण्डा फेर्न तम्सिरहेका देखिएकाछन।
दार्जीलिङ्देखि टाडा हुनेहरु दार्जीलिङेहरुलाई हेरेर हरेस खानु सिवाय झिनो आशाको त्यान्द्रो पनि अब चुडिसकेको ठान्न वाध्य भएका छन।
पहाड़मा उठेको गोर्खाल्याण्डको बुलन्द आवाजले 2 वर्षपछि गोर्खा पार्वत्य परिषदको नाममा बिश्राम लिए पछि प्राय 20 वर्षपछि छैटो अनुसूचिको नाममा जन-जातिको मुध्दा लिएर अघि आएको थियो। तर गोरामुमो पार्टी अध्यक्ष सुभाष घिसिङ्ले यही छैटौकै कारण दुइ हजार सातमा सत्ता मात्रै होइन गोरामुमोको ईतिहासको प्रमुख अँश नै गुमाउनु परेको थियो।
यसै बीचमा 23 सेप्टेम्बरको 2007 को दिन गायक प्रशान्त तामागलाई इण्डियन आइडल बनाएकोमा धन्यबाद ज्ञापन कार्यक्रम खर्साङको मोटर स्ट्याण्ड्मा आयोजित गरिएको थियो। त्यो कार्यक्रम विराट जनसभानै थियो भने यसमा बिमल गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित् थिए जसमा प्रदिप प्रधान (भूपेन्द्र)ले पहाड़मा नयाँ राजनैतिक पार्टी खोल्ने घोषणा गरेका थिए । उसरीनै पातलेबाँस अवस्थित बिमल गुरुङको घरमा एउटा बैठक बस्यो जसमा इसामणी पाखरिनले नयाँ पार्टीको अध्यक्ष बिमल गुरुङ हुने प्रस्तावना राखे अनि औपचारिक रुपमा 7 अक्टुबर 2007 को दिन गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो )गठन भएको घोषणा गरियो ।
त्यस समय गोजमुमो जन्माउनेहरुमा अध्यक्ष बिमल गुरुङ, उपाध्यक्ष स्वर्गीय कमान सिंग रामुदामु, महासचिव रोसन गिरी, सहसचिव राजु प्रधान, कोशाध्यक्ष दावा लामा लगायत, प्रदिप प्रधान, बिनय तामंग, बिमल दर्जी, इसामणी पाखरिन रहेका थिए । यसरी यो पार्टीको जन्म भए पछि गोजमुमोले लग-भग 22 साल शासन गरेको पार्टी गोरामुमोका नेताहरु अनि पार्टी अध्यक्ष सुभाष घिसिङ्गलाई पहाड़देखी लखेटने कार्य गरे, साथै छैटो अनूसुचिको मागलाई नामो निसान हटाइ फ्याक्न सफल भए । गोजमुमोले पुन: गोर्खाल्याण्डको नारा पहाड़मा गुंजाउनु साथ गोर्खा जातिको मन जितन सफल भयो ।
गोजमुमोले गोर्खाल्याण्डको नाममा बिच्किएको तराई संगसगै डुवर्समा पनि आफ्नो पार्टीको झण्डा गाड़नमा सफल भयो। जीएल नम्बर, दोकानमा साइन बोर्ड, जातिय पोशाक लगाउनपर्ने आदि घोषणा गर्दै गोजमुमोले आन्दोलन लाई चरम सिमामा पुर्यायो।17 चोटि त्रिपक्षीय वार्ता गरेर पहाड़मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जिटिए) ल्याएपछि गोजमुमोले पुन: बिराम लियो ।
गोजमुमोले आफ्नो स्थापनाको 9 बर्ष बित्दा नबित्दै गोजमुमोका स्थापना गर्ने अनि शिर्षस्थ नेताहरु मध्ये अधिकाशले कि त राजीनामा ठोके या अन्य पार्टीमा संलग्न भए। यस्तो समयमा पार्टीले आफ्ना साधारण सदस्य र समर्थकहरु पनि त्यस्तै अनुपातमा गुमाउनु पर्यो भने दलमै हुनेहरुमध्ये पनि कति दहिचिउरे भएको कारण मुद्धा पो हेर्ने कि सांगठ्निक समस्या पो सुल्झाउने हो दलनेताहरु बिलखबन्दमा परेका छन।
गोर्खाल्याण्ड्कै कारण मात्रै गोजमुमो नछोडेको भन्ने कतिपय नेता र समर्थकहरुमा पनि नैराश्य छएको देखिएको छ भने डाइ हार्डहरु आफ्नो समुहबाट अलि अलि गर्दै संख्या घट्न लागेको देख्दा बिचलित भएका छन। एउटा अर्को समुह भने गोर्खाल्याण्ड हुन्छै हुन्छ र अझै पनि जनताले गोजमुमोलाई जुन सुकै परिस्थितिमा पनि सहायता गरेकोछ यसैले यस्ता उतार चडाव कुनै गम्भिर कुरो होइन भन्ने ठानेर आशावादि नै छन।
यता डुवर्समा त झन यसभन्दा ज्यादा अवस्था खराब भैसकेको देखिएको छ भने अब गोर्खाल्याण्ड या अन्य कुनै मुद्धालाई डुवर्सबासीले फेरि सहभागिता देला के भन्ने ठूलो प्रश्न छ।
गत 29 सेप्टेम्बरको बन्दले गोजमुमोको वर्चस्व पहाडमा अझै छ भन्ने बताँँउदैन तर बन्द समर्थन गर्ने गैर गोजमुमो समर्थकहरुको गोजमुमोसंग मतभेद भएतापनि मुद्धामा पहाड्बासी एकै छ भन्ने बुझाउने संकेत हो भन्ने ठान्द्छन एक थरि गोर्खाहरु।
त अब के गोजमुमो अस्तित्व बचाउने सँकटमा साचँचै परेकै हो त, हो भने गोजमुमोले औषधि मूलो गर्दैछ के त? गरेको छैन भने के गोरामुमो जस्तै स्थितिमा यो पर्ला अनि पुन जीवित हुने फेरि समय आउला के त? अनि पहाडको विकल्प के होला त? सँकटमा छैन भने पहाडमा गोजमुमो कति दिनसम्म अझै बाँच्ला त?
No comments:
Post a Comment