Wednesday, 26 October 2016

जन आन्दोलन पार्टीका युवा प्रकोष्टको शहरमा पोष्टर् सफाई

डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 अक्टोबर।जन आन्दोलन पार्टीका युवा प्रकोष्टले शहरमा टाँसेका पार्टीको पुराना पोष्टरहरू हटाउने कार्य गरेको छ। विभिन्न राजनैतिक कार्यक्रमहरूबारे पार्टीले टाँसेका पोष्टरहरू कार्यक्रम सकेपछि शहरमा मैलाका थाक मात्रै बनिरहेको अवस्थामा पार्टीले शहरलाई स्वच्छ अनि सुन्दर राख्नका निम्ति कार्यक्रम सकिसकेका अचाहिँदो पोष्टरहरू राजनैतिक दल तथा संघ संस्थाहरू आफैले निकाल्न आवश्यक रहेको अखिल भारतीय जन आन्दोलन पार्टीका युवा प्रकोष्ठका सचिव अमिर बस्नेतले बताएका छन्।
‘हामीले विभिन्न कार्यक्रमलाई लिएर शहरमा व्यापक पोष्टरिङ गरेका थियौँ। कार्यक्रम सकिएपछि ती पोष्टरहरू अनावश्यक भएको कारण शहरमा मैला थुपारेर राख्नको साटो हामीले आफै टाँसेका पोस्टरहरू हटाएर शहर सुन्दर राख्ने सन्देश दिएका हौँ’ अमिर बस्नेतले भने।
उनले आफ्नो शहरलाई आफैले स्वच्छ राख्न आवश्यक रहेको बताउँदै अन्यले पनि लगाएका पोष्टरहरू कार्यक्रम समाप्त भएपछि सफाई गर्नुपर्ने सुझाव दिए।
यसक्रममा उनीहरूले अक्त पार्टीले टाँसेका अनावश्यक पोष्टरहरू हटाउने कार्य यहाँको डम्बर चौकबाट सुरू गरेका थिए भने शहरको विभिन्न स्थानहरूमा टाँसेका सम्पूर्ण पोष्टरहरू नै उनीहरूले हटाएका छन्।

No comments:

Post a Comment