शताब्दी बिते मानव सभ्यताहरूको
बगिरह्यो समय आफ्नै गतिमा ।
पुस्तौं बिते बित्नेछौं हामीसबै
बिधिको बिधान टारेर टर्दैन त्यो।।
हामी थियौ जात थियो जाति थिएन
एक ढिका थिए पितापुर्खा सभ्य थिए
अज्ञानी थिए दुर्दर्शी शालिन थिए
दुष्ट भाईमारा सत मुल्याहा थिएनन् ।।
मिलेका थिए हाॅसेका थिए रमाईला थिए
'सेतामगुराली'तागाधारी'कादसा' सबै संगै थिए
दु:ख सुख मेलो पात चाडपर्व संगै रमाउॅथे
संस्कार संस्कृति परम्परा जोगाएका थिए।।
आज जन्तरे म गोर्खा होईन भन्छ
मन्तरेको आफ्नै गनगन छ
उता साईला काईला पानीमन्तरेहरू बटारिन्छन्
तिमीहरू हामी गोर्खा होईनौ भन्छौ।।
गिद्धका आॅखाहरू हामीलाई गोर्खा देख्छन्
ब्वासाहरू राल काड़िरहेछन् सबै माथि
बिबेकहीन नबनौ हामी बिबेकशीलहरू
आउ हामी सबै जुटौ एकपल्ट ।।
बड़ा दसैं सम्पूर्ण गोर्खाको साझा
जात जाति धर्म आ-आफ्नै संस्कार एउटै
मनाउॅन सॅगै आ-आफ्नै तालले
चामलको टिको नलगाऊ तिमी
फूलपाती जमरा पनि नलगाउॅनु
घर श्रृंगार गरौं उहिले जस्तै फेरि
लिङ्गे पिङ खोलौं - हुई तात्ताला
नयाँ पहिरन लगाउॅ रमाऊ एकपल्ट।।
तिमी टोटलाको फूल लगाऊ तिम्रै पाराले ।
उ खादा लगाउॅछ
तिमी सुम्निमा पारूहाङ पुकार
यस्तै यस्तै -सॅगै रमाई हेरौ न!!
सबै रमाउॅने छन् - भातृत्व बड़्नेछ
नयाँ बिहानी आउॅनेछ - बैरी काप्नेछ ।
बड़ा दसैं- गोर्खाको शान मान ईमान ।।
[File pic of Fulpati celebrations in Mungpoo]
No comments:
Post a Comment