Saturday, 22 October 2016

भानु र पाला भाग 3 मा गोरखाल्याण्ड आन्दोलनकारी एवं गोरखाल्याण्डप्रेमी जनतालाई हतोत्साही बनाउने प्रकारको संवादहरू

- विक्रम राई

कालेबुङका चर्चित नाटककार एवं नाट्य निर्देशक श्री ललित गोलेद्वारा लिखित एवं निर्देशित चर्चित नाटक भानु र  पाला भाग 3 मा गोरखाल्याण्ड आन्दोलनकारी एवं गोरखाल्याण्डप्रेमी जनतालाई हतोत्साही बनाउने प्रकारको संवादहरू प्रस्तुत गरिएको छ । यसबाहेक एक ठाउँ नाटकका पात्र भानुभक्तले छैटौं अनुसूचिले सबै गोरखा समुदायका सबै जात-गोष्ठीलाई जनजाति बनाउनेछ भनी जुन संवाद बोलेका छन् उक्त संवाद पूर्णरूपले तथ्यहीन, अज्ञानतापूर्ण अनि भ्रामक रहेको ठहर गर्दै उक्त संवादलाई उक्त नाटकबाट हटाइनुपर्ने अथवा संशोधन गरिनुपर्ने गोरखा जनमुक्ति मोर्चा माग गर्दछ।

गोरखाल्याण्ड कसैले नमागेको अनि गोरखाल्याण्ड कसैले नचाहेको भन्ने प्रकारको गोरखाल्याण्ड आन्दोलनको सन्दर्भमा हतोत्साहीपूर्ण संवाददहरू नाटकभित्र प्रस्तुत गर्नुअघि नाटकका लेखक एवं निर्देशकज्यूले गोरखाल्याण्ड आन्दोलनको सन्दर्भमा केन्द्रीय गृह मन्त्रालयबाट जारी गरिएको आरटीआईको जवाब हेर्नुपर्ने थियो जहाँ गोरखा जनमुक्ति मोर्चाले 2007 सालदेखि हालसम्म पनि गोरखा जनमुक्ति मोर्चाले गोरखाल्याण्डको मागमा ज्ञापन, वार्ता आदिहरूसंगसंगै विभिन्न दस्तावेजहरू पनि सरकारलाई चड़ाउँदा आइरहेको उल्लेख गरिएको छ। यसबाहेक जीटीए सम्झौतामा पनि गोरखाल्याण्डको मार्ग खुल्ला राखेको विषयमा पनि उहाँ अवगत रहनुपर्ने थियो। गोरखाल्याण्डको मुद्दाप्रति श्रीमान विमल गुरूङ इमान्दार रहेको कारण नै दागोपाप अनि छैटौं अनुसूचिको सम्झौता गरिदाँ  गोरखाल्याण्डको मुद्दालाई ड्रप गरिएको जस्तो  जीटीएको सम्झौता गरिदाँ गोरखाल्याण्ड ड्रप गरिएन तर गोरखाल्याण्डलाई अन द रिकर्ड राखिए नै जीटीए सम्झौता गरियो।

यसबाहेक छैटौं अनुसूचिमा गोरखा समुदायको सबै जात-गोष्ठीलाई जनजाति बनाउने प्रावधान कतै उल्लेख छैन तर छैटौं अनुसूचिभित्र गोरखा जातिका केही जातगोष्ठीहरूमात्रै जनजाति बनिने अनि कतिपय जातगोष्ठीहरू छोड़िने प्रशस्तै सम्भावनाहरू रहेको छ। छैटौं अनुसूचिले जनजातिको दर्जा प्रदान गरेका जातगोष्ठीलाई इन्कम ट्याक्स नलाग्ने अनि अन्य जातगोष्ठीले भने इन्कम ट्याक्स भुक्तान गर्नुपर्ने प्रावधान पनि रहेको छ। यसो हुँदा गोरखा जातिभित्रका जातगोष्ठीमाझ नै विभाजन ल्याउन सक्ने प्रशस्तै मार्गहरू छैटौं अनुसूचिमा रहेको छ र यही कारण गोरखा जनमुक्ति मोर्चाले यसको विरोध गरी पूर्णरूपले खारेज गरेको हो।

अर्कोतिर सोही नाटकमा गोरामुमोका शासनकालको समयमा कसैलाई बोल्ने अनि अभिव्यक्तिको स्वतन्त्रता थिएन भने गोजमुमोको समयमा अहिले गणतान्त्रिक माहौल रहेको र सबैलाई बोल्ने एवं अभिव्यक्तिको स्वतन्त्रता रहेको छ भन्ने जुन संवाद प्रस्तुत गरिएको छ त्यसको हामी पूर्णरूपले समर्थन अनि स्वागत पनि गर्छौं। गोरखा रङ्गमञ्च भवनमा भानु पाला, भाग- 3 मञ्चन गरिने अनुमतिको साथसाथै रंगशालाको किरायामा पनि केही प्रतिशत छूट प्रदान गरिनु तथा गोजमुमो अध्यक्ष श्रीमान विमल गुरूङलगायत अन्य शीर्षस्थ नेतृत्वहरूले पनि उक्त नाटक हेर्नु  नै यसको ज्वलन्त उदाहरण हो। श्रीमान विमल गुरूङ अनि गोजमुमोले मानिसहरूलाई गणतान्त्रिक पद्धतिको सम्मान गर्दै बोल्ने स्वतन्त्रता  प्रदान गरेको यो भन्दा ठूलो उदाहरण अरू के हुन सक्छ।

नाटककार श्री ललित गोले एक समर्पित अनि सचेत नाट्यकर्मी रहेको कुरामा हामीलाई कुनै शंका छैन। भूलवश अथवा पूर्वाग्रह ग्रस्त भएर या त टीआरपीको निम्तिमात्रै उक्त संवादहरू नाटकमा राखिएको हो भन्ने गोरखा जनमुक्ति मोर्चालाई केही जानकारी छैन। तथापि उक्त संवादले समाजमा गलत सन्देश अनि भूल- भ्रान्ति सृष्टि हुने हुने किसिमको उक्त संवाद नाटकमा समावेश गर्नुभन्दा अघि गोरखाल्याण्ड आन्दोलनबारेका तथ्य, इतिहाँस अनि  छैटौं अनुसूचिबारे पूर्ण ज्ञान लिनु आवश्यक रहेको थियो भने गुनासो गोरखा जनमुक्ति मोर्चाको रहेको छ।

साहित्यकार, संगीतकार, नाटककार अथवा भनौं जम्मै कलाकारहरू समाजका सही मार्गनिर्देशकहरू हुन् यसैले उनीहरूले समाजलाई सही मार्गनिर्देशन गर्नु पनि आवश्यक रहेको छ। यस हिसाबमा पनि भानु पाला भाग- 3 नाटकमा रहेको कतिपय संवादहरूले हाम्रो समाजमा अनि गोरखाल्याण्ड आन्दोलनमा गलत सन्देश जाने तथा जनमानसमा भ्रम फैलिने हुनाले उक्त सवांदलाई नाटकबाट हटाइनुपर्ने अथवा संशोधन गरिनुपर्ने आवश्यकता देखिएको छ।

[File pic]

No comments:

Post a Comment