Friday, 28 October 2016

डुवर्समा नया साहित्यिक संस्था डुवर्स नेपाली साहित्य सभाको गठन

        
Writes : बुद्धिमान लामा

जयगाउ नन्नी भट्टाचार्य महाविधालयमा नेपाली विभाग बीरपाड़ा महाविधालयमा नेपाली विभागमा दुई जना प्राध्यपक नियुक्ति बीरपाड़ामा नेपाली बालिका विधालय निर्माणको माग गर्दै साथै शिक्षा अनि साहित्यको विकास साथै मध्य डुवर्समा साहित्यिक माहौल सृजना गराउनको निम्ति मध्य डुवर्समा आज एउटा नया साहित्यिक संस्था डुवर्स नेपाली साहित्य सभा को गठन गरियो l उदेश प्रधानको वासगृहमा बसेको सभामा शिक्षक जनार्दन थापा रविन खवास टीकाराम शर्मा दिलीप शर्मा किरण उपाध्याय उमेश प्रधान नारायण प्रधान आदिको विशेष उपस्थिति रहेको थियो l सभामा शिक्षाविद तथा साहित्यकार  किताबसिंह राईको मृत्यु पश्चात् मध्य डुवर्समा साहित्य छेत्रमा शून्यता छाएको  सबै वक्ताहरूले महशुष गरे l मध्य डुवर्समा यो शून्यतालाई पूरा गर्न एवम् शिक्षा र साहित्यको विकासलाई अघि बड़ाउनका निम्ति साहित्यिक संस्था गठन गरिने निर्णय लिइयो l सभामा संस्थाको नामकरणमाथि लामो छलफल पश्चात् डुवर्स  नेपाली साहित्य सभा नाम राखियो साथै कमिटि गठन गरियो जसमा अध्यक्ष दिलीप शर्मा घिमिरे उपाध्यक्ष बुद्धिमान लामा तामंग सचिव उमेश प्रधान सह सचिव नारायण प्रधान  कोषाध्यक्ष किरण उपाध्याय सह कोषाध्यक्ष शिवराज थापा कार्यकारिणी सदस्य सूरज शर्मा आकाश प्रधान विशाल तामंग किरपेन्द्र गुरूंग आदिलाई चयन गरियो l भविष्यमा विशेष मध्य डुवर्समा साहित्यिक माहौल बनाउने र विशेष यहा भएका स्रष्टाहरूलाई एकत्रित गरेर एउटा मंच दिन अनि युवा वर्ग साथै विद्यार्थीहरूलाई शिक्षा नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नु नै यो संस्थाको मूल उद्देश्य हुनेछ संस्थाका कोषाध्यक्ष साथै युवा कवि किरण उपाध्यायले बताए l डुवर्स नेपाली साहित्य विकास समिति हाम्रो माउ संस्था हो साथै यो संस्थाले माउ संस्था  डुवर्स नेपाली साहित्य विकास समिति लगायत बाग्राकोटको साहित्य परिक्रमा लुकसानको साहित्य चक्र दलसिंहपाड़ाको नेपाली साहित्य प्रतिष्ठान नगरकट्टाको भानु सांस्कृतिक संघ अनि सामसिंग जन उत्थान समिति आदि सँग मिलेर साहित्य अनि शिक्षाको विकासमा कार्यक्रमहरू गर्नेछ भने l

No comments:

Post a Comment