Writes : लीलाबहादुर छेत्री।
पछिल्ला केही वर्षदखियता डुवर्सका चियाबारीमा आश्रित मानिहरूका निम्ति दसैं दसामा परिणतहुँदै आएको देखिन्छ। हातमा अपुग पैसा , बद्लँदो जीवनशैली र महङ्गाई आदिका कारण दसैं मान्नेहरू भन्छन्,दसैं नआएको राम्रो।दशैं नमाने पनि दशैंको अवसरमा पूजा बोनस पाउनेहरू ठान्छन्,यति बोनसले कता ढाक्नु ,कता छेक्नु ?
सुखको प्रतीक ,पारिवारिक भेटघाटको माध्यम मानिँने यो दसैं चियामानमा आश्रित मानिहरूका दु:खको कारण बन्नथालेको सुनिन्छ। डुवर्स त्यो भेक हो जहाँ गोर्खा र आदिवासी मूलका सन्तान-दरसन्तानले चियाको उद्योगको निम्ति पसिना र खुन बगाउँदै आएका छन्।यसैमा अरुलाई बचाउँदै,आफु बाँच्दैआएका छन्।यस उद्योगलाई बचाउँदै भावी सन्तानका उज्ज्वल भविश्यका सपना सजाउँदैआएका छन्।तर यतिखेर भने डेढसय वर्षको पाको भइसकेको यो उद्योग आश्रित मानिसहरूका निम्ति सामाजिक एवं आर्थिक जीवनको लागि असुरक्षाको प्रमुख कारण बन्नथालेको देखिन्छ।पछिल्ला वर्षहरूमा श्रमिकहरू जुन उद्योगमा सुन्दर भविश्य देख्दैआएका थिए अहिले यही उद्योगले कहालीलाग्दो र अन्धकारमय भविश्यतिर धकेल्दैन भन्ने चिन्तामा पर्नथालेका छन्।चियाको समस्या दार्जीलिङ र तराईमा पनि व्याप्त छ ।तर डुवर्सको स्थिति यसमा अलग्गै छ।जुन अनुपातमा मानिसहरू चियाउद्योगित जडित छन् त्यसलाई हेर्ने हो भने जबसम्म डुवर्समा चियाउद्योगको स्थितिमा स्थायी रुपमा सुधार आउँदैन तबसम्म आश्रित मानिसहरूका जीवन स्तर माथि उठ्ने अरु माध्यम देखिन्न। चियाउद्योगबाहेक अन्य वैकल्पिक आयस्रोतका माध्य स्थापित नभएको डुवर्समा बहुसङ्ख्यक मानिसहरूका निम्ति यही चियाउद्योग मात्रै आयस्रोतको माध्यम रहिआएको देखिन्छ। जुन उद्योगको स्थिति यसरी खस्किँदोछ कि यसमा स्थायी समाधान अब सामान्य तरीकाबाट सम्भव छैन। आर्थिक मन्दीमा रहेको भन्दै कम्पनी तथा मालिक पक्षबाट दिइने सम्पूर्ण बुनियादी सहुलियत , सुविधाहरू कटौती गरिनथालेको प्राय: दुइ दशक पार हुनैलागेको छ।तर पनि पूर्खाको रगत सिञ्चेको चियाकमानसितको परापूर्वकालदेखिको सम्बन्धलाई कायम राख्ने प्रयासमा छन्।उद्योगमा सुधार आउनसक्ने सम्भावना लिएर सङ्घर्षरत छन्।
डुवर्समा स्थापित चियाबारीहरू बेरोजगार,भोकमरी ,मानव तस्कर र बालतस्कर आदिका प्रमुख कारण बन्नथालेको छ।यद्यपि सुखी र सम्पन्न जस्ता जीवनशेलीमा आफुलाई ढाल्दैआएका आश्रित मानिसहरू देख्दा यस्तो लाग्छ यतिखेर उनीहरू नारकीय जीवनको चरम उत्कर्षमा बाँचिरहेका छन्।मासिक, कतै पाक्षिक र साप्ताहिक तलब थापेपछि हात लाग्ने पैसा र परिवार धान्नलाई चाहिने आवश्यक्तालाई तुलना गर्दै विलौना गर्ने श्रमिकहरूलाई अलिकति हाँस्ने अवकाश भनेको नै दसैको अवसरमा दिइने पूजा बोनस हो। जुन पैसा कम्पनी वा मालिकपक्षबाट दिइन्छ ।जुन पैसा स्वयं श्रमिकहरूले गरेको कामको पैसा हो।कम्पनीलाई अरबौं खऱबौं मूल्य बराबरको मुनाफा हो।जून पैसा पाउनको निम्ति श्रमिकहरू वर्षेनी आन्दोलनमा उत्रन पर्छ।पटक-पटक श्रमिक प्रतिनिधि(सङ्गठन)हरू र मालिकपक्षमाझ सम्पन्न हुने वार्ताहरूको निर्णयलाई पर्खिएर तड्पिनुपर्छ। यद्यपि बोनसलाई दिइएपछि श्रमिकहरू हर्षित देखिन्छन्।तर केही वर्षदेखि डुवर्षका कमानहरूमा बोनसले पछिल्ला समयमा जुन अनुपातमा राहत दिनेगर्थ्यो त्यो यतिखेर हराएर जाँदैछ। पूजा बोनसलाई लिएर आन्दोलनमा उत्रिनै पर्ने र जबसम्म समझौतामा अन्तिम मोहर लाग्दैन तबसम्म ढुक्क हुननपाइने स्थितिबीच डुवर्सका चियाश्रमिकहरू बाँच्दैआएको देखिन्छ।उत्तर बङ्गालमा डेढसय वर्षभन्दा अघिदेखि चियाको उत्पादन गरिँदैआएको हो।तर आजसम्म श्रमिकहरूको लागि पूजा बोनस कति प्रतिशत हुनुपर्ने त्यो सुनिश्चित छैन।महङ्गाई र आवश्यक्ता अनुरुप कस्तो व्यवस्था हुनुपर्ने सुनिश्चित छैन।
उत्तर बङ्गालका चियाउद्योगले भारतको झीडीपीसित सोझै सम्बन्ध राख्छ।वैदेशिक वाणिज्यमा प्रभाव पार्दछ।तर त्यही उद्योगमा आश्रित मानिसहरूको जीवनस्तरलाई लिएर केन्द्र र राज्यसरकार दुवै उदासीन देखिँदै आएकोछ।कमान अधिग्रहणको निम्ति केन्द्रले देखाएको रुचिले यतिखेर अलिपुरद्वार जिल्लाका सातवटा कमानको भविश्य अनिश्चित बनेको छ । आजसम्म‘मिनिमम वेजेस’-ले कानुनको रुप लिन पाएको छैऩ।
पूजा बोनस श्रमिकहरूको माग अनुरुप कहिल्यै पारित हुनसकेको छैन।यस पटक पनि त्यही इतिहास दोहोरियो।श्रमिकहरूको माग र आवश्यक्ता अनुरुप बीस प्रतिशत्को पूजा बोनस पारित हुनसकेन।श्रमिक सङ्गठनहरूको आन्दोलनको चेताउनीले मालिकपक्षको दाल गलेन।त्यसमा पनि यस पटक डुवर्सका धेरै चियाकमानका श्रमिकहरूले पूजा बोनस पाउनसकेनन् ।कारण गत वर्ष 2015मा धेरै कमानहरू घोषित अघोषित रुपमा बन्द थिए।एरियर पैसा पनि उस्तो पाउनसकेनन्। डङ्कन्स-गोइन्का समूह अधीनस्थ वीरपाडा, गरगण्डा, लङ्कापाडा, तुलसीपाडा, हण्टापाडा, दुम्सीपाडा र डिमडिमा कमान बन्द छ।यस बाहेक मधु ,रेडब्याङ्क ,घरानीपूर ,सुरेन्द्र नगर, बन्दापानी, डेकलापाडा, वीरपाडा आदिजस्ता कमानहरूको स्थितिमा वर्षौंपछि पनि कुनै सुधार आउनसकेको छैन।यी कमानहरूमा न रमाइलो दशैं आउँछ न तिहार आउँछ।न ता रमझम क्रिसमस आउँछ। सब दशा बनेर आउँछ।
(मध्यमार्ग मासिकको अक्टोबर अङ्कबाट)
No comments:
Post a Comment