टाढ़ो ... ऊ बिस्तार हिँड़्दै आएको देख्दैछु ठीक यहीँदेखि। सृष्टिको तल्लो तल्लामा ठड़िएको अँध्यारो देवलको एक्लो झ्यालबाट। उसको हिँड़्नु र पाकेको धानको बासना खेतको आली-आली हिप्पी हावामा चढ़ेर मस्त डुल्नु एउटै छ। उसको हिँड़्नु कुरै-कुरामा तातो चियाको सेलिनु। जहाँ न चिया मुख्य छ, न चिया खाने। त्यहाँ मुख्य छ कुरा। उसको हिँड़्नुको अग्लो चुचुराबाट हाम फालेर अपहत्ते गर्छन् पुड़्के घमण्डहरू। डरैले काम्दै मर्छन् स्वार्थी नियतहरू। उसको हिँड़्नुको नुनिलो आँशुले पखालिदिन्छ मृत्युका जीवन्त दागहरू। भक्कानो छचल्किञ्जेल गाइएको एक अजम्मरी गीतको सुर उसकै हिँड़्नुको लयमा लेखिन्छ। उसको हिँड़्नु केवल उसकै हिँड़्नु मात्र होइन - यति भनिराखुँ उसको हिँड़्नु भनेको अरूको हिँड़्नु पनि हो। ऊ जसरी हिँड़्दैछ – त्यसरी नहिँड़िनु पनि सक्लान् अरूहरू। ऊ जसरी बोल्दैछ – त्यसरी नबोल्न पनि सक्लान् अरूहरू। उसले जसरी हेर्दैछ – त्यसरी नहेर्लान् अरूले। जति आदिवासी छ उसको हुनु उति नयाँ छ उसको छापामार इतिहासको आउनु। घाउहरू जति आलो छन् उसको ती पुराना हुन् उति नै उसको दैनिक रोटीको लड़ाइँको कथामा। तपाईँको हरेक सुस्केरा उसको शरीरमा एउटा घाउ भएर फुल्छ। धरतीको पल्लो किनारलाई बाड़ुली चलाउँछ उसको वल्लोछेउको पदचापले। ऊ त्यहीँ हुन्छ गुनगुनाइरहेको जहाँ देख्छ धुन छिचोल्ने एक फाल्सा मन। कहिल्यै सकिँदैन उसको आकार कपेर: सहस्राब्दीपछि सहस्राब्दी गालेर कप्दैछन् शिल्पकारहरू गतिशील समयको ढाड़मा। उसको हिँड़ाइ। उसको पाइलैपछि एउटा डोब बन्छ रगतको। र पाइलैपछि शान्त हुन्छ एउटा हिक्का। एउटा युद्ध। ऊ - शिशु खेलौनाहरू खेल्ने। ऊ - वृद्धाको मन डुब्दो घाम हेर्न मन पराउने। ऊ – लक्का जवान छातीमा आँधी सिउरेर हिँड़्ने। बिस्तार हिँड़्छ ऊ जब उसका साथीहरू, शत्रुहरू दौड़िरहेका हुन्छन्। उसको बिस्तार हिँड़्नुको साम्य खोलामा नुहाउन हाम फाल्छन् जूनहरू। र जून खोज्दै आकाशमा व्याकुल हुन्छन् उसका साथीहरू, शत्रुहरू उता। सुन्नुभो, कहाँसम्म भने उसको बिस्तार हिँड़्नु एउटा रूख उम्रन्छ। रङ्गी-बिरङ्गी चरा गुँड़ बनाउँछन् त्यही रूखका हाँगाबिगामा। चराहरू त्यसमा अण्डा पार्छन्, बचेरा काढ़्छन्। ती बचेरा पुराना सभ्यताबाट नयाँ सभ्यता हुर्कन्छन्। र पूरै थर्कमान हुन्छ उनीहरूको चिरबिरले रूख उम्रिएको त्यो उसको हिँड़्नु। उसकै हिँड़्नुको नरम स्पञ्जमा रसिँदै जान्छ समयको तरलपनि। र उसका साथीहरू, शत्रुहरू जेलाई समय भन्छन् त्यो त मात्र घड़ीको गोलो छाती किनार उनीहरूको दोहोरिँदो वृत्ताकार दौड़ हुन्छ। अरू हिँड़्छन् र ऊ हिँड़्छ। उसको हिँड़्नुको अनन्त इन्फिनिटीलाई गणितको कुनै लद्दु छात्रले होमवर्क कपीमा चित्रमा आँक्दै होला। उसको अनन्त हिँड़्नु थपक्क आई आँखाका यी नानीमा बिसाएको मुहूर्त्त हो यो। यो युग। खै त, मेरो दोजिया आँखा चिम्लिहालुँ ... कि उठेर एक छिनपछि एक युगपछि फेरि ऊ त हिँड़्न थालिहाल्नेछ। जाँदाजाँदै, अन्तिम कुरा – ऐलेसम्म सुन्नु त भयो उसको हिँड़्नुको लामो कुरा। तर महाशय, उसलाई कुनै मसीहा सम्झिने भूल नगर्नुहोला। (मूल्यन, रोङ्गो, भारत; वर्ष-१, अङ्क-१, डिसेम्बर २००१)
Friday, 12 August 2016
उसको हिँड़्नु -- Raja puniani, “बिस्तार हिँड़्नुसित होइन, कोवल चुपचाप उभिनुसित डराउनुपर्दछ।” -चीनियाँ उखान

Subscribe to:
Post Comments (Atom)
इतिहास बोधको गतिशील भावनाहरूका विम्बहरू पनि काव्यायात्मक काल यात्रु (टाईम ट्रेभेलर) भएर त्यो नयाँ क्षितिजको खोजमा जहाँ John Lenon गाउँने गर्दछन् कि ......जहाँ स्वर्ग पनि नहोस् जहाँ नर्क पनि नहोस् ........।
ReplyDelete