Friday, 26 August 2016

सभ्यताका पेण्डुलमहरू; नारी किनारकृत र नारीवादी चेतनाको आवज हो। - रवि रोदन

नारी किनारीकृत र नारीवादी
चेतनाको प्रतिनिधी संग्रह हो कवि पवित्र लामाको कृति सभ्यताका पेण्डुलमहरू।
मेरी ओल्स्टनक्राफ्टले लेखेको 'The vendication of the Rights of women' लाई नारी अधिकार बारे लेखिएको प्रथम कृति मानिन्छ।
समाजमा नारीको स्तर प्राचिन समयदेखि तल्लो दर्जामा राखिएको थियो। घर गृहस्थी र पुरूषको स्यार सुसार गर्नु बाहेक नारीको अरू कुनै थोकमा कुनै अधिकार थिएन।
नारीलाई उपभोग गर्ने बच्चा जन्माउने मसीन बनाएर दमन र शोषण गरिएको हो।
आज पनि समाजको कुनै कुनामा यस्ता घटनाहरू घटी राखेको छ।
युरोपका नारीहरूले विद्रोह गरेपछि उनीहरूले भोट हाल्ने अधिकार पाएका हुन्।
नारीवादी आन्दोलन १९६० देखि सुरू भएको हो तर अठारौ शताब्दी देखि नारीहरू लेखनमा उत्रिएका हुन्।
Feminist Criticism नारी अधिकारको लागी समाजिक आन्दोलन हो।
१९४०~१९८० Femininen Phase मा नारी लेखकले शालीन लेखनको सुरूवात गरे।
स्वतन्त्र रूपमा यसरी लेख्नु नारीहरू आफूलाई सीमान्तकृत अवस्थादेखि केन्द्रीय भुमिकामा उभायाउनु चाहन्छन्।
नारीवादी चेतनाको बीजले आफूसित भएको असमान्ता र उत्पिडन विरूद्ध एउटा आवजको खोजी गर्न लायो।
सभ्यताका पेण्डुलमहरूले बोकेको बिम्ब चित्र नारी किनारीकृत र समाजको विभिन्न कोणहरूबाट बेदखल गरिएको नक्सा देखाउँछ।
पवित्रा लामा अत्यन्तै प्रगतिवादी चेतनाका कविता समाजिक परिवेशमा भएर प्रस्तुत गर्छिन्।
कविताले मुद्दा बोकेको छ।
देशको न्याय प्रणाली कति धीमा सुस्त र कमजोर भएर घिस्रिन्दैछ भन्ने कटाक्ष यिनको दुईवटा कविता
'अन्तिम इच्छा:डायरी पेरारिवलनको' र 'बन्द ढोकाअघि मृत्यु पर्खन्दै' पढेपछि थाहा भइहाल्छ।
सभ्यताका पेण्डुलमहरू शीर्षक रेन्डमली राखिएको छैन तर देश समाज कुन युगदेखि असमानता दमन थिचोमिचो गर्दै आइराखेको रेकर्ड देखाइरहेछ भन्नु चाहेको छ कृतिमा सर्जक पवित्रा लामालेा
भवितामा बढी अङ्रेजी शब्दको प्रयोग लोजिकीलि कविताको कन्टेन्ट अनुरूप।
परम्परालाई तोडेर नारीवर्गमा परिवर्तणको चाह कविले जनाउन चाहेका छन्।
मानव संवेदनाको जिकिर यिनको कवितामा देखा परेको छ।
समाजको घटनालाई काव्यिक चेतनना मार्फत पाठकसम्म पुराउन सफल बनेकी छन्।
यथार्थवादी प्रगतिवादी चेतनामुलक अभिव्यक्ति सम्परेषणमा कविले कलम राम्रो चलाएकी छन्।
सशक्तिकरणको फ्रि किक
--------------------------------------
भवानी!
कसले राख्यो हँ तेरो नाम?
जब म आफ्नो घरको झ्यालनेर उभिएर
सुस्तरी कसैले चाल नपाउने गरी
समयलाई नियाली रहेकी हुन्छु
तँ समयलाई सिटी बजाउँदै
रणभूमिमा ललकार्छस।
काँडे बुटले स्टिग्माहरूलाई
पाइतालामुनि कुल्चेर
घामको उज्यालोभन्दा
द्रुत अनि तीव्र भई
मैदानमा पुगेको हुन्छेस्।
जब म आपदमस्तक
लज्जा र मान्यताहरूमा बेह्रिएर
चुल्हा लिपिरहेको हुन्छु,
भित्ता सजाईरहेको हुन्छु
टल्काइरहेकी हुन्छु रितिएका सामानहरू
चम्काइरहेकी हुन्छु नियमका
कलश अनि आम्खोराहरू....
तँ हजारौं वर्षदेखि
स्थापित दम्भलाई लखेटिरहेकी
नैदानबीच
मैदानबीच
मुखुण्डोहरू उदाङ्गो पारिरहेकी हुन्छेस्
दासत्वको।
कोल्टे धारणाहरूले ब्याक पास दिँदै
एकपाखे थोपाइहरूलाई डिफेण्ड गर्दै
रेफरी बन्दै घरिघरि
रेड-कार्डहरू देखाइरहेकी हुन्छेस्
प्यारामीटरहरूलाई।
जब म सोह्र शृरङ्गारमा
आफूलाई सजाइरहेकी हुन्छु
आफ्नो उडानको क्षुद्रतम
सम्भावनाहरूलाई
अझ जटिल
अझ कसिलो गरी
बाँधीरहेकी हुन्छु
त्यस घडी तँ
पाउजुहरू, घुम्टोहरू
चुराहरू,कल्लीहरू
मान्यताहरू
अनि जिन्दगीका हजारौं बाधाहरू
ड्रिबल गर्दै
हेडर गरेकी हुन्छेस्
फाउल प्ले लाई
इनस्विङ्रमा बदलाउँदै
टचलाइनबाट
गोललाइनतर्फ ताकेर
दृढ़ताको सेन्टर स्पटबाट
सशक्तिकरणको
डाइरेक्ट फ्रि किक हानिसकेकि हुन्छेस्!
एकदेखि एघार बनेका
आँटहरू, साहसहरू
छातीभरि भरि बोकेर
एघार अक्षर
लेखिदिएकी छस्
समयको भित्ताभरि।
भवानी!
कस्ले राख्यो हँ तेरो नाम?
कृति - सभ्यताका पेण्डुलमहरू
कवि- पवित्रा लामा
मूल्य- २०० रूपियाँ
सम्पर्क- 9933546416


No comments:

Post a Comment