भारतमा गरिने नेपाली साहित्यमा लगालग देखा परेका छन् साहित्यिक आन्दोलनहरू। घोषितहरूमध्ये तेस्रो आयाम, सङ्क्रमण, लीला लेखन, विचलन, किनारीकरण। अघोषितहरूमध्ये चाहिँ प्रगतिवाद, स्वच्छन्दतावाद, जातियतावाद, राष्ट्रियतावाद, लोकवाद। आन्दोलनका यी थुम्का थुम्की पार गरिसकेको समकालीन पहरामा जनमुखी लेखनको आग्रह आह्वानमा जनलेखनको दिशामा थालिएको ताजा आन्दोलन हो 'हस्तक्षेप'। पब्लिकको सोच्ने सिस्टममा शासकीय हस्तक्षेपले उब्जाउने गुलामी मानसिकताबाट उम्कने आह्वान गर्दछ हस्तक्षेप। हस्तक्षेप आन्दोलन एक अर्थमा अथवा खासमा पाठकको दिमागी तन्त्रमा चलखेल गरिरहेको सत्तागत हस्तक्षेपमाथि 'सिर्जनात्मक हस्तक्षेप' हो। 'प्रतिहस्तक्षेप' हो। भन्दा छोटोमा 'हस्तक्षेप'।
मनोज बोगटी, लेखनाथ छेत्री, टीका भाइ, भूपेन्द्र सुब्बा सक्रिय अभियन्ता छन्। महेश पौड़याल (नेपाल), छुदेन काबिमो, प्रदीप लोहागुण, छेवाङ योन्जन, रवि रोदन, उमेश परियार, सूरज रोसूरि, राकेश क्रान्तिकारीहरू पछिल्लो समय हस्तक्षेप अपीलका सहयात्री बन्न आएका सम्भावनाशील प्रतिभाशाली सर्जकहरू हुन्।
हस्तक्षेपले आफ्नो सिर्जनाबाट हस्तक्षेप आग्रहको प्रदर्शन गरेको छ।
पोजिटिभ र नेगेटिभ दुवै प्रतिक्रिया कुनै पनि आन्दोलनको निश्चित प्राप्ति हो। हस्तक्षेप यसबाट अछुत होइन। तर छोटो समयावधिमै हस्तक्षेपले प्राप्त गर्नसकेको प्रतिक्रिया र मतामत अनि युवा सर्जकहरूमाझ यसको बहसले हामी मोटिभेटेड भएका छौँ। हस्तक्षेपमाथि टोलचर्चा, चियाचर्चा, चियोचर्चा, दारूचर्चाहरू चलिरहेका होलान्। तर साँच्चीकै मानेमा खाँट्टी पत्रचर्चाको जुन टड़कारो खाँचो थियो, त्यो एक हदसम्म पूर गरिदिएको छ 'अवलोकन'-को दोस्रो अंकले। डल्लै डुवर्सलाई प्रतिनिधित्व गर्ने पत्रिकाहरूमध्ये एक 'अवलोकन'। पत्रिकाको लेटेस्ट अंक बजारमा छ।
'समावेशी' लेखन-सँगै हाम्रो आन्दोलन 'हस्तक्षेप'-को औचित्य, सान्दर्भिकता र व्यावहारिकतामाथि जोड़दार पाठकीय जिज्ञासा राखिएको छ यसमा। पाठकलाई प्रतिनिधित्व गर्दै प्रश्नकर्ता सुधी समालोचक रूपेश शर्माले गहकिला र सारगर्भित सवालको कठघरामा उभ्याएका छन् हस्तक्षेप र समावेशी दुवै साहित्यिक जमर्कोलाई। यो विशेष उदात्त पहललाई हामीले हृदयबाटै स्वागत गरेका छौँ। किनभने, यो पदक्षेपले हस्तक्षेप आन्दोलन लिएर पाठकमा फैलिएको भ्रान्तिहरू केही र पाठकमा व्याप्त अन्योलताहरू केहीको निदानको एउटा खकुलो मार्ग प्रशस्त भएको छ। एक्टिभिस्ट, पत्रकार, सङ्गठनकर्ता, सर्जक रूपेश शर्मा र पत्रिकाको उत्साही सम्पादकीय टोलीलाई वशेष आभार।
यता सिलगढ़ीबाट निस्कने दैनिक 'हिमालय दर्पण'-ले सबैभन्दा बढ़ी पाठक पहुँच राखेको छ। यसको आइतवारे परिशिष्ट 'सिर्जना'-ले पनि पत्रिकाको पाठक सङ्ख्या उकास्न महत्त्वपूर्ण रोल-प्ले गरिरहेको सबैले फील गरिरहेकै कुरा हो। परिशिष्ट सम्पादक दक्ष कवि-डिजाइनर-प्रकाशक सूरज रोसूरि-ले अवलोकनको उक्त संवादलाई साभार पुनर्प्रकाशन (अङ्क - २१ अगस्ट, आइतवार, सन् २०१६-को आइतवारे परिशिष्ट "सृजना") गरी यो सक्रिय संवादलाई अझ ठूलो पाठक फाँट प्रदान गर्नुहुने जुन सहृदयता र उदारता देखाउनुभो, त्यसको निम्ति म हस्तक्षेपको पक्षमा दर्पण डेस्क र सिर्जना सम्पादक रोसूरि समक्ष छुट्टै हार्दिक आभार प्रकट गर्दछु।
पाठकहरू एवम् समालोचकहरूबाट हस्तक्षेपमाथिको यो डिस्कोर्स पढ़ेपछि सकारात्मक र सक्रिय संवादको एक्स्टेन्सनको अपेक्षा साँचेको छु। आउनुहोस्, खुलेर विमर्श गरौँ। केही नयाँ सोचौँ। केही नयाँ गरौँ।
आखिर साहित्य भनेको समाजकै लागि, समाजलाई र समाजबाटै न हो।

No comments:
Post a Comment