‘चित्र कोर्दाकोर्दै म कैयौँ पटक रोएको छु’, कलाकार हरिओम मेहताले भन्नुभयो – “यथार्थवादी चित्र कोर्दा त्यसको अवस्था र वातावरणले मलाई रुवाउँछ ।”
सप्तरीका ३१ वर्षे कलाकार मेहताले तराई आन्दोलनताका होस्, चाहे भारतको नाकाबन्दी त्यतिबेला नेपाली जनताले भोग्नुपरेको पीडालाई चित्रमा उतार्नुभएको छ ।
उहाँले भन्नुभयो– “२०७२ को भूकम्पका बेला सम्पूर्ण नेपालीमाथि नै ठूलो पीडा र दुःख भोग्नु प¥यो । त्यसलाई चित्रमा उतार्ने बेला कम्ती सकस परेन मलाई ।” उहाँका चित्रकलामा यथार्थको चित्रण पाइन्छ ।
अफगानिस्तानमा आतङ्कवादी हमलामा परी १३ जना नेपालीको मृत्यु हुँदा त्यसलाई पनि उहाँले आफ्नो क्यानभासमा समेट्नुभयो । “सुखमय जीवनको कल्पना गरी विदेशमा ज्यानमा मारेर कमाउन जाने नेपालीको दुःखद् निधनले मलाई त्यो विषयलाई पनि चित्रमा कोर्न प्रेरित ग¥यो ।” त्यो घटनालाई उहाँले साङ्केतिक रुपमा काठको बाकस बनाएर देखाउनुभएको छ ।
केही समयअघि नेपाल कला परिषद्मा प्रदर्शनी गरिएका उहाँका चित्रकलामा स्वयम्को नागरिकतालाई प्रस्तुत गर्नुभएको थियो । नेपाली टोपी लगाएर खिचिएको तस्बिर रहेको नागरिकतालाई मधेसी लवाइमा बोकिरहेको चित्र निकै चर्चित बन्यो । यसका सन्दर्भमा कलाकार मेहता भन्नुहुन्छ– “हामी मधेसीको लवाइ फरक भए पनि हामीलाई नागरिकता लिनका लागि टोपी लगाउनै पर्ने हुन्छ । तर हामीलाई हाम्रो पहिचान र लवाइमा नै नागरिकता लिने व्यवस्था गरिनुपर्छ भनेर साङ्केतिक रुपमा गरिएको माग हो त्यो चित्र ।”
ललितकला विषयमा स्नातकोत्तर अध्ययनरत मेहताले काठमाडौँमा हालसम्म तीन वटा एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ । केही समय अध्ययनमा नै बिताउने योजनामा रहेका मेहता चित्र कोरे पनि तत्काल प्रदर्शनी गर्ने तयारीमा हुनुहुन्न । रासस
via:http://purbelinews.com/49231
No comments:
Post a Comment