संगीत भनेको सधाना हो,गायनकला भगवान सरस्वतीको सुन्दर बरदान हो र निरन्तर संगीतको सधानाले नै हरेक गायक गायिकालाइ साङ्गीतिक क्षेत्रमा स्थापित बनाउछ जसको लागि मेहनत परिश्रम अनि लगनशीलताको आबश्यक पर्छ यसैको उदाहरण बनेकी छिन नब गायिका जुनु गौतम l
नेपालको झापामा जन्मेर सानै देखि आफ्नो बाबाको जागिरको सिलसिलामा ईण्डियाको मणिपुरमा हुर्की आफ्नो गायन यात्रा सुरु गरेकी जुनु बच्चा उमेर देखिनै गित गाउन लाइ खुब रुचि राख्थिन l
आफ्नो घरमा पनि सांगीतिक माहोल भएर होला उनीलाई संगीतमा डुब्न सजिलो भयो, घरमा आमा भजन गाउनु हुन्थ्यो भने बाबाले पनि गितहरु लेख्नु हुन्थ्यो त्यहि भएर पनि उनिलाइ सानै देखि संगीतमा रुचि र सोख बढ्दै गयो l
बिद्यालय पढ्दा देखिने विभिन्न स्टेज कार्यक्रमहरुमा गाउदै अन्य धेरै कार्यक्रमहरुमा आफ्नो गायन कला क्षमता प्रदर्शन गर्दै आफ्नो गायन यात्रा सुरु गरेकी गायिका जुनुले औपचारिक रुपमानै गित तथा संगीतको अध्ययन गरि शिक्षा लिएर संगीतको ज्ञान समेत लिएकी छिन l
सानै उमेरमा प्रेम विबहा गरि घर परिवार अनि आफ्नो बाल बच्चाहरुको लागि समय दिएको हुदा केहि समय साङ्गीतिक क्षेत्रबाट पलायन हुनु परे पनि अहिले उनि आफ्नो परिवार अनि जिबन साथीको साथ् र सहयोग बाटनै गित संगीतमा आफ्नो भबिष्य खोज्दै फेरी साङ्गीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन l
विभिन्न भाषा बंगाली, हिन्दि गीतमा समेत आफ्नो सुमधुर आवाज भरिसकेकी गायिका जुनुले छोटो समयमानै नेपाली संगीत क्षेत्रमा धेरै मिठा अनि राम्रा गीतहरु पस्कि सकेकी छिन l विभिन्न बाधा अड्चन पार गर्दै उनि अहिले गित संगीतमानै भबिष्य खोज्दै काठमाडौँलाइ कर्मथलो बनाउने सोचका साथ् अहिले संघर्षरत छिन l
सुमधुर आवाजकी धनि गायिका जुनु गौतमले काठमाडौँमा आएर नि चलचित्रका तथा अन्य दर्जनौ गितहरु रेकर्डिङ गरि सकेकी गायिका जुनुले नेपाली चलचित्र जिबन काडाकि फुलमा मैले क लेख्न जाने भन्ने गित बाट चर्चा बटुल्दै छिन र अन्य नेपाली चलचित्रको पार्श्व गायनमा पनि उनले आफ्नो आवाज भरि सकेकी छिन l
मिठो अनि जादुमय आवाजकी धनि जुनुको मेला महोत्सब देखि अन्य सास्कृतिक, स्टेज कार्यक्रमहरु सम्ममा अहिले माग बढ्दै जान थालेको छ l पछिल्लो समय गित रेकर्डिङमा निकै नै ब्यस्त बन्दै गएकी जुनु हर प्रकारका गितहरु गाउन सक्ने क्षमता भएकी भर्सटाइल गायिका हुन l
मिलनसार स्वभाबकि गायिका गौतम सबैलाई सम्मान पुर्बक आदर पनि गर्छिन अनि सधै हासेर बोल्छिन, उनि भन्छिन गित संगीत मेरो नशा नशा अनि रगतमा छ त्यहि भएर नेपाली संगीत क्षेत्रमा केहि गर्छु भनेर संघर्ष गर्दै छु , संगीतलाइ सरस्वतिको प्रशाद सम्झिने गायिका जुनु गौतम आफुमा भएको कलालाइ सधै आफ्ना दर्शक श्रोताहरु माझ समर्पित गर्नमा आफुलाई भाग्यमानी ठान्छिन l
मिठो स्वरको धनि गायिका जुनु गौतम नेपाली साङ्गीतिक नक्षत्रमा चम्किलो तारा बन्नेमा दुइमत छैन र चाडैनै आफ्नो एकल सोलो एल्बम बजारमा लिएर आउने तयारीमा जुटेकी जुनु गौतम भविष्यमा गित संगीतमानै आफ्नो जिबन समर्पित गर्ने सोचमा छिन l
त्यति मात्र होइन उनि आफ्नो कला सस्कृतिलाई आफ्नो नेपालि भाकालाई जोगाउन पनि त्यतिकै लागि परेकी छिन lउनि भन्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु l
आफ्नो पन, नेपाली मन, हाम्रो सस्कृति, हाम्रो भाका अनि नेपाली सुगम संगीत लाइ सधै सम्रक्षण गर्न लागि पर्ने गायिका जुनु गौतमलाइ हाम्रो तर्फ बाट पनि लाखौ लाख शुभकामना l
- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=38873#sthash.tVbEzdhz.dpuf
No comments:
Post a Comment