अम्लिसोपातले चिरिएर हत्केलाबाट तिरिक्क चुहेको रगतले
सल्लाघारीले फनफनी घेरिएको पोखरीमा लेख्छ
उसको नाम।
न त्यो हत्केला त्यही हत्केला छ
न हत्केलामा अम्लिसोको चोट
न नै पोखरीमा रगतनाम छ
केवल सल्लाघारी छ उस्तै उस्तै
केवल पोखरी छ उत्रै उत्रै।
न हत्केलामा अम्लिसोको चोट
न नै पोखरीमा रगतनाम छ
केवल सल्लाघारी छ उस्तै उस्तै
केवल पोखरी छ उत्रै उत्रै।
पोखरीमुनि सुलुलुलु चलिबस्छन् सम्झनाका माछाहरू।
पोखरीमाथि फत्रकफत्रक तैरिबस्छन् बिर्सनाका डुङ्गाहरू।
पोखरीमाथि फत्रकफत्रक तैरिबस्छन् बिर्सनाका डुङ्गाहरू।
नदी पौड़नलाई हुन्छ। नदी डुब्नलाई पनि हुन्छ।
उ एउटा यस्तो नदी
जसमा न पौड़न सकेको छु, न डुब्न।
किनारमा उभेको उभेकै म। प्यारालाइज रूखजस्तै।
उ एउटा यस्तो नदी
जसमा न पौड़न सकेको छु, न डुब्न।
किनारमा उभेको उभेकै म। प्यारालाइज रूखजस्तै।
उसले बोलाएको हरेक इसारालाई
मैले कवितामा उल्था गरेको छु।
उसको स्वाँ आवाजलाई मैले
मेरो सासमा लपेटेको छु।
खासमा, नदी फील गर्नलाई पनि हुँदो रहेछ नि।
मैले कवितामा उल्था गरेको छु।
उसको स्वाँ आवाजलाई मैले
मेरो सासमा लपेटेको छु।
खासमा, नदी फील गर्नलाई पनि हुँदो रहेछ नि।
नदीले भन्यो - तँ बाँच् एकैपल्ट बाँचिराख्।
मैले त्यसको एकपल्टलाई लाखपल्टमा गुना गरिदिएँ।
किनभने मेरो आदिम मुटुको लाख टुक्रा थियो।
र हरेक टुक्रामा लेखिएको थियो एउटै शब्द
- 'प्रेम'।
मैले त्यसको एकपल्टलाई लाखपल्टमा गुना गरिदिएँ।
किनभने मेरो आदिम मुटुको लाख टुक्रा थियो।
र हरेक टुक्रामा लेखिएको थियो एउटै शब्द
- 'प्रेम'।
जुन दिन घरहीन घामकिरा पसेको थियो
छिरिरि उड़्दै कोठामा
त्यही दिनदेखि त्यो कोठामा प्रेमको गाउँ बस्यो।
त्यो गाउँमा एउटा घाउ पनि थियो
जसको आँखाले सधैँ दुनियाँलाई भिक्षु देख्यो।
भिक्षु हुनु भनेको निहुरिनु हो।
भिक्षु हुनु भनेको नुहेर नुहेर जरासम्मै पुग्नु हो।
त्यो जरासम्म जुन जराले लेख्छ कसैले नलेखिदिएको
इतिहास।

भक्कानोको चित्र बनाउनु सजिलो छैन
किनभने बनाउँदा बनाउँदै भक्कानो बादल बनिदिन्छ।
बगिरहेको बादल।
किनभने बनाउँदा बनाउँदै भक्कानो बादल बनिदिन्छ।
बगिरहेको बादल।
एक पखेटा सपना थियो।
जुन हाँगाबाट त्यो उड़्यो
त्यहीँ फुलेको थियो उसले कहिल्यै गाउन नसकेको गीत।
हत्केलामा पृथ्वी, छात्तीमा आकाश बोकेर हिँड़्छ उ।
उसलाई प्रेम गर्ने आगोले पनि पानी पानी बन्नुपर्ने हुन्छ।
जुन हाँगाबाट त्यो उड़्यो
त्यहीँ फुलेको थियो उसले कहिल्यै गाउन नसकेको गीत।
हत्केलामा पृथ्वी, छात्तीमा आकाश बोकेर हिँड़्छ उ।
उसलाई प्रेम गर्ने आगोले पनि पानी पानी बन्नुपर्ने हुन्छ।
हरेक रगत रातो हुन्न। हरेक रगत तातो हुन्न।
रगतले कोरेको हरेक बाटो बाटो हुन्न।
रगत ठोस ढुङ्गा पनि हुन्छ कहिले।
रगत नीलो आँसु पनि हुन्छ कहिले।
रगतले कोरेको हरेक बाटो बाटो हुन्न।
रगत ठोस ढुङ्गा पनि हुन्छ कहिले।
रगत नीलो आँसु पनि हुन्छ कहिले।
हरेक भत्कोसअघि सुनसान छाउँछै छाउँछ।
एउटा तिम्रो नामको सुनसान
मैले दुमो राखिदिएको छु। नभुल्नू।
एउटा तिम्रो नामको सुनसान
मैले दुमो राखिदिएको छु। नभुल्नू।
मालिङ्गोको टुप्पोमा बसेको त्यो पुतली
उड़्न तयार छ। पख, झिँझो नमान।
एउटा गीतले तिमीलाई जानअघि अङ्गालो हाल्छु भनेको छ।
उ आउँदै होला।
उड़्न तयार छ। पख, झिँझो नमान।
एउटा गीतले तिमीलाई जानअघि अङ्गालो हाल्छु भनेको छ।
उ आउँदै होला।
जूनको मुहारलाई मोनालिसाको मुहारसँग तुलना गर्ने
त्यो बदनाम बौलाहा मै हुँ।
किनभने, त्यो उदास जून मै हुँ।
त्यो असरल्ल मोनालिसा पनि मै हुँ।
त्यो एउटा यादको धर्का थियो, मेट्न कुनै इरेजर थिएन।
त्यो बदनाम बौलाहा मै हुँ।
किनभने, त्यो उदास जून मै हुँ।
त्यो असरल्ल मोनालिसा पनि मै हुँ।
त्यो एउटा यादको धर्का थियो, मेट्न कुनै इरेजर थिएन।
आखिर के भयो भने
बज्रजस्तै थपेड़ा दिएर गएको हो
असारे हावाको झोंकाले।
जानअघि यो सुनसान परेलीमा तातो म्वाइँ सुम्पिराखेर
जाने पनि त्यही हावाको झोंका भयो।
यत्तिखेर म त्यो परदेसी हावाको अनुहारमा
एउटा आलोकाँचो आदिम उत्सव मनाइरहेको छु।
यो मन यसै यसै आवारा। उसै उसै आवारा।
म नबसेको हुनु जहाँ छु त्यहीँ।
पखेटाबिनाको चरा म उड़ेको हुनु
चुच्चोमा कहिल्यै पूरा नभएका सपनाको कीरा च्यापेर।

बन्द त्यो दैलो ढकेलेर खोलिदिने हुर्मत
त्यही हावाको झोंकाकै थियो
जसको नाममा म केवल जाम खान सक्छु।
जाम खाँदै मरिदिन सक्छु
एउटा गुमनाम आम मृत्यु।
यतैकतै।
एक साँझ।
एक पल।
त्यही हावाको झोंकाकै थियो
जसको नाममा म केवल जाम खान सक्छु।
जाम खाँदै मरिदिन सक्छु
एउटा गुमनाम आम मृत्यु।
यतैकतै।
एक साँझ।
एक पल।
Writes: Raja Puniani
pic : net
No comments:
Post a Comment