कविताको 'हस्तक्षेपी' प्रतिमान
- राजा पुनियानी
------------------------------
कविता के होइन?
• कविता शब्दहरूको, बिम्बहरूको, प्रतीकहरूको सम्मेलन मात्र होइन। कविता भावहरूको, संवेदनाहरूको, भावनाहरूको गुम्फन मात्र होइन।
• कविता गीत हुँदा हुँदै गीत होइन। कविता एब्स्ट्र्याक्ट आर्ट हुँदा हुँदै एब्स्ट्र्याक्ट आर्ट होइन।
• कविता लेखनको अन्तिम अड़ान होइन।
• कविता मान्छे फेर्ने, समाज फेर्ने साधन होइन।
• कविता दैनन्दिन जीवनमा काम लाग्ने माल होइन।
कविता के हो?
• कविता समाजलाई हेर्न, फील गर्न, सोच्न सघाउने औजार हो।
• कविता भ्रम र यथार्थको मिश्रण हो। जसको भ्रमको खुट्टाले यथार्थकै धरातल टेकेको हुन्छ। जसको यथार्थले भ्रमको पखेटा फटफटाएको हुन्छ।
• कविता एकाइ तहमा व्यक्तिको र बृहत् तहमा समाजको संवेदनाको रेकर्डिङ हो। जुन संवेदना भनेको भौतिक यथार्थहरूको मानसिक प्रतिफलन हो। समाज, प्रकृतिका भौतिक यथार्थमा बाँचेर मान्छेले सोचमा पैदा गर्ने संवेदनका झिल्काहरू कवितामा पस्छन् र कविता रापिलो बन्छ।
• कविता मानव समाजकै सबैभन्दा जेठो कला-रूप हो। गणित, सङ्गीत र जादूसँगै जन्मिएको र हुर्केको। त्यसैले यो मानव समाजको सबैभन्दा भरपर्दो साथी हो। त्यसैले कविता बाँचुञ्जेल मान्छे मान्छे हो।
• कविता मान्छेका, समाजका यावत आयामहरूको सरोकार हो। दरकार हो। यसो र कविताले सामाजिक एजेण्डा-लाई एड्रेस गरेन भने त्यो केवल शब्द प्रपञ्च बन्छ।
• कवितामा मानसिक ऊर्जा हुन्छ। ऊर्जाको चरित्र हो - एकदेखि अर्को रूपमा यो फेरिनु। कविले मानवीय ऊर्जालाई साटासाट गराइदिने गर्छ। पोजिटिभ र नेगेटिभ दुवै थरीका ऊर्जा कविताले बोक्न सक्छ।
• कविता कला रूपको उच्चतम भाषा हो। त्यसैले यो एक पर्फर्मिङ आर्ट हो।
म किन कविता गर्छु?
• कविता गीत, नाटक, सङ्गीतको एकमुस्ट आयोजन हो। मलाई यो आयोजनको कोलाजले तान्छ।
• भनेर नभन्नु, नभनेरै भन्नुको आफ्नै मज्जा छ। म त्यस्ता मौकालाई मनाउन कविताकै सहारा लिन्छु।
• कवितामा पावर छ। त्यो पावर आख्यानमा छैन। त्यो स्टिमुलेटिङ किक कविताले नै दिनसक्छ र मलाई किक दिनु र लिनु दुवै मनपर्छ।
• कविताको क्यामेराले मानसिक संवेदनाको इतिहासलाई भिडियोग्राफी गर्नसकिन्छ। मलाई यही भिडियोग्राफीमा मज्जा छ।
• कविताले सिरियस हुनु सिकाउँछ। म सिरियस हुनै सकिनँ। कविताले सधैँ हप्काइरहन्छ सिरियस बन्न।
• कविताबाट कुरूपलाई वा कुरूपबारे भनेको कुरा पनि सुन्दर छ। म सधैँ सौन्दर्य मन पराउँछु। त्यसैले कविता गर्छु।
• मान्छे क्षणिक भौतिक सुखको पछि दौड़ँदा कविताजस्तो बाहियात काम गरिरहनुको आफ्नै चुनौति छ। त्यो चुनौति आफैमा जीवनजस्तै छ।
• कविताले समस्यालाई एड्रेस गर्छ। म समस्यै समस्याले घेरिएको छु। मलाई कविताको विकल्प छैन।
• कविता काँचो छ। मलाई आदिमको इन्नोसेन्स मन पर्छ। यस्तो कविताको एलिमेण्ट म आफै हुँ।

No comments:
Post a Comment