Tuesday, 8 November 2016

IMPORTANT : Morcha Requests All 11 Communities Seeking ST Status to Assemble on November 11th and 12th

Given that the Central Govt Panel formed to examine the demand for including 11 Gorkha communities as ST, will be visiting Darjeeling for their assessment. The Gorkha Janmukti Morcha has issued a press release requesting participation of all the remaining 11 Gorkha communities that are seeking ST status to be assembled to showcase their traditional and cultural uniqueness at Bhanu Bhawan, Darjeeling on the 11th and 12th of November, 2016

Here is the full press release...

गोरखाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल एवं गोरखा जनमुक्ति
मोर्चा अध्यक्ष श्रीमान विमल गुरूङको अथक प्रयासको फलस्वरूप गोरखा
समुदायका 11 वटा जातगोष्ठीले केन्द्रिय जनजातिको मान्यता प्राप्त गर्ने
स्थिति आइसकेको छ।

हाल सिक्किमको भ्रमणमा रहेका जनजाति निरीक्षण कमिटीका प्रमुख श्रीमती भिशु मियानीलगायत केन्द्रिय जनजाति मामिला मन्त्रालयका अन्य तीनजना शीर्ष अधिकारीहरू आगामी 10 नोभेम्बरको दिन दार्जीलिङ आउनेछन्। 11 वटा जातगोष्ठीलाई जनजातिको दर्जा प्रदान गर्नार्थ निरीक्षण भ्रमणमा भिशु मियानी अनि उनका सहयोगी अधिकारीहरू आगामी 10 नोभेम्बरको दिन दार्जीलिङ आउनेछन् भने 11 अनि 12 नोभेम्बरको दिन गोरखा रङ्गमञ्च भवनमा 11
वटै जातगोष्ठीलाई लिएर सम्पन्न हुने सर्वेक्षण कार्यक्रममा भाग लिनेछन्।

कार्यक्रममार्फत 11 वटै जातगोष्ठीका मानिसहरूले निरीक्षण कमिटीका
अधिकारीहरूसमक्ष आ-आफ्नो सांस्कृतिक अनि पारम्पारिक झलक-झाँकी, नृत्य,
भेषभूषा, खान-पकवानआदिको प्रदर्शन गर्नेछन् भने जनजातिको निम्ति आवश्यक दस्तावेजहरू पनि अधिकारीहरूलाई बुझाउनेछन्। उक्त कार्यक्रममा गोजमुमो अध्यक्ष एवं जीटीएका मुख्य कार्यपाल श्रीमान विमल गुरूङ अनि दार्जीलिङका सांसद एवं केन्द्रिय राज्यमन्त्री श्रीमान एसएस आहलुवालिया पनि
विशेषरूपले उपस्थित रहनेछन्।

जनजाति निरीक्षण कमिटीका अध्यक्षा भिशु मियानीलगायत उनका सहयोगी
अधिकारीहरूको दार्जीलिङ भ्रमणले जनजातिको मुद्दा चाड़ोभन्दा चाड़ो
छिनाफाना हुने सम्भावना बड़ेर जानेछ। किनभने आगामी 16 तारीख  नोभेम्बर
देखि 16 दिसम्बरसम्म सदनको शीतकालीन सत्र शुरू हुन गइरहेको छ र मियानी
कमिटीले सोही शीतकालीन सत्रभित्रमा नै आफ्नो रिपोर्ट जनजाति मामिला
मन्त्रालयसमक्ष पेश  गर्नसक्नेछन्। गोजमुमोंले पनि आफ्नो तर्फबाट पनि
जनजाति मामिला विभागका माननीय मन्त्री श्रीमान जुअल ओरमसक्ष यही शीतकालीन सत्रभित्रमा नै उक्त रिपोर्ट सदनमा पेश गरिदिने आग्रह राख्नेछ।

उक्त 11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजातिको दर्जा प्रदान गरिनुपर्ने
मुद्दा जीटीएको सम्झौतामा पनि उल्लेख रहेको छ। यसोसले जीटीए सम्झौता अनि पहाड़को जनभावनालाई पनि सम्मान गर्दै यो मुद्दा शीघ्रभन्दा शीघ्र
छिनाफाना गरिनुपर्छ भन्ने शुरूदेखि नै हाम्रो  माग रहेको छ।

आगामी 10 नोभेम्बरदेखि शुरू भइरहेको जनजाति निरीक्षण कमिटीको दार्जीलिङ
भ्रमण अति महत्वपूर्ण रहेको छ। यसैकारण समग्र 11 वटै जातगोष्ठीका
प्रतिनिधि अनि समग्र सदस्यहरूलाई आगामी 11 अनि 12 नोभेम्बरको दिन भानु भवनमा सम्पन्न हुन गइरहेको सर्वेक्षण समारोहमा आफ्नो पारम्पारिक अनि सांस्कृतिक भेषभूषामा सहभागी बनिदिने अनुरोध पनि गर्दछौं। जनजातिको
मुद्दा समग्र पहाड़वासीको माग हो भन्ने मियानी कमिटीलाई बुझाउनुको निम्ति
पनि उक्त कार्यक्रममा भारी संख्यामा 11 वटै जातगोष्ठीका सदस्यहरू सहभागी
बनिदिने पनि हामी अपील गर्दछौं।

11 वटा जातगोष्ठीलाई जनजातिको दर्जा प्रदान गर्ने दिशामा गोरखा जनमुक्ति
मोर्चाले गरेको अथक मेहनत अनि सांसद एवं केन्द्रिय राज्यमन्त्री श्रीमान
एसएस आहलुवालियाजीको जागरिलो पहलको फल अब पाक्ने समय आएको छ। केन्द्र सरकारको मनोभाव यस मुद्दामाथि धेरै सकरात्मक रहेको छ। सांसद एसएस आहलुवालियाको प्रबन्धन अनि  गोजमुमो अध्यक्ष श्रीमान विमल गुरूङको लगातार प्रयासको कारण केन्द्र सरकारले चाड़ै 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्नेछन् भन्ने कुरामा हामी पूर्ण विश्वस्त रहेका छौं।

गोरखे जनताको हक-हितको निम्ति मरिमेट्ने गोरखा जनमुक्ति मोर्चाकै प्रयास
अनि पहलमा जनजातिको मुद्दा छिनाफाना हुन लागिरहेको छ भने गोरखाल्याण्डको मुद्दा पनि हामी यसरी नै  अनुकूल समयमा छिनाफाना गर्नेछौं भन्ने हाम्रो प्रतिवद्धता रहेको छ।

जय गोरखा ! जय गोरखाल्याण्ड!!

श्री विनय तामाङ

[File pic: GTA members with Minister Jual Oram]

No comments:

Post a Comment