डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 11 नोभेम्बर। आज कालेबुङमा जन आन्दोलन पार्टीको युवा प्रकोष्टले पीएचई विभागका अभियन्ताको पुत्ला दहन गरयो । यसैको परिपेक्ष्यमा जाप अध्यक्ष डा हर्कबहादुर छेत्रीले दैनिक रूपमा पानी नआएसम्म दवाब बनाउनेछौँ भनी बयान दिएका छन्। कालेबुङका जनतालाई हिउँद लाग्न अगावै पर्याप्त पिउने पानी वितरण गर्न असमर्थ बनेपछि जन आन्दोलन पार्टीले विभागप्रति दबाउ बनाउने कार्य गरेको हो।
यसक्रममा आज जन आन्दोलन पार्टीको युवा प्रकोष्टले शहरमा पीएचई विभागको विरोध गर्दै आखिरमा विभागका कार्यकारी अभियन्ता अनिल छेत्रीको पुत्ला दहन गरेको हो। शहबासीले भोग्न परिरहेको समस्यालाई विभागले वर्षौदेखि अनदेखा गरिरहेको आरोप लगाउँदै पुत्ला दहन गरिएको छ। शहरमा पीएचई विभाग विरूद्ध निकालिएको ऱ्यालीमा सहभागि बनेका मानिसहरूले विभाग विरुद्ध जोडदार नाराबाजी समेत गरेका थिए।
यसक्रममा उनीहरूले ‘भ्रष्टचारी अधिकारी होशियार, पानी चाहिएको पानी देऊ, पिउने पानीको करोडौँ पैसा खान पाउँदैन’ जस्ता नाराबाजी लगाएका थिए। मुख्य गरेर जन आन्दोलन पार्टीले पिउने पानीको समस्यालाई केन्द्र गर्दै मुहानहरूमा पुगेर विभागीय लापारवाहीको पोल खोल्दै हाल विभिन्न वार्डहरूमा भिडियो सार्वजनिक गरिरहेको छ भने यस भ्रमणपछि विभागलाई दवाब बनाउन विविध कार्यक्रमहरू पनि शुरू गरेको छ।
यसै कार्यक्रम अन्तर्गत आज जाप कार्यालयबाट निस्किएको ऱ्यालीले सम्पूर्ण शहरको परिक्रमा गरेको थियो। जुलूसमा सहभागि जाप कार्यकर्ताहरूले पानीको मागमा प्लाकार्डहरूमार्फत प्रदर्शन गर्दै विभागविरूद्ध विभिन्न नाराबाजी गरेका थिए। जाप टाउन कमिटीद्वारा निकालिएको जुलूसमा जाप अध्यक्ष हर्कहबहादुर छेत्री, महासचिव नयन प्रधान,टाउन कमिटका संयोजक प्रदीप छेत्री आदि प्रमुख रूपमा उपस्थित थिए।
यता पीएचई विभागका कार्यकारी अभियन्ता अनिल छेत्रीको छेत्रीको पुत्ला दहन गरिएपनि जापले आफैले भने पुत्ला दहन गरेको कुरा अस्वीकार गरेको छ। दलका युवा प्रकोष्ठका सचिव अमिर बस्नेतले जापले कार्यक्रमभित्र पुत्ला दहनको कार्यक्रम नरहेको अनि जुलूसमा सहभागि मानिसहरूले पानी नपाएको आक्रोश पोख्दै पुत्ला दहन गरेको हुनसक्ने बताएका हुन्। ‘पिउने पानी नपाएको कारण जनता आक्रोशित भएका छन्। आक्रोशित जनताले पिउने पानी नपाएपछि पुत्ला दहन गरेर विरोध गरेका हुन्’ अमिर छेत्रीले भने। यसक्रममा उनले कालेवुङका जनताले पर्याप्त पिउने पानी नपाएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन्।
अर्कोतर्फ जुलूसमा सहभागि जाप अध्यक्ष हर्कबहादुर छेत्रीले कालेबुङबासीले दैनिक रूपमा पिउने पानी नपाएसम्म विभागमाथि दवाब बनाइराख्ने चेताउनी दिएका छन्। उनले कालेबुङबासीले पानी नपाउनुको मूल कारण नै विभाग अनि जीटीएको लापारवाही रहेको आरोप लगाएका छन्। पीएचई विभाग जीटीएमा हस्तान्तरण भएको विभाग हो। यसकारण उनीहरूले नै पिउने पानी जनतालाई दिनुपर्ने हो। हामी जनतालाई पर्याप्त पानी दिलाउन आन्दोलन गर्दै एक महिनाको समय दिन्छौँ। यदि त्यस समयभित्र पनि काम नगरेर मुद्दा दर्ता गर्नेछौँ’ डा. छेत्रीले भने। सोहिक्रममा उनले महकुमा अधिकारीले वर्षैपछि बैठक डाक्छन् भन्दै बैठकले समस्याको समाधान गर्न नसक्ने दाबी पनि गरे।
Friday, 11 November 2016
पिउने पानीको माग गर्दै जापले जलायो पुत्ला जनताले ‘फ्याक्ट’ बुझेकोले अब ‘एक्ट’ गर्नेछन् – डा. हर्कबहादुर छेत्री
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment