डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 नोभेम्बर। कालेबुङ शहरमा पिउने पानीको समस्या समाधानको निम्ति महकुमा अधिकारी निर्मलय घरामीले विभागीय प्रतिनिधीसँग वैठक बसेर ‘फ्याक्ट फाइन्डिङ कमिटि’ गठन गरेपछि अखिल भारतीय जन आन्दोलन पार्टीले ‘फ्याक्ट’ अघिबाटै पत्तो लगाएपछि अब केवल समाधान गर्नुपर्ने माग गरेका छन्।
जाप टाउन कमिटिका संयोजक प्रदिप छेत्रीले यहाँको रिपोर्टर्स कालेबुङको मिट द प्रेस कार्यलयमा एक पत्रकार सम्मेलन आयोजना गरेर विभागले जनतालाई पानी दिनको साटो अन्यथा कुरा गरेर भ्रममा पार्ने कार्य गरिरहेको आरोप लगाएका छन्। ग्राउण्ड जीरोमा पुगेर आफूहरूले पानीको आभावको सत्यता जाँच गरिसकेको कारण कमिटी बनाउने आवश्यकता नरहेको जापको भनाइ छ।
आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै जाप टाउन कमिटीका संयोजक प्रदीप छेत्रीले भने, मुहानहरूमा पानीको अभाव नभएको कुरा जापले पत्तो लगाइसकेको छ। पीएचई विभागले सठिक रूपमा आफ्नो जिम्मेवारी निर्वाह नगर्दा नै यो स्थिति उपार्जन भएको हो। उनले जनाए अनुसार पानीको अभावको सत्यतालाई हाल जापले विभिन्न वार्डहरूमा पुगेर वित्तचित्र मार्फत जनतालाई देखाउने काम गरिरहेको छ।
रेली अनि थुकचुकमा प्रशस्त पानी रहेको भएपनि पीएचई विभागको लापार्वाहीको कारण कालेबुङबासीले पानी पाउन नसकिरहेको छेत्रीले आरोप लगाए। उनले अझ जनाए अनुसार रेली अनि थुकचुकमा प्रशस्त पानी छ। विभागले 10 इन्जको पाइपमा पानी ल्याएको छ। तर पाँच किलोमिटरको दुरीमा उक्त पानी लापार्हीपूर्ण रूपमा लिक भइरहेको छ। उक्त पानी चुहेर बाटोमा सकिएको छेत्रीले बताए। डेलोमा लगभग 5 इन्च झरिरहेको पानी केवल झोडाहरूबाट ट्यापिङ गरेर ल्याएको छेत्रीको दावी छ। यसैले पीएचई विभागका अभियन्ता अनिल छेत्रीले विभिन्न तक्निकीय कुराहरू गरेर जनतालाई दीगभ्रमित पारिरहेको उनले आरोप लगाए।
उनले विभागले जिम्मेवारीपूर्वक काम गरेर जनतालाई पानी दिनुपर्ने माग गर्दै भने, यदि पीएचईसित नेउराको कुनै सम्झौता भएको छ भने सम्झौताको आधाराम पानी दिनका निम्ति जीटीएले नेउरालाई दवाब दिनुपर्छष नत्र कानुनी कार्याही पनि गर्नुपर्छ। जनतालाई पानी दिनुपर्छ। यदि आगामी दिनमा विभागले पानीलाई लिएर गम्भिरतापूर्वक पहल नगरे जापले सडकमा ओर्लिएर विरोध गर्ने छेत्रीले चेताउनी दिएका छन्।
[Source:kalimpong news.]
No comments:
Post a Comment