Tuesday, 8 November 2016

भारतमा बिक्दै नेपाली हेयर स्टाइलिष्ट नीलडेभिडको ब्राण्ड नेम

नेपाली सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटवालको सैलूनको ब्राण्ड नेम अब भारतमा विक्री हुन थालेका छन् ।

हालै नेपालका केही शहरसहित भारतका कालिङ्पोङ, झारखण्डआदि शहरमा फ्रेन्चाइज ब्राण्ड सैलून खोलिसकेका नीलडेभिड्सले आफ्नो सैेलूनलाई यो साता भारतको पश्चिम बंगालको दुर्गापुरमा समेत विस्तार गरेका छन् । 

आफ्नो हालसम्मकै ठूलो सैेलून कोलकाता नजिकैको शहर दुर्गापुरमा नेपाल तेक्वान्दो संघका सदस्य कासिम मिया तथा नीलडेभिडले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नीलडेभिडस्को ब्राण्ड दुर्गापुरका व्यवसायी बिमल जैनले लिएका हुन् । जैनले करिव २६ सय स्क्वायर फिटमा नीलडेभिड् सेलून सञ्चालन गरिएको जनाएका छन् । भारतको चण्डिगढपछिको दोस्रो व्यवस्थित शहरको रुपमा चिनिने दुर्गापुरमा नेपालीहरुको समेत उल्लेख्य संख्यामा बसोबास रहेको बताइन्छ ।

नेपालको ब्राण्डको फ्रान्चाइजी लिएर भारतमा नेपालीलाई स्थापित गराउने नीलडेभिड पहिलो ब्राण्ड बनेका छन् । भारतीय व्यवसायीहरुले लाखौं रुपैयाँ तिरेर नीलडेभिडको सैलूनको शाखा विस्तार गर्न थालेका हुन् । निकट भविष्यमै नीलडेभिडले कोलकोताको डमडममा समेत आफ्नो शाखा विस्तार गर्दैछन् । त्यसअघि उनले भारत तथा भुटानको सीमामा पर्ने जयगाउँमा समेत आफ्ना शाखा विस्तार गर्ने क्रममा छन् । 

No comments:

Post a Comment