डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 27 नोभेम्बर। । ‘२१ औँ शताब्दीमा भारतमा विज्ञान’ विषय सम्बन्धि कालेबुङ बिज्ञान केन्द्रको आयोजनामा अन्तर महाविद्यालय पावर पोइन्ट प्रेजेन्टेसन प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा दार्जिलिङबाट सन्त जोसेफ महाविद्यालय, खरसाङबाट खरसाङ महाविद्यालय, पेदोङबाट पेदोङ सरकारी महाविद्यालय अनि कालेबुङबाट कालेबुङ महाविद्यालयले सहभागिता जनाएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा कालेबुङ नगरपालिकाको कार्यकारी अधिकारी के.के. लोहार उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा क्रमैले कालेबुङ सरकारी बीटी कलेजका प्राचार्य मनिन्द्र भुजेल, रामलाल दाहाल उच्च विद्यालयका प्रधानाध्यापक पावल सिमिक, चन्द्रमाया उच्च विद्यालयका प्रभारी दुर्गाप्रशाद राई अनि कालेबुङ महाविद्यालयका सह-प्राध्यापक सञ्जय विष्ट उपस्थित थिए।
अन्तर महाविद्यालय प्रतियोगिता कार्यक्रमको निर्णायकहरूमा कालेबुङका उत्तर बङ्ग कृषि विज्ञान केन्द्रबाट क्रमैले डा. साजिद अली, एसोसिएट प्रोफेसर, डा. बी. आर. शर्मा, एसोसिएट प्रोफेसर अनि डा. शरद गुरूङ, एसोसिएट प्रोफेसर थिए। केन्द्रद्वारा आयोजित उक्त प्रतियोगितामा सन्त जोसेफ महाविद्यालयबाट अभिषेक अनि राकेश रामले आफ्नो प्रस्तुति दिएका थिए भने क्रमैले खरसाङ महाविद्यालयबाट सूर्यप्रताप सिङ्गह र जैनब बानु, पेदोङ सरकारी महाविद्यालयबाट शुधाङशु तिवारी र तनद्रिम पुरकैट अनि कालेबुङ महाविद्यालयबाट नुजोङ्ग लेप्चा र अनिशा थापाले आ-आफ्ना प्रस्तुति दिएका थिए।
प्रतियोगितामा कालेबुङ महाविद्यालयले सबैलाई उछिनेर प्रथम स्थान ओगट्न सफल बन्यो भने दोस्रो र तेस्रो स्थानमा क्रमैले खरसाङ महाविद्यालय र पेदोङ महाविद्यालय बनेको थियो। विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रमाण पत्र, मेडल अनि विजयी ट्रफी प्रदान गरियो। कार्यक्रमा आमन्त्रित सम्पूर्ण अतिथिहरूलाई कृतज्ञतास्वरूप स्मृति-चिन्ह केन्द्रको तर्फबाट केन्द्र प्रमुख डा. बीबी गुरुङले प्रदान गरे। वक्तव्यको क्रममा प्रमुख अतिथि के.के. लोहारले केन्द्रको यस प्रकारको कार्यको खुलेर प्रशंसा गरे।
कार्यक्रमको दोस्रो चरणमा केन्द्रको स्थापना कालदेखिनै केन्द्रद्वारा आयोजित अधिकांश कार्यक्रममा सहयोग दिदैँ आइरहेका अनि क्षेत्रमा तर्क प्रतियोगिता लगायत हाजिरी जवाब प्रतियोगिता प्रति नानीहरूमा जागरूकता जगाउन नि:स्वार्थ सहयोग प्रदान गर्दै आइरहेका क्वीज मास्टर सुरजमणि प्रधान,तकनिकी अनि विज्ञान प्रसारमा अमूल्य योगदान दिने सोनाम योगेल भुटिया अनि सफ्टवेयर इन्जिनियर सुमन राईलाई कार्यक्रममा सम्मान जनाइएको थियो।
[स्रोत: कालिमन्युज, कालेबुङ।]
No comments:
Post a Comment