WAKE UP GTA: फुवागढ़ी उच्चतर माध्यमिक विद्यालयका श्रेणी कक्षमा पानी चुहुएर बिधार्थीहरूले कठिनाईको सामना गर्नु परिरहेको छ भने कतिपय बिधार्थीहरु भिजेर बिरामी
-बालकृष्ण शर्मा
मिरिक :२६ जुलाई -लगातार वर्षा झरीको कारणले साधारण जनजीवन निकै निकै अस्त ब्यस्थ बनेको छ । मिरिक खण्डको फुवागढ़ी उच्चतर माध्यमिक बिधालयले यस घना वर्षाले गर्दा निकै कठिनाईको सामना गर्न परेकोछ । श्रेणी कक्षामा पुरै पानीको आहाल जमेको छ । कक्षा पाचौ श्रेणी देखि बाह्रौ कक्ष सम्म पठन-पाठन गरिने यस सरकारी बिधलायको अवस्था रूष्ट बनेको छ । टीनको छाना भएको कक्षमा पुरै पानी चुहुन्छ ।
यस बिधलायको भवनलाई बीतेको वर्षहरूमा आएको भुईचालोले पनि पुरै चरकाएको छ ।तर सम्बन्धित निकाय समक्ष पत्रचार गरिएको भए पनि यस दिशामा कुनै सुनवाई भएन ।कक्षा नवौ श्रेणी ए र बी टिनको छाना भएकोले यस कक्षामा पानी पुरै चुहुन्छ ।श्रेणी कक्षमा छाता उड़नु पर्ने बाध्यता छ ।भरखर्रै अर्ध वार्षिक परिक्षा सकिएर गर्मीको छुट्टी पछि खुलेको बिधालयमा पठन पाठन जारी राखिनु पर्छ।तर श्रेणी कक्षमा पानी चुहुए पछि स्थिति नाज़ुक बनेको छ ।उसरी नै कक्षा दशौ र पाँचौ श्रेणीमा भने भुईको चिसो पुरै आउछ ।श्रेणी कोठा मस्तिर कमानको गाछहरू भएकोले त्यहाबाट डिस्काना झर्दा स्कूलको नालाहरु पुरै कुच्चिएको छ । यस्तो बर्खा झरीमा जलथल बनेको छ ।
बिधार्थीहरु नौल,पुटुङ ,खरबानी,मन्जु ,घैयाबारी ,सिंगबुली ,फ़ारेस्ट बस्ती देखि दैनिक दुई घण्टा भन्दा अधिक पैदल हिडेर आउछन ।बर्खा झरीले शरीर पुरै भिजेको हुन्छ ।बिधार्थीहरू श्रेणी कक्षा भिजेपछि त्यसबाट चिसो आएर बिधार्थीहरू बिरामी पर्ने स्थिति रहेको छ ।कति जना बिरामी अवस्थामा छन । बिधार्थीहरूको स्थिति श्रेणी कक्षमा नाज़ुक छ । आज सरकारी बिधलायहरूमा देखा परेको यस प्रकारको स्थिति माथि किन विभागको ध्यान पुगदैन ।सरकारी बिधलायको सम्बन्धित निकायले यस बर्खा झरीमा अनुगमन गरिदिनुपर्ने तर गरिएको छैन । श्रेणी कक्ष मात्र होईन शिक्षक-शिक्षिका बस्ने कोठा कार्यालय पनि स्थिति उस्तै छ । छत बाट पानी पनि पुरै रसिन्छ । बिधलायको यसप्रकारको स्थितिमा सुधार ल्याऊन विभागले कहिले कहिले पहल शुरू ग़र्ने हो त्यो पनि चिन्ताको विषय बनेको छ ।
बिधालयकी प्रभारी सरोज़ा भारतीले आज श्रेणी कक्षको स्थिति देखाउदै विद्यार्थीहरुलाई निकै असुविधा भएको छ भनिन । बिधालयको यसप्रकारको सोचनिया विषय माथि ज़िल्लापाल,डीआई -जीटीए शिक्षा बिभाग ,क्षेत्रीय सभासद समक्ष पनि जानकारी गराई सकिएको भएपनि पहल भने शुरू हुँन नसकेकोमा चिन्ता ब्यक्त गरिन । उनले बिधालयको आफ़नो सुरक्षा वाल छैन ।ज़सले गर्दा सड़कको भल सबै बिधालयको प्रआगन पस्छ । ज़सले गर्दा पुरै हिलो जमेको छ । नानीहरूको स्वास्थ्यमा पनि निकै समस्या उत्पन्न भएर गएको छ ।बिधालयमा फेसिंङ लगाउन पाईए टिनको छानाहरूको व्यवस्था बिभागले गरि दिए धेरै हुने थियो । बिधालयकी शिक्षक प्रभारी सरोज़ा भारतीले बिधालयको शैक्षिक विकास को दिशामा धेरैवाट महत्त्वपूर्ण कार्यहरु गरिन्दै आइरहेको बताईन ।विद्यालयमा श्रेणी कक्षको अभाव त छदै छ ।त्यसमा पनि बिधालयको अनेकौ समस्याहरू छन । बिभाग समक्ष जनाउने काम भएको छ पत्रचार गरेका छौ पहल भने हुन नसकेको उनले बताईन । श्रेणी कक्षमा छाता उड़ेर पड़नु पर्ने स्थिति छ पहाड़को स्कूलहरूमा ।
राज्य र केन्द्रले शिक्षाको उन्नतीको दिशामा जति नै घोषणा गरेपनि स्थलगत रुपमा र ब्यावहारिकता भने बिभाग पुरै झुक्दैछ । पहाड़मा यस्ता बिधालायहरू धरै छन जो जोखिम पर्ख़ेर बस्नु पर्ने स्थिति छ । यस दिशामा राज्य सरकार अनि विभागीय पक्षले ध्यान पुरयाउनु पर्ने देखिएको छ ।
TheDC
No comments:
Post a Comment