कुरा शहिद अनि शहिद दिवसको
एक बिरोध – उपेन्द्र,
कविता - दिपेन्द्र दिप्जो, कालेम्पोंग बाट - बिरेन लामा
कविता - दिपेन्द्र दिप्जो, कालेम्पोंग बाट - बिरेन लामा
मृत्युलाई हाँसी हँसी अँगाल्नेहरु
चार फीट जमिन मुनी निशासी रहेछन,
भविष्यलाई हत्केलमा सजाउनेहरु
हथ्केला का ठेला छाम्दै हत्तासी रहेछन,
चार फीट जमिन मुनी निशासी रहेछन,
भविष्यलाई हत्केलमा सजाउनेहरु
हथ्केला का ठेला छाम्दै हत्तासी रहेछन,
बुझेनौं की हामीले ति प्राणदान को मुल्य??
बुझेनौं की हामीले, ति बलिदान अतुल्य??
बुझेनौं की हामीले, ति बलिदान अतुल्य??
हिज दार्जिलिङमा "शहिद दिवस" मनाउनेहरुको घुइंचो थियो... ती बिर शहिदहरुको संझनामा जसले हाँसी हाँसी आफ्नो माटो अनि आफ्नो सपना गोर्खाल्याण्डको निम्ति प्राण निछावर गरि दिए...
शहिदलाई संझना, संबर्धना चढाउनेहरुमा सबै नै राजनैतिज्ञहरु थिए... हाम्रो समाजको अन्य - बुद्धिजीवी भनौंदाहरु, शाहित्यकार भनौंदाहरु, लेखक भनौंदाहरु, बिचारक भनौंदाहरु, समाज सेवी भनौंदाहरु कोहि पनि देखिन... सबै राजनीतिज्ञहरु मात्रै थिए...
हम्रो समाजको अग्रजहरुले ति शहिदहरुलाई बिर्सिएको देख्दा मनै खिन्न भएर आयो... कस्तो बिडम्बना हाम्रो... जुन समाजको निम्ति ति बिर शहिदहरुले आफ्नो प्राण गुमाका थिए, त्यहि समाजले वहाँहरुलाई बिर्सी सकेको रहेछन... नेपालमा जन्मिएको भानु भक्तको जयंन्ति मनाउने समाज ले, आफ्नै माटोको लागि प्राण दिने शहिदहरुलाई स्मरण गर्न सकेन... धिक्कार छ यस्तो समाजलाई
राजनैतिक दलहरुलाई नियाले, उनीहरुले लाज पचाएको देख्द आफैलाई कुरी कुरी लागेर आयो
राजनैतिक दलहरुलाई नियाले, उनीहरुले लाज पचाएको देख्द आफैलाई कुरी कुरी लागेर आयो
हन जुन गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (GNLF)ले "हामी अब गोर्खाल्याण्ड कहिले मंग्दैनौं" भनेर हिजु अस्ती मात्र कलकत्ता बाट भनेको थियो, त्येही GNLFले ब्याण्ड बाजा बजाएर शहिद दिवस मनको देख्दा छक्कै परे... कसरि गोर्खाल्याण्डको निम्ति मरी-मेट्ने शहिदहरुलाई नलजाई संझन सक्नु भएको होला तपाईंहरुले? अलि कति पनि मनमा लाज लागेन तपाईंहरुलाई?
१५०० भन्दा बेसी गोर्खालीहरु शहिद बनाएर आज तपाईंहरु 6th Scheduled भनि हिर्नु हुन्छ, के अलिकति पनि तपाईंहरुलाई आत्मग्ल्यानी ले सताउँदैन? कुन मुखले पनि गोर्खाल्याण्डको निम्ति शहिद भएकाहरुलाई सम्झिनु हुन्छ तपाईंहरु? के ति शहिदहरु 6th Scheduledका लागि शहिद भएका थिए?
कालेम्पोंगका मेरो एक नजिक को साथि ले मन दुखाऊँदै भन्नु भयो “बंगालको हात समाएर गोर्खा अनि गोर्खाल्याण्ड शब्दलाई आफ्नो पार्टी को नाम र Manifesto सम्म मा राख्न न चाहने जन आंदोलन पार्टी (JAP)का डा हर्कबहादुर छेत्रीले शहिद दिवस कालेम्पोंगको त्रिकोणपार्कमा पालन गरेछन, कस्तो विडम्बना, अब अर्को साल देखिन बंगालको मुख्य मन्त्रीले पनि पालन गर्छ होला शहिद दिवस...”
हर्क बहादुर कै ताल मा हो भने त शायद राष्ट्रपति साथ् मा लिएर... फेरी त्यस दिन पनि कुन-कुन जाति लाई थरै पछिको Development Board दिन्छ होला।
उता क्रान्तिकारी मार्क्सवादी पार्टी (CPRM)ले पोस्टर टाँगेर शहिदको सपना पुरा गर्न हामीलाई साथ् दिनु होस् भनि भनेका छन्... शायद CPRMका दाजु-भाई दिदि-बहिनिले भुले होलान, तर हामीले भुलेको छैनौँ... यदि तपाईंहरुले ८६ को आन्दोलन मा CPI (म)को अन्धो दलाली नगरेको भए, न त हाम्रो गोर्खेहरु शहिद हुनु पर्ने थियो, न त हाम्रो चिन्हारी र माटोको निम्ति हामी अझै पनि लडी रहनु पर्ने विवसता हुन्थ्यो...
तपाईंहरुको गल्ती र आँध बंगाल भक्तिले गर्दा ८६मा नै गोर्खाल्याण्ड हुन सकेन... तर अचंम्मको कुरो के छ भने हाम्रो पहाड़का बुद्धिजीवि भनौंदाहरु फेरी तपाईंहरुले गरेको गल्ति दोहरौंदैछन्... कसै Development Boardको लोभ मा... त कसै North Bengal Development Councilको Vice -Chairman को Post लोभ मा
गोर्खा जनमुक्ति मोर्चाको त खै के कुरा गर्नु, अहिले दर्जॆलिङ्ग को जनता र गोजामुमोको नाता "खाउँ भने दिन भरिको शिकार... नखाउँ भने कान्छा बाउको आनुहर" जस्तै भएको छ... गोजामुमोका नेताहरुलाई न शहिदको पर्वाह छ, न त जिउँदो मान्छेहरुको... उनिहरुले त गोर्खाल्याण्ड उइले २०११माई पाईसकेको जस्तो छ...
खाली खुट्टै हिड्नेहरु पजेरो चड्नुको हत्तार... Gypsy चड्नेहरु चिया-कमान किन्नुको हत्तार... किराईमा बस्नेहरु महल ठढाउनुको हत्तार... र GNLFको समय देखिननै अलिक जम्माएर बसेकाहरुलाई छोरा-छोरिको फिलिम बनाउनुको हत्तार...
उनिहरुले गोर्खाल्याण्ड पाई सकेकोमा दुइ मत छैन...
तरै पनि जनतालाई छक्कौनुलाई होला शायद, शहिद दिवस चै धुम धाम संग मानौंछन् गोजामुमोकाहरु
उता शहिद र शहिदको परिवारको के कस्तो अवस्था छ त्यो सोध्ने न त गोरामुमो, न त जाप, न त गोजामुमोको मा समय छ...
ई तस्वीरहरु हामीले एक हफ्ता अघि लिएका थियौं... गोर्खाल्याण्ड शहिद प्रमिला शर्माको याद मा बनाएको यो सालिग़, दार्जिलिङको मुख्य सड़कमाई पर्छ... धेरै गोर्खाल्याण्ड प्रेमी राजनीतिज्ञ, समाज सेवी, चिंतनकार, लेखकहरु हर दिन यहि बाटो भएर आउ-जाऊ गर्छन... शायद गोर्खाल्याण्ड कै बिसै लिएर तर-खर गर्दै... तर खै… सबै को आँखा घुच्चुकमाई छ कि के हो... कसैले पनि शहिदबेदीको यस्तो दुर्दसा भएको न देख्दो रैछ...
यदि हामीले हाम्रो शहिदहरुको सम्मान गरेनौं भने अरु कल्ले गर्छ? र शहिदको सम्मान वर्ष मा एक दिन शहिद दिवस मनाएर हुन्दैन... उनिहरुले देखेको सपना गोर्खाल्याण्ड राज्यलाई साकार गराएर हुन्छ...
र जब सम्म तपाईंहरु गोर्खाल्याण्ड राज्यकोलागि लड्न तय्यर हुनु हुन्न तब सम्म देखावटी शहिद दिवस मनाएर केहि फाइदा छैन
जय गोर्खा !! जय गोर्खाल्याण्ड
[Pic via: Nisab Chhetri]
……………………………………
नेपाली शब्दहरुको प्रयोग मा यदि भुल भएको भए छमा प्रार्थी छौँ... हामीले सकी न सकी online translator चलाएर लेखेका हौँ… यदि कसै नेपालीबिज्ञ महानुभावले यस articleलाई संपादन गरि दिनु भए हामी तपाईंको आभारी रहने छौं
……………………………………
नेपाली शब्दहरुको प्रयोग मा यदि भुल भएको भए छमा प्रार्थी छौँ... हामीले सकी न सकी online translator चलाएर लेखेका हौँ… यदि कसै नेपालीबिज्ञ महानुभावले यस articleलाई संपादन गरि दिनु भए हामी तपाईंको आभारी रहने छौं
via: TheDC
No comments:
Post a Comment