Monday, 30 December 2019

ऋणले चुर्लुम्म डुबेका रामकृष्ण ढकाललाइ छोडिन श्रीमतीले, छोरी आमासँगै बस्ने !

काठमाडौँ – चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम साह ढकाल बीच सम्बन्धविच्छेद भएको छ। पत्नी निलम साह ढकालले दिएको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा ढकाल र सह सम्बन्धविच्छेद गर्न सहमत भएको बताइएको छ ।
अत्यन्तै रुचाइएको यो जोडीको सम्बन्ध बिच्छेद भएपछि यो जोडीका फ्यानहरु दुखित बनेका छन् ।गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेको बताइएको छ । सम्बन्धविच्छेदको निवेदन ढकालले कानुनी रुपमा मान्यता पाएसँगै सम्बन्धविच्छेद भएको हो।

सम्बन्धविच्छेद पछि छोरी आमासँग बस्ने पनि सहमति भएको बताइएको छ । लालीगुराँस सहकारीमा करोडौँ रुपैयाँ तिर्नुपर्ने अवस्था आएको, घर जग्गा बैँक तथा वित्तिय संस्थाले लिलाम गरेको अवस्थामा उनीहरुबिच भएको वैमस्यताका कारण उनीहरुले सहमतीमा डिर्भोसको निर्णयमा पुगेको स्रोतको भनाई छ ।

सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्। उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।

यहि समाचार सामाजिक संजालमा भाइरल भएपछि अहिले ढकाल तनावमा छन् । उनले समाचार नेपालका ठुला देखि साना अनलाइनमा भाइरल भएपछि उनले सामाजिक संजालमा लेखेका छन्, ‘अरुले जेसुकै भनून् तर हाम्रो सम्बन्ध कहिल्यै मर्ने छैन ।’

ढकालले यो खबर ‘गलत’ भएको बताउँदै सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट गरेका छन् । उनले पत्नीसँगको तस्वीर शेयर गर्दै आफ्नो सम्बन्ध सधैभरिका लागि भएको बताएका छन् ।

ढकालले सम्वन्धविच्छेदको मुद्दा लिएर अदालत गएको समेत इन्कार गरे । तर जिल्ला अदालत काठमाडौंमा बुझ्दा श्रेष्तेदार आनन्द श्रेष्ठले सञ्चारमाध्यमसँग सम्वन्धविच्छेदको पुष्टि गरिसकेका थिए । उनले अदालति भाषामा भने, ‘उहाँहरुले सम्वन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गर्नुभएको छ । बादी (निलम) ले अंश नलिने गरी मिलापत्र भएको हो ।’


Source : http://etajakhabar.com/302073/

No comments:

Post a Comment