Sunday, 26 November 2017

आज राजधानी दिल्लीमा एनजीसी(NGC)को आयोजना हुन लागेको बैठकमा गल्फ(GULF)पार्टीले अंशग्रहण नगर्ने

नयाँ दिल्ली,२६ नोभेम्बर २०१७ गल्फ(GULF) पार्टीको केन्द्रीय कमिटी सदस्य रिसिका छेत्रीले भने
अनुसार गल्फ पार्टीले आज दिल्लीमा एनजीसी(NGC) ले राखेको बैठकमा भाज नलिने भएको छन्।

हिजो गल्फ पार्टीको केन्द्रिय कमिटिको एक आकस्मिक सभा ढाकेर आजको बैठकमा अंशग्रहण नगर्ने निर्णय लिइएको हो।

आजको बैठकमा बिनय गुट अनि टिएमसी दलहरूले पनि भाग लिने भएको कारण ले गर्दा नै हामीले बैठकमा नजाने निर्णय लिएको हौं।हामी जाती बिरोधि अनि माटो बेचुवाहरुसँग एकै टेबलमा बस्न पार्टीको नीति विरुद्ध रहेको  अनि जनताको इच्छा विरुद्ध हो भनि भनेको छन्।

गल्फ(GULF)पार्टी केवल गोर्खाल्याण्डको निम्ति जन्मिएको तथा बंगाल देखि अलग हुनु नै पार्टीको मुल लक्ष्य रहेको उनले बताए।

पहाडमा जुनै राजनैतिक दलहरु आए पनि अहिले सम्म कसैले गोर्खाहरुको इच्छाहरुलाई पूरा गर्न नसकेको अनि त्यसैको फलस्वरूप गल्फ(GULF) पार्टीको जन्म भएको पनि उनले बताएको छ।

No comments:

Post a Comment