Saturday, 25 November 2017

सरकारबाट केही सहयोग नपाएपछि कालेबुङ जिल्ला अन्तर्गत कागे ग्राम पन्चायतमा पर्ने ठूलो बेन्दा बस्तीका मानिसहरू आफै गाडीको सडक खन्न बाध्य

पुरण गिरी,कालेबुङ,नोभेम्ब­र २४:भारत सरकारको तथा प्रधानमन्त्री नरेन्द्र मोदीको सपना देशको हरेक गाउँ-शहर क्षेत्रलाई डिजिटल इण्डिया बनाउँने सपना सपनै मात्र रहेको पुक्ता सबूत यस्तो छ।

कालेबुङ जिल्ला अन्तर्गत अलगड़ा ब्लक-२ लाभा-लिङसे ३८ नम्बर समष्टि कागे ग्राम पन्चायत भित्र पर्ने बेन्दा बस्तीमा अझै सम्म पनि गाडी हिड्ने सड़क निर्माण भएको छैन।

गर्भवती अवस्थाको विरामीहरुलाई बोकेर कोशौ टाडो पुर्यीएपछि मात्र गाडीको सडक भेटिने स्थानीय वासीहरूको गुनासो रहेको छ।यस समस्यालाई व्यवस्थामा रहेका पार्टीहरूलाई पनि बिगत धेरै बर्ष देखि बताउदै आएको तर कुनै राजनीतिक दलहरूले पनि यसप्रति चिन्ता नगरिएको स्थानीय मानिसहरूको भनाइ छ।यसरी नै बेन्दा बस्तीको सदस्य निमा लेप्चा अनि पारस शर्माले भने सरकारबाट केही सहयोग नपाएको पछि गोर्खाल्याण्डको आन्दोलनसँगै आफ्नो गाउँ आफै बनाउँ भन्ने उद्देश्य राखी गत १९८२ मा निर्माण गरिएको गाउँ कै 'अमर सेवा कल्ब' को सदस्य तथा गाउँको मानिसहरू मिलेर मूल बेन्दादेखि ठूलो बेन्दासम्म गाड़ीको सड़क खन्ने कार्य गरिएको बताए।
२०१६ को राज्य विधानसभाको चुनाव अघि भोट फकाउने अभिप्रायले बाटो खनेको नाटक गरियो र चुनावपछि त्यस ठाउँमा कोही नेता नफर्केको र ग्रामवासीले सरकारबाट सहयोगको आशा मार्दै स्वयम् उक्त बाटो निर्माणमा लागेको बताइएको छ।यस बाटोको निर्माणले ठुलो बेन्दामात्र नभएर अझ दुर्गम गाउँ लदाम क्षेत्रको रबेकका बासिन्दालाई समेत केही राहात मिल्ने कुरा स्थानियवासीले बताए।
तस्विर सौजन्य- निमा लेप्चा

No comments:

Post a Comment