Sunday, 4 February 2018

कविता : खोज

कवि : चन्दन भट्टराई

हार भए
निराश भए
तिम्रो अस्तित्वलाई खोज्दा-खोज्दा
विलुप्त तिम्रा अवशेसहरुको खड़ाल खनी
पुरतत्वविद झै बनी
धुलो परेका, खिया लागेका
बाकसमा थुनेका पुरानो
कागजहरु पल्टाउदा-पल्टाउदा
कतै पाउछू की भन्ने आसले
“इंटरनेट” मा विकिपीडिया” भित्र पसी
फेरि “गूगल” को सहारा लिदै
अलि इतिहासहरु पल्टाउने गर्छु
र पनि नपाएपछि
बागानका पुराना धुला परिसकेका
भत्किसकेका, साइन बोर्डहरुका रंगलाई खोशरिने गर्छु
कहीं त नाम पाउछू होला भन्ने आशाले
इतिहासकारहरुलाई सोधने गर्छु
कतै त तिम्रो नाम अंकित छ होला भन्ने आशमा....
कहीं चियाको बुद्दामा पो लिखेका छ की भनेर हेर्छु,
कहीं कंपनीको रजिस्टरमा पो सुनौलों अक्षरमा
अंकित छ की भन्ने आस गर्छु,
जता हेर्छु त्यातै निराशा पाउछू
कसलाई सोधु भन्दै उत्तरको अभावमा
जता खोजे त्यता अंग्रेज़ साहब कै मात्र नाम पाउछू,
बड़ा-बड़ा बाबूहर कै मात्र शीलालेख पाउछू।
तिमी चै भने
मुगलानको आसमा
गाँस र बासको खोजीमा
कालो ज्वारो नभनी
हैजाको चिंता नागरी
मृत्युको शय्यामा उठबास गर्दै
एउटा हातमा फड़ुवा र
अर्को हातमा खुकुरी भीरी
रगतसारी पसीना बहाउदै
आफ्नो जन्मथालोलाई छाड़ी
कर्मथालोलाई अंगाल्दै
डाड़ा-काड़ालाई समतल बनाऊदै
जंगल फाँड़ी, चट्टान फोर्दे
संसारको मानचित्रमा लुप्त
बंजर भूमिलाई चिनाउदै
डूवर्सको संज्ञा दिने
तिमीले आबाद गरेका
तिमिले सिचेर बसाएका
तिम्रो कर्मभूमिमा
तिम्रो परिश्रमको मोल खोज्दैछु।
बिलुप्त तिम्रो नामलाई
बितथैमा नहुने खोज गर्देर्छु,
खै किन-किन तिक्त प्रयास गर्देर्छु।

Friday, 2 February 2018

‘झरिसकेको जीवनलाई मैले थोपा थोपा गरी बटुलेँ’ – मनीषा कोइराला





पाँच वर्ष बितिसके । क्यान्सरपछिका यी वर्षहरूलाई फर्केर हेर्दा धेरै कुरा मनमा खेल्न थाल्छन् । क्यान्सरअघि जीवनप्रति मेरो दृष्टिकोण खासै उत्साहजनक थिएन ।

उदास फिक्का खैरो रंग जस्तो । म आफ्नो फिल्मी करिअरसँग विरक्त भइसकेकी थिएँ । आफ्ना सफलता, चमकधमक र पैसाले पनि मनको उत्साह बढाउन नसक्ने अवस्था थियो मेरो । निजी जीवनमा पनि केही सम्बन्धबाट गुज्रिसकेकी थिएँ ।

यो अर्थ नलागोस् कि म आफ्ना सफलता र सम्बन्धहरूलाई महत्वहीन ठान्थें । तर, बाहिरी सफलता र चमकधमकका माझ मेरो मनको एउटा कुना उदास रहन्थ्यो । मेरो छटपटाहटको कारण यही नै थियो भनेर ठ्याक्कै भन्न त सकिन्न । तर, सजिलै भन्न सकिन्छ- भित्र खुसी थिइनँ म । म एउटा खराब जीवनशैली बाँच्दै थिएँ ।

र, यस्तो बेलामा क्यान्सरले मलार्ई हान्यो, जब म मानसिक तवरले सबैभन्दा कमजोर थिएँ । म बाच्न चाहन्थेँ । म बाँच्नलाइ संघर्ष गर्न थालेँ । प्रार्थना गर्न थालेँ । सबैभन्दा राम्रो उपचार पाउने ठाउँमा पुर्‍याइए पनि अकल्पनीय पीडा भोगेँ मैले । त्यो पीडाको समुद्रमै डुब्छु कि जस्तो पनि नलागेको होइन । बाँच्छु भन्ने आशा नजागेको पनि होइन । मर्नु र बाँच्नुको दोसाँधमा समय बिताएँ । एक समय यस्तो आयो, जब म पूरै भत्किसकेकी थिएँ, भित्रबाटै । तर, बिस्तारै, स्थितिमा थोपाजत्रो परिवर्तन हँुदै गयो । मैले थोपा थोपा गरी आफ्नो झरिसकेको जीवनलाई बटुलेँ ।

अप्रेसनपछि म एकैपल्ट दौडेर पहिलाजस्तो हुन चाहन्थेँ । नसकिने रहेछ । त्यसपछि मैले दौडने बाटो छोडेँ । बिस्तारै घस्रने बाटो रोजेँ । सुरुमा म १० पाइला हिडेँ । त्यसपछि सय पाइला । यस्तै गरी गरी म दिनको दुई माइल हिँड्न सक्ने भएँ । समय लाग्यो । तर, मैले हार मानिनँ । बिस्तारै म सपना देख्न थाले । जीवनले दोस्रो मौका दियो भने कसरी बाँच्ने ? यस्तो सपना देख्न थालेँ ।

उपचारको सुरुवाती अवस्थामा छँदा मसँग खाना खाने शक्ति पनि थिएन । त्यति कमजोर थिएँ । भाइले मलार्ई एउटा उसिनेको अन्डा खुवाउन गर्नुपर्ने मिहिनेत म अझै झलझली सम्झन्छु । आफ्नो जवान छोरीलाई यो अवस्थामा देख्दा मेरा पिता र मातालाई परेको पीडा मेरो अनुमानभन्दा बाहिरको कुरा हो । मलार्ई लाग्छ, त्यसबखत मेरो अवस्थाले उहाँहरूलाई भित्रैबाट भत्काइसकेको होला । तर, यसबारे उहाँहरूले कहिलै कुरा गर्नुभएन । आमा मेरा लागि पोसिलो खाना बनाउनुहुन्थ्यो । चिनेका नचिनेका सबैलाई सोधेर उहाँले मलार्ई चाहिने पोसिलो खाना खुवाउनुभयो ।

मेरो उपचारले मभित्र रहेको क्यान्सरलाई मार्‍यो । तर, उपचारले क्यान्सरलाई मात्र मारेन । मेरो शरीरको प्रतिरोधात्मक शक्तिलाई समेत मार्‍यो । त्यो मेरो लागि भयकारी थियो । क्यान्सरको उपचारले रोगलाई मात्र मार्दैन, कुनै पनि कुरा जो छिटो बढ्छ, त्यसलाई पनि नष्ट गरिदिन्छ । मेरो कपाल, मेरा आँखीभौँ सबै नष्ट भए ।

अन्ततः एक लामो संघर्षपछि जब म क्यान्सरबाट पूर्णतः मुक्त भएँ, मैले आफूलाई सकारात्मक दृष्टिकोणबाट बाँधेर राखेँ । म जीवनलाई सकारात्मक आँखाबाट हेर्न थालें । दुई कुरामा म आफूलाइ धेरै भाग्यमानी मान्छु । मैले मद्दत माग्न सिकेँ । लिसा रेले भनिन्, ‘मनीषा, मद्दत माग । मान्छे छन् । मद्दत गर्छन् ।’

जब मैले मद्दत मागे, दयालु मानिस आए । कुनै दिन म ती मानिसहरूको नाम भन्नेछु, जसले आ-आफ्नो तरिकाबाट मलार्ई मद्दत गरे । मान्छेभित्र दयाको यो भावना देख्ने मौका मलाई क्यान्सरले दियो । मैले लुइस हेको ‘यु क्यान हिल योर लाइफ’ पढेको थिए । त्यसमा उनी लेख्छिन्, ‘पाठेघरले सिर्जनात्मकतालाई प्रतिनिधित्व गर्छ । यदि पाठेघरमा कुनै रोग छ भने जीवनमा सिर्जनात्मकताका अन्य गतिविधि अपनाऊ’ । म एउटा कलाकार हुँ । मलाई थाहा थियो सिर्जनात्मक हुनु मेरो जीवन तत्व हो । तर, पाठेघरको क्यान्सर भएपछि थाहा पाएँ, अब मेरो जीवन नै त्यसैमा निर्भर हुनेछ । त्यसपछि मैले जे सक्छु, त्यही गर्न थालेँ । मैले पेन्टिङ गर्न थालेँ । घर सजाउन थालेँ । बगैंचा गोड्न थालेँ । यी कामले मेरो निको हुने प्रक्रिया छिटो भयो।

नियमित व्यायामबाट शरीर र मनलाई स्वस्थ राख्न जरुरी छ । क्यान्सर बिरामीका लागि त झनै । म हिँड्न थाले । खानपान, व्यायाम, योग, प्राणायाम अपनाएँ । आठ घन्टा नियमित सुत्नु राम्रो हुन्छ । आफूलाई भावनात्मक रूपमा सही राख्न पनि ज्यादै जरुरी छ । मैले त्यो सबै अभ्यास गरेँ ।

आज कुनै पनि कुराले म धेरैबेर डिस्टर्ब हुन्नँ । तिनको प्रभाव आफ्नो सोचाइमा पर्न दिन्नँ । आखिर म पनि मानिसै हुँ । कहिलेकाहीँ उदास हुन्छु । रिसाउँछु । रुन्छु । वा नकारात्मक प्रतिक्रिया देखाउँछु । तर यी सब भावनालाई आफूसित धेरैबेर बाँधेर राख्दिनँ । यी आउँछन्, अनि जान्छन् । मसित बस्दैनन् । यो मेरो आध्यात्मिक साधना पनि हो । उदासीलाई आफूसँग टाँसिइरहन नदिने साधना । कुनै पनि पीडादायक सोचलाई आफूसँग झुन्डिन नदिने साधना । पीडा आउँछ । म त्यसप्रति सचेत हुन्छु । जब म सचेत हुन्छु, त्यो धेरैबेर टिक्नै सक्दैन । अध्यात्मको शक्ति मैले अनुमान गरेभन्दा धेरै रहेछ ।

क्यान्सर कति दुःखदायी छ, मैले भोगेको कुरा हो । यसको उपचार गर्न सकिन्छ, त्यो पनि मैले भोगेको कुरा हो । क्यान्सरमुक्त भइसकेपछि त्यसका केही असर बाँकी रहन्छन्, मलाई थाह छ । तर, कुरा त्यतिमा सीमित छैन । क्यान्सरले मेरो जीवनमा कतिपय सकारात्मक बद्लाव पनि ल्याएको छ, जो सायद कहिल्यै आउने थिएनन् मेरो जीवनमा । म जीवनको महत्व धेरै बढ्ता महसुस गर्न थालेकी छु । क्यान्सर लाग्नुअघि, म जीवनलाई बाँचिरहेकी मात्र हुन्थे, आजभोलि मैले जिउन सिकेकी छु । बाँच्नु र जिउनुबीच ठूलो अन्तर छ ।

क्यान्सरले मलाई सिकाएको छ, हाम्रो वरिपरिका घटना र वातावरणले हामीलाई जतिसुकै असर गरिरहेको भएता पनि, सुरुवातचाहिँ क्यान्सर बिरामीले आफैंबाट गर्नुपर्छ । आफ्नै प्राथमिकताबाट गर्नुपर्छ । सबैभन्दा पहिला मैले आफ्नो हेरचार आफैं गर्नुपर्छ । मैले आफूलाइ आफैं माया गर्नुपर्छ । आफ्ना निम्ति म आफैं जिम्मेवार हुनुपर्छ । आफूलाई पहिला राख्नुपर्छ भनिरहँदा यो नठानियोस् कि यो एक्लै आफ्नो निम्ति मात्र बाँच्ने सोचाइ हो । आफ्नो निम्ति आफैं जिम्मेवार हुनुपर्छ । तर, साथै यो बोध पनि अनिवार्य छ, हामी सबै संसारमा कुनै न कुनै प्रकारले एकआपसमा जोडिएका छौं । एक्लै कोही छैनौं । एकअर्कामा पारस्परिक निर्भरता छ ।

जब म कुनै उदास मुहार देख्छु, उसको पीडा महसुस गर्ने कोसिस गर्छु । उसको निम्ति कुनै तरिकाले सहयोगी हुन सके मलाई खुसी लाग्छ । कुनै दिन मलाई कसैले सहयोग गरेका थिए, आज म कसैलाई सहयोग गर्न सके आफूलाई सार्थक महसुस गर्छु । आजभोलि म कुनै पनि कुराप्रति झ्वाट्टै प्रतिक्रिया व्यक्त गर्दिनँ, जसरी क्यान्सर लाग्नुअघि गर्थें । यो रोगले मलाई दुःख मात्र दिएको छैन, धेरै कुरा सिकाएको पनि छ ।

क्यान्सरको उपचार गराइरहेका मेरा साथीहरू वा भर्खरै आफ्नो शरीरमा क्यान्सर छ भन्ने सूचना पाएका साथीहरूलाई भन्न चाहन्छु, हाम्रो निम्ति जीवन सकिएको छैन । हामीले जीवनलाई अलि फरक दृष्टि राखेर हेर्नुपर्ने नयाँ स्थिति उत्पन्न भएको छ । हरेक मान्छेका निम्ति जीवन एक ठूलो अवसर हो । तर, जीवन जस्तोसुकै भए पनि एक दिन यो समाप्त हुनेछ । ढिलो वा चाँडो । क्यान्सर लागेर वा नलागेर । समाप्त अवश्य हुनेछ । त्यसैले मृत्युको भयलाई सकेसम्म टाढा राख्नुपर्छ । मलाई थाहा छ, यो लेख्न सजिलो छ, भन्न सजिलो तर गर्न गाह्रो छ । तर, मलाई यो पनि थाहा छ, हामीले कोसिस गरे, मनोभावलाई सकारात्मक राखे भयलाई टाढा राखेर पनि बाँच्न सकिन्छ । कोसिस गर्न त पक्कै सकिन्छ । हमेसा नसकिएला, तर सकिन्छ । रोग हाम्रो हातमा छैन तर रोगप्रति हामीले कसरी आफ्नो प्रतिक्रिया जनाउने भन्ने कुराचाहिँ हाम्रै हातमा छ । हामी आफ्नो ध्यान र कर्म सकारात्मक कुराहरूपट्टि लगाउन सक्छौं । मैले त्यसै गरें । सकारात्मक सोचमा हामीले अनुमान गरेभन्दा धेरै शक्ति छ । मैले जीवनका स-साना कुराहरूबाट खुसी लिन सिकेँ । मेरो जीवनमा त्यस्ता उपलब्धिको कमी छैन, जसलाई मान्छेहरू ठूला उपलब्धि भन्छन् । आज जोखेर हेर्ने हो भने, म भन्न सक्दिनँ, तराजु कतापट्टि भारी हुनेछ भनेर । क्यान्सर मेरो यस्तो शिक्षक बन्यो, जसबाट मैले जीवनका पाठहरू सिकें । मेरो भौतिक शरीर, मेरो मानसिक शरीर र मेरो भावनात्मक शरीर, तीनै थरीको मद्दतले म क्यान्सर रोगबाट मुक्त भएँ ।

आजकाल म क्यान्सर रोगबारे सचेतना अभियानहरूमा संलग्न छु । सबैलाई भन्न चाहन्छु कि उपचारभन्दा रोकथाम निको हो । बेलैमा परीक्षण गराए क्यान्सरबाट बच्न सजिलो हुन्छ । पाठेघरको क्यान्सर विषयमा सचेतना मात्र भए, धेरै कुरा नियन्त्रण हुन सक्छ ।

म आफ्नो जीवनप्रति धेरै अनुग्रहित छु । मेरो जीवनले मलाई आकाश छुने शिखर र अध्यारा खाडलहरू, दलदलहरू देखायो । मलाई सम्मान र अपमान दुवै यथेष्ठ दियो । म आफ्नो जीवनलाई समग्रमा अँगालो मार्न चाहन्छु । म मेरा सफलता र असफलता दुवैलाई अँगालो मार्न चाहन्छु । दुवैप्रति म कृतज्ञ छु । मलाई लाग्छ मैले जीवनमा शिखरमा हुँदा जति सिकें, खाल्डोमा भासिँदा त्योभन्दा धेरै सिकें ।

म आफ्नो परिवार, साथीहरू, शुभेच्छुकहरूप्रति कृतज्ञ छु, जो मैले जीवन गुमाउन लाग्दा मेरो साथ खडा रहे, जसले मेरो जीवन फर्काउन मलाई साथ दिए । क्यान्सरपछिको, मेरो जीवन तपाईंहरूको उदारताको परिणाम हो । क्यान्सर रोगबारे सचेतना जगाउने अभियानहरूमा मेरो साथ रहने छ । म सबैप्रति आभारी छु । क्यान्सरप्रति पनि, जो मेरो जीवनमा एक कठोर शिक्षक भएर आयो । केही पाठ सिकायो । र, गयो । आखिर जीवन पनि त्यही होइन र ? त्यो आउँछ अनि जान्छ । तर, त्यसलाई सकारात्मक आँखा राखेर हेर्न सके धेरै फरक पर्छ ।

स्रोत : अन्नपूर्णमा खबर छ ।

Students show pollution scars Rise in number of kids seeking exemption from sports

By : Jhinuk Mazumdar For TT

In Pic : Masks are being worn by students with increase in pollution in winter. Picture: Shutterstock

Calcutta: Many schools have reported an increase in the number of students carrying inhalers and prescriptions advising exemption from outdoor activities this winter, when air pollution levels have spiked in proportion to the state administration's capacity for denial.

Requests to excuse children from drills, march past and other such activities in school cite respiratory distress, chronic dust allergies, watering eyes and cough as the red flags. A medical certificate or prescription invariably accompanies such a letter, making the case for exemption stronger.

About 30 students of The Heritage School backed out of the annual sports meet in winter for health reasons. The Park Street and Salt Lake campuses of Apeejay School reported 25 and 20 sports dropouts respectively. At South City International School, about 35 students excused themselves from the annual sports event last year. The next one is scheduled for March.

"Requests for boys to be excused from physical activities like march past or a game of football were unheard of even five years ago. Children are showing signs of greater susceptibility to allergies, cold, cough and breathing problems," said Terence Ireland, principal of St James' School.

Data from 16 manually-operated monitoring stations showed average air pollution in the second week of January to be more than 2.5 times the national limit. The average based on readings at six stations during the same period was thrice the limit.

PM 10 is a fine particulate that can enter the respiratory system and trigger a rash of diseases.

In schools, the impact of increasing air pollution on the health of students has become so pronounced that requests to be spared regular physical activity are not limited to winter. Some children wear pollution masks to school. "Nowadays, it is common for parents to give their children inhalers to carry in their bags," said Seema Sapru, principal of The Heritage School.

Reeta Chatterjee of Apeejay Schools said about 25 per cent of children in junior school either have asthma or are prone to respiratory distress. "Many parents mention this in the school diaries so that we know beforehand about the risks. We also have students complaining of breathlessness or claustrophobia, which wasn't so a few years ago."

म चे ग्वेभारा पर्खिरहेछु

- प्रभात चिसो राई

म कसरी बस्न सकिरहेछु यहाँ
जिउँदा लाशहरू सलबलाइरहेका यो मुर्दा शहरमा?
यी बाटा, गलछेँड़ाहरूमा एउटा सपनाको अस्थिपञ्जर
छरपष्ट छ
अनि माकुराका बच्चाहरू आमा खाएर डकार्दै
हिँड़िहेछन् अन्तरात्माको मलामी
स्वार्थको रालले भिजेर एउटा क्रान्ति ओसिएको छ यहाँ
अनि सुनको तराजुमा छ एक चोक्टा आत्मसम्मान
यहाँ  रगतमा माछाको लोहो गनाउन थालेको छ
अनि मानेकशॉका शब्दहरू झूटा ठहरिन गइरहेछन्।

म कसरी यति निमुखा हुन सकेको
शाषकका हातहरूले मेरो स्वाभिमान सुम्सुम्याइरहँदा?
यो शहरलाई भित्र कतै दुखिरहेको छ तर
परतन्त्रताको काँटी ठाेकिएको छ जिब्रो थुतेर
किन विधवाहरूको क्रन्दन कताकता मेरो कानमा परिबस्छ?
किन आमाहरूको न्यायको गुहारमा पटकपटक झस्किरहन्छुु?
म कसरी सास  फेरिरहेछु यो प्रदूषित हावामा
बारुदको गन्धसँगै उत्सवको ध्वनि मिसिएको छ जसमा?
मेरो भाइको रगतले भिजेको  माटो सुक्दानसुक्दै
तिम्रो उत्सवले मुटु भतभती पोलेको छ मेरो।

म इतिहास दोहोरिएर पूर्व अनुभूत समय पर्खिरहेछु
समयका क्रूर हातहरूले चन्द्रमा देब्रे सारेर
तिम्रो मशानले तिमीलाई नै खाएको म हेर्न चाहन्छु
भाग्यको अस्ताचलमा तिम्रो मियादी घाम डुबेको साँझ
परपीड़क अबिर धसेर म उन्मादी नाच नाच्ने छु।

मनहरू त्रस्त छ्न् तर मनोबल छैन परास्त यहाँ
क्रान्तिको खरानीभित्र आक्रोशको भुङराे निभेको छैन अझ
यो छातीमा एउटा विद्रोहले फेरि पखेटा फटफटाउने  छ
अनि मध्यदिनको सड़कमा हजारौँ वैरागी काइँलाहरू ओर्लिनेछ्न्
ढुङ्गे विश्वास बोकेर म फेरि एउटा क्रान्ति कुरिरहेछु
एउटा ज्वालामुखी छातीमा बोकेर एउटा चे ग्वेभारा पर्खिरहेछु।

माफ गर्नु होला, मेडम!

कवि : यश दोर्जीलिङ्ग राई

आउनु होस् यहाँ
चाहे सौदागार बनेर
चाहे,भ्रमणकारी बनेर
चाहे,पर्यटकको नैं रूपमा
निर्धक्क सितले यहाँ
आउनु होस्
मेडम!
सदैव हाम्रो
न्योनो स्वागत छ हजुरलाई!
भव्य खुल्ला मंञ्च तयार छ
हजुरको निम्ति यहाँ
साथै
कान टोकुवा हाम्रा
स्थानिया यी हेभिवेट
माइक टाइशनहरू
लगायत...
कान टोकि माग्ने
स्थानिय ती हेभिवेट
होलिफिल्डहरू पनि
गोजीमा नै छ हजुरको!
अनि
माइकल-माइकलनी
ज्याक्सन मनहरू चाहि
नाँच्नलाई
फेरि पनि आतुरनै छन् 
मेडम!...आतुरनै छन् यहाँ??

आउनु होस्-
मेडम!
चाहे व्यापारीनै बनेर,
चाहे, भ्रमणकारी बनेर,
चाहेपर्यटकको नै रुपमा
तर...
आश्वासनको डोजर
सँधै जस्तै
आफुसंगै लिएर आउनु होला?
अनि,त्यो आश्वासनको डोजर
चडाई
कुल्चेर गइदिनु होस्
यी हाम्रा
स्थानिया टाइशन,
होलिफिल्ड अनि
माइक ज्याकसनहरूको छाती-छातीमा
तर
त्यो साइकलहरू चाहि
तलतिर नै बाडिदिनु होला,मेडम?
गएको सालझै!
आउनु होस मेडम!
दिल खोलेर आउनु होस्
चाहे व्यापारीको रूपमा
चाहे भ्रमणकारीको रूपमा
या भोट भिकारीकै रूपमा
विन्ती छ मेडम!
दया गरेर
यो दुर्गमि अविकासित ठाँउलाई
विदेशी स्विसहरूको रैथाने
स्विटजरल्याण्ड चाहि
नभनि दिनु होला कहिल्यै!
माफ गर्नु होला मेडम!
यो गोर्खाल्याण्ड हो!
यो गोर्खाल्याण्डनै रहनेछ!
विगतको जस्तै
यहाँ रबर वुलेटहरूका,
आश्रु ग्यासको गोला अनि
थ्रीनट थ्रीको वुलेटको खोकाहरू
हजुर मेडमको दया धर्ममा
काँचो खनिज पर्दाथहरूझै बनेर
प्यापार-व्याणिज्यको रुपमा
फस्टाएर जाने छ?

Swaraj says ‘no fixed agenda’ for talks with top Nepal leaders

Her visit is being considered significant in the political spectrum here. Swaraj is the first senior Indian minister to visit Nepal after the conclusion of elections to local bodies, provincial assemblies and federal Parliament.

By: PTI | Kathmandu

In Pic : Indian External Affairs Minister Sushma Swaraj talks to journalists after she arrives at Tribhuwan International Airport, Kathmandu, Nepal, Thursday, Feb. 1, 2018. India’s foreign minister arrived in Nepal on Thursday, days before an alliance of Communist parties with strong connections to China takes power in the Himalayan nation. (AP Photo)

External Affairs Minister Sushma Swaraj on Thursday said her visit to Nepal was to meet friends and there was “no fixed agenda” for discussion, ahead of her meeting with the Left alliance leader and CPN-UML chairman K P Sharma Oli, who is likely to be the next prime minister. Swaraj, who arrived here on a two-day goodwill visit, was received by Deputy Finance Minister Udaya Shumsher Rana and Foreign Secretary Shanker Das Bairagi at the airport.

“I have come to meet friends here and there is no fixed agenda for discussion,” Swaraj told reporters at the airport. She will meet Oli and senior leaders of Rastriya Janata Party Nepal later Thursday. Oli will host a dinner in her honour, reports PTI.

Her visit is being considered significant in the political spectrum here. Swaraj is the first senior Indian minister to visit Nepal after the conclusion of elections to local bodies, provincial assemblies and federal Parliament.

Nepal successfully concluded three phase of provincial, local and parliamentary elections as part of its efforts to implement the new Constitution that was promulgated in September 2015. Nepal’s Left alliance is preparing to form a new government which is expected to be headed by Oli.

Oli, in a letter, had congratulated Prime Minister Narendra Modi on the 69th Republic Day of India. Swaraj will call on President Bidhya Devi Bhandari and Prime Minister Sher Bahadur Deuba tomorrow. She will also meet CPN-Maoist Centre Chairman and former prime minister Pushpa Kamal Dahal ‘Prachanda’.

The clear victory to the Left alliance — CPN-UML led by Oli and the CPN-Maoist led by Prachanda — was not seen as a positive development for India given that Oli had publicly criticised New Delhi for interfering in Nepal’s internal matters and accused it of toppling his government last year.

Via : The indian Express

Thursday, 1 February 2018

Three held for TN murder Jalpaiguri youths arrested by local & Coimbatore police



In pic : The arrested youths with faces covered at the Kotwali police station in Jalpaiguri on Thursday. Picture by Biplab Basak

Jalpaiguri: Three youths from Tikiapara here were arrested on Wednesday night in connection with the murder of a woman and burglary of her home in Coimbatore, Tamil Nadu.

The trio were picked up from different parts of the Jalpaiguri town by a joint team of local and Tamil Nadu police. Some of the stolen items were recovered from Pintu Mallick, Samrat Roy and Sanjoy Roy who were also accused of injuring the woman's husband.

Sources said the youths had been working as construction workers in Tamil Nadu for the past five years and used to stay near Coimbatore. "They would fix granite stones and tiles on construction sites under a local contractor," a police officer said.

From January 22, they were engaged at a house that is under Annur police station jurisdiction of Coimbatore district, where P. Mayilsamy and his wife Rajamoni used to reside.

"From the first day, the trio started interacting with the couple and could develop a rapport with them. On January 27, they reached the couple's house at night, with an intention to steal cash and valuables," said a police source.

They first used a livewire and the husband turned unconscious after being hit by electric shock. They attacked Rajamoni, his 50-year-old wife, and strangulated her to death.

"The trio then managed to get hold of some cash and gold. They fled the spot, took a train, and headed for Jalpaiguri," an officer of the Tamil Nadu police team said.

The Tamil Nadu police came to know that the youths are residents of Jalpaiguri town and had arrived here on January 30 after the crime.

A 10-member police team, led by S. Venkateswar, an inspector of Annur police station, headed for Jalpaiguri. On Tuesday night, they arrived here and informed their counterparts at the Kotwali police station in detail about the crime.

"The Tamil Nadu police informed us in writing about the incident and sought our help. We immediately swung into action. A team of policemen in plainclothes was sent to the locality to keep an eye on all the three accused. Finally, on Wednesday night, they were arrested from different locations," said Amitabha Maiti, the superintendent of police, Jalpaiguri.

Police sources said the trio has owned up to the crime during preliminary interrogation. "Also, some gold ornaments and cash have been recovered from them," said a police officer.

All the three were produced in the chief judicial magistrate's court here on Thursday. They were given to the Tamil Nadu police in a transit remand for seven days.

Via : The Telegraph