Thursday, 7 January 2021

बीरपाडाको नीलिमा दास "फ्लोरेन्स नाइटिंगेल " पुरस्कारको निम्ति मनोनीत


बीरपाडाको नीलिमा दास "फ्लोरेन्स नाइटिंगेल " पुरस्कारको निम्ति मनोनीत : 

बीरपाडा, 7 जनवरी(निस): बच्चा जन्माएपछि हेपटाइटिस खोप, गर्भवती महिलाहरूका लागि विशेष शिविरदेखि परिवार नियोजनसम्म प्रत्येक महिना भूटानको दुर्गम क्षेत्र कालापानीमा निरन्तर नर्सिङ सेवा पुराउँदै आइरहेकी छिन् बीरपाडा सुवास पल्ली निवासी नीलिमा दास ।  अलीपुरद्वार जिल्लाको बीरपाडा राज्य सामान्य अस्पतालमा कार्यरत नर्स नीलिमा  दासलाई 2020 फ्लोरेन्स नाइटिंगेल पुरस्कारका लागि मनोनयन गरिएको छ।  सार्वजनिक स्वास्थ्य नर्स नीलिमा दास बीरपाडा राज्य साधरण अस्पतालको पीपी इकाई प्रमुखका रूपमा कार्यरत छिन्।  भारतीय नर्सिङ काउन्सिलले शनिबार राज्य स्वास्थ्य तथा परिवार कल्याण विभागको मुख्य सचिवलाई निलिमा दासलाई यस पुरस्कारका बारे जानकारी गराई पत्र पठाइएकाे छ।  सम्बन्धित काउन्सिल स्रोतका अनुसार राष्ट्रपति रामनाथ कोबिन्दले वर्चुअल मार्फत निलिमा दासलाई पुरस्कृत गर्ने छन ।  यद्यपि समारोहको मिति तय भएको छैन।  नाइटिङ्गेल पुरस्कार पाउने खबरले हर्षित बन्दै नीलिमा दासले याे पुरस्कारले मेरो जिम्मेवारी धेरै अझ  बढाएकाे छ । दुर्गम ठाँउ अनि चियाबारी का आम मानिसहरु को स्वास्थ्य सेवा पुर्याउने अझ दायित्व बढेको छ ।  मलाई जहिले पनि उत्साह साथै प्रेरणा दिइ रहने   बीरपाडा राज्य साधरण अस्पतालका पूर्व सुपर सौम्याजित  पुरकायस्थ, वर्तमान सुपर कौशिक गोराई, पूर्व प्रमुख स्वास्थ्य अधिकारी पूरन शर्मा, वर्तमान प्रमुख स्वास्थ्य अधिकारी गिरीशचन्द्र बेरा, पूर्व एसीएमओएच -1 कौशिक चौधरी, 2 सुवर्ण गोस्वामी साथै मेराे सहकर्मी हरूलाई हृदय बाट कृतज्ञता प्रकट गर्दछु भने । 
 अलीपुरद्वार प्रमुख स्वास्थ्य अधिकारी गिरीशचन्द्र बेराले नीलिमा दासलाई नाइटिङ्गेल  पुरस्कार पाउने घोषणाले अलिपुर द्वार  जिल्लाको गौरव  रहेको बताउनुभयो। नर्सिङ सेवा मा विशेष याेगदान पुर्याउने  व्यक्तिहरुलाई नर्सिङ सेवामा उल्लेखनीय योगदान गरेकोमा स्वास्थ्य मन्त्रालयको तर्फबाट फ्लोरेन्स नाइटिंगेल पुरस्कारद्वारा  सम्मानित गर्ने गर्दछ प्रत्येक वर्ष । पुरस्कारमा पदक र प्रमाणपत्र बाहेक, त्यहाँ पुरस्कार स्वरूप नगद राशि दिइने गरिन्छ ।  बीरपाडा सुभाषपल्ली निवासी नीलिमा दास 1997  मा स्टाफ नर्सको रूपमा काम गर्न शुरू गरे ।  10 महिनाको अतिरिक्त पाठ्यक्रम पूरा गरेपछि 2002 मा उनले सार्वजनिक स्वास्थ्य नर्सको रूपमा काम गर्न थालिन्।  पीपी एकाईको प्रमुखको रूपमा अर्को कार्यको दायित्व निभाए । सामान्यतया, उनले गर्भवती महिलाहरु प्रति  ध्यान दिइने गर्थिन ।  बीरपाडा राज्य साधरण अस्पतालमा मदर्स वेटिङ हट मा  गर्भवती महिलालाई  बच्चा जन्माउनु भन्दा दुई दिन अघि यस घरमा ल्याइन्छ।  नीलिमा दासले  मादारी हाट  बीरपाडा   ब्लकका साथै फला काटा    ब्लकका 'उच्च जोखिम' आमाहरूमा नजर राख्नु पर्दछ।  उनीहरुलाई अस्पतालको मदर्स प्रतिक्षा घरमा ल्याउन र आवश्यक परे  रगत सङ्कलन गर्ने जिम्मेवारी उसले सम्हाल्नु पर्दछ।  बच्चाको जन्म पछि, उसले हेपटाइटिस खोपको साथ  प्रत्येक महिना, गर्भवती महिलाहरूका लागि विशेष शिविरदेखि लिएर परिवार नियोजनदेखि सबै कार्य हरू गर्दैै आइरहेकी छिन् ।  कालापानीमा   स्वास्थ्य सेवा दिन उनी दिन प्रतिदिन भुटान सिमाना दुर्गम क्षेत्रमा यात्रा गरी स्वास्थ्य परिसेवा दिइ रहेकी छिन् ।  बीरपारा राज्य साधारण  अस्पतालमा  मदारीहाट बीर पाडा  ब्लकमा 10वटा  ग्राम पंचायतका बासिन्दा र कम्तिमा 20 चियाबारी श्रमिकहरू यसै अस्पतालमा निर्भर छन्।  यसका साथै फलाकाटा  ब्लक र धुपगुरी ब्लकका बासिन्दा पनि यसै  अस्पतालमा भर परेका छन् ।  स्वाभाविक रूपमा, अस्पतालमा कार्यरत डाक्टर र नर्सहरूले अन्य स्वास्थ्यकर्मीहरूको धेरै दबाबको सामना गर्नुपरेको छ। बीर पाडा राज्य साधारण अस्पतालका  सुपरिटेन्डेन्ट कौशिक गोराईले भने, "हाम्रो बीरपाडा राज्य साधरण अस्पताल सहित अलीपुरद्वार जिल्ला स्वास्थ्य विभागलाई नीलिमा दासको नाइटिङ्गेल फ्लोरेन्स  पुरस्कारका लागि मनोनयन हुनु गौरवको कुरा हो।"  उनको पुरस्कारले हाम्रो कार्यलाई थप प्रोत्साहित गर्दछ।

1 comment:

  1. Online Casinos with Slot Machines 2021 | Try Your Luck At Free
    A gambling site offers a variety of choegocasino welcome bonuses. Some of them include bonus deccasino codes and bonuses to get you started. 1xbet At most online casinos, players

    ReplyDelete