Saturday, 9 January 2021

शनिबार कालिम्पोङमा परिवर्तन अभियानको जनसभा मा अनित थापाको भाषणको अंश




परिवर्तन अभियानको परिवर्तन लहरको सह यात्रीलाई आभार। २०१७ देखि पहाडमा नयाँ गोरेटो सृजना गरेर आएका हामी हौ।
परिवर्तन अभियान के हो त?
कालो रातलाई सुनौलो बिहान दिलाउने
पहाडमाबाट मुर्दाबादको गंजे हटाएर सु संस्कार को राजनीति प्रतिपादन गर्ने, नेताले होईन तर जनताले सुख पाउनु पर्छ भन्ने, आफ्नै मान्छेलाई गाली गर्ने, धम्काउने, घर, गाडी जलाउने, आमा बाबाको कोख शून्य बनाउने राजनैतिक कुसंस्कार रोक्ने, ठग्ने नेताहरुको बिरोध गर्ने यात्रा हो परिवर्तन यात्रा। गोर्खाल्याण्डको लिलामी गर्न रोक्ने यात्रा हो।

हाम्रो नेताहरुले जब व्यवस्थालाई सही ढंगमा चलाउनु सकेन तब राज्य अनि केन्द्रलाई नै गाली गर्न लगाउने नेता हाम्रै नेता हुन्।

२००७ को आन्दोलन, गोर्खाल्याण्डको नाममा सुबास घिसिङलाई खेद्ने आन्दोलन थियो। त्यो समयमा विमल गुरुङको वरिपरि पुलिस को सुरक्षामा सी पि एम संग मिलेर सुबास घिसिङलाई खेद्ने विमल गुरुङको आन्दोलन थियो। आन्दोलन अन्तमा कुर्सीमा आएर थन्कियो। यसैले म भन्छु हामीलाई हाम्रै मान्छेले झुक्याएको हो।

गोर्खाल्याण्डको आन्दोलन गर्नु हो भने सी के श्रेष्ठ जस्ता दिग्गज व्यक्तिहरूले आन्दोलनको नेतृत्व दिनुपर्छ। राज्य अनि केन्द्रलाई बुझाउने विषय हो गोर्खाल्याण्ड।

म गोर्खाल्याण्ड भनेर जनतालाई दुःख दिदिन।
मैले गर्दै गरेको यो अभियान भोटको अभियान होईन तर पहाडलाई निर्माण गर्ने सोचको विजारोपण गर्ने अभियान हो यो। जब सम्म अनित थापाले मानिसको सोचमा परिवर्तन ल्याउँदैन, पहाडमा च्यात्ने, भत्काउने राजनैतिक प्रथा बन्द हुँदैन तब सम्म हाम्रो परिवर्तन अभियान चलिरहन्छ।

कालिम्पोङमा तपाईहरु गाली मात्र खाने? कालिम्पोङमा स्वाभिमानी व्यक्तिहरू बस्छन। कालिम्पोङ ले आफ्नो आवाज उठाउनु पाउनु पर्छ। कालिम्पोङमा आफ्नो गीत आफ्नै तरिका ले बज्नु पाउनु पर्छ। यहाँको व्यापारी ले खुल्ला व्यापार गर्नु पाउनु पर्छ।

कालिम्पोङमा कालो छायाँ आएको छ। तपाईंहरू खोर्सानी डढाउनु होस।

मलाई सत्ताको माया छैन। कुर्सी कसैको पेवा होइन। सत्ता त लिन्छुु नै लिन्छुु भन्छ। सत्ता त कर्मवीर भएर पो पाइन्छ। सत्ता जनताले पो दिन्छ।

मलाई चिन्ता छ युवाको बेरोजगारी, पहाडमा सिस्टम ठीक गर्नु छ।

आन्दोलनकारी कहिले विस्थापित हुँदैन। उ कि त जेल जान्छ या वीरगति प्राप्त गर्छ। मैदान छोडेर भाग्दैन। आन्दोलनको समय मैदानमा बस्नु सक्दैन भने किन आन्दोलन गर्नु? म आन्दोलनको समय मैदानमा नै थिए जब कि अरूहरू जंगल पसिसकेको थियो।

वि जे पि ले हाम्रो १७ वर्ष खाई दियो। वि जे पी ले पहाडलाई काँटी सम्म दिएको छैन भनेर पहाड बासीले बुझेको छ।

तपाईंहरुलाई जलाउने नेता की निर्माण गर्ने नेता चाहिन्छ? 

तपाईं संग ( ममता बनर्जी) जो मिल्नु खोज्दैछ उसले तीन पल्ट धोखा दिने नेता हो।

कालिम्पोङको मेल ग्राउन्ड राजनैतिक अखडा होईन।

विमल गुरुङले फुटाएको नरिवल उम्रेको भए मात्र पनि आज त्यो नरिवल बेचेर पनि व्यापार गर्न सक्थ्यो।

आगामी चुनावको नारा "हाम्रो घर, आफ्नै भर"

No comments:

Post a Comment