Friday, 8 January 2021

गोजमुमो(१)को बीरपाडामा शाखा गठन






बीरपाडा,8जनवरी  (निस): आज गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको  मध्य डुवर्स कार्यालयमा मध्य डुवर्स गोजमुमोद्वारा  डुवर्स कमिटिका अध्यक्ष  श्याम थापाको सभापतित्वमा बीर पाडा एक नम्बर ग्राम पञ्चायत  वरीपरी क्षेत्रका गोजमुमो कार्यकर्ताहरूलाई लिएर एक सभा आयोजना गरियो। डुवर्स कमिटिका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न उक्त सभामा पार्टी अध्यक्ष  बिमल गुरुङ्गको सन्देशलाई सभामा उपस्थित कार्यकर्ताहरू माझ प्रस्तुत गर्दै आउँदो दिनमा अध्यक्ष बिमल गुरुङ्गको नेतृत्वमा सम्पूर्ण डुवर्सको खटिखाने जनताहरूको जीर्णोद्धारको निम्ति गोर्खे सन्तानहरु निस्वार्थ अनि समर्पित भएर लागि पर्ने मन्तव्य सभामा उपस्थित युवाहरू समक्ष अध्यक्ष श्याम थापाले भने । यसै सभामा बीरपाडा शाखा  गठन गरियो जसको जानकारी डुवर्स कमिटिका प्रवक्ता सुमन तामाङले जनाएका छन् । बीरपाडा शाखा समितिमा अध्यक्ष जीवन प्रधान, उपसभापति- सूबी राई, राम कुमार प्रधान,सचिव नारायण प्रधान, सह सचिव उर्गेन लामा, सुनीता डुम्जन,ईश्वर भूजेल,घनश्याम छेत्री, कोषाध्यक्ष प्रकाश थापा,प्रचार प्रसार सचिव  समाप्ती विश्वकर्मा लगायत 28 जना   कार्यकारिणी सदस्यहरुको पूर्णाङ कमिटि गठन गरियो । सभामा डुवर्स कमिटि अध्यक्ष श्याम थापा,प्रवक्ता सुमन तामाङ,मध्य डुवर्स अध्यक्ष अशोक गुरूङ,सचिव डि बी प्रधान, नारी मोर्चा केन्द्रीय समिति सदस्य लक्ष्मी गुरुङ आदिको उपस्थिति रहेको थियो ।



No comments:

Post a Comment