एसएसबीद्वारा स्किल डेभलपमेन्ट प्रशिक्षण अन्तर्गत 20 जना युवा युवतीहरुलाई प्रमाणपत्र प्रदान:
बीरपाडा, 8 जनवरी(निस): एसएसबी 53 वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधिनस्थ पर्ने लंकापाडा सिमान्त गाउँका जम्मा 20 जना युवा युवतीहरुलाई नर्थ बेङ्गल आर्ट एकाडेमीको सहयोगितामा गत एक महीना अघि कम्प्युटर प्रशिक्षण सम्पन्न गर्दै आईरहेको थियो भने आज उक्त प्रशिक्षण लिएर बसेका 20 जना युवा युवतीहरुलाई एसएसबी 53 वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय कमान्डेन्ट मनोहरलालको उपस्थितिमा प्रमाणपत्र प्रदान गरिएको जानकारी एसएसबी सुत्रले दिएका छन् ।
उक्त अवसरमा कमान्डेन्ट मनोहरलाल लगायत एसएसबी कम्पनीका सहायक कमान्डेन्ट राजेश कुमार, सहायक कमानडेन्ट न्डाक्टर आहुती सिंह, लङ्का पाडा ग्राम पञ्चायत प्रधान सुजना मगर छेत्री, उप प्रधान बिनेश राई, नर्थ बेङ्गल आर्ट एकाडेमीका प्रोजेक्ट अफिसर शङ्खमिता घोष औ अन्यान्यको उपस्थिति रहेको थियो।
सिभिक एक्सन प्रोग्राम अन्तर्गत एसएसबीद्वारा भारत भोटाङ सिमान्त गाउँ लङ्का पाडा का बेकार युवा युवतीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो निःशुल्क प्रशिक्षण शिविरको आयोजना गर्दै आईरहेको र यसले बेकार युवा युवतीहरु रोजगार गरेर आफ्नो खुट्टामा उभिन सक्षम बन्ने एसएसबी 53 वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालले जनाएका छन्।
No comments:
Post a Comment