Sunday, 9 April 2017

भागोपले जातीय एकीकरण र गोर्खाल्याण्ड केन्द्रित कार्यक्रमहरूमा जोर दिइने राष्ट्रिय परिषद्को सभा सम्पन्न

Writes : लीला बहादुर छेत्री

भारतीय गोर्खा परिसङ्घले हालै राष्ट्रिय परिषद्को सभा सम्पन्न गर्यो। लखनऊको रायबरेलीस्थित पथिक होटल सभागृहमा सम्पन्न उक्त सभामा गोर्खाको राष्ट्रिय चिन्हारीको सङ्कटलाई केन्द्र गरी राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरू गर्ने र साङ्गठनिक विस्तारमा पनि उत्तिकै जोर दिइनेबारे केही महत्वपूर्ण निर्णयहरू लिइएको जनाएको छ।

राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त सभामा लिइएका प्रस्तावहरूलाई केही दिन अघि लखनऊकै श्रीसाई अतिथि विहारमा सम्पन्न सभामा लामो छलफलपछि पारित गरिएको छ।

पारित प्रस्तावहरूमा प्रत्येक जोनका कार्यकर्ताहरूले आफ्नो अञ्चल अन्तर्गत राज्य ,क्षेत्रीय शाखाहरू विस्तार र पुनर्गठन सितम्बर महिनाभित्र गर्नपर्ने अनि नोभेम्बरभित्र कार्यशाला र साङ्गठनिक शिविरहरू आयोजना गर्नपर्ने छ।

प्रस्ताव अनुसार कोष सङ्ग्रहमा राज्य/क्षेत्रीय शाखाले एक वर्षभित्र विशेष अनुदान केन्द्रीय कोषमा पठाउनु पर्ने छ।

केही  केन्द्रीय स्तरका केही  कार्यक्रमहरू पनि राष्ट्रिय परिषद्को सभामा तय गरिएको छ।जसमा जातीय एकता र एकीकरणको निम्ति प्रत्येक जात-गोष्टीलाई लिएर सङ्गोष्टी आयोजना गर्ने ,विभिन्न सङ्गठनहरूलाई लिएर गोर्खाल्याण्डबारे सङ्गोष्टी र यसै उद्देश्यमा दिल्लीमुखी कार्यक्रमहरू गरिने आदिजस्ता कार्यक्रमहरू सामेल छ।

यस बाहेक सिल्चर असममा राष्ट्रिय स्तरको बलिदान दिवस पालन ,गुहाटी असममा भारत-नेपाल मैत्री सन्धि १९५० बारे अन्तरक्रिया कार्यक्रम गर्ने र त्यसपछि विदेश मन्त्रीसमक्ष दस्तावेज हुजाउने र ज्ञापन पेश गरिनेसमेत निर्णय लिइएको छ।

सभामा पारित प्रस्ताव अनुसार भागोपले यस वर्षको नेपाली भाषा मान्यता दिवस  रजत वर्ष उत्सवको रुपमा  राष्ट्रिय स्तरमा देहरादून र दिल्लीमा सम्पन्न गर्नेछ। जुन कार्यक्रमको  संयोजकत्वको दायित्व प्रा0 मुनिष तामाङ र कर्णल डीएस खड्कालाई दिइएको छ।

यसै क्रममा यस वर्षको गोर्खा गौरव सम्मान समारोह पनि राष्ट्रिय स्तरमा सम्पन्न गर्ने र उक्त कार्यक्रममा भाषा मान्यतामा विशेष भूमिका निर्वाह गर्ने र लामो समयसम्म भागोपकै राष्ट्रिय अध्यक्ष पद सम्हाल्ने भुतपूर्व सांसद् दिलकुमारी भण्डारीलाई प्रदान गरिने छ।

सामाजिक सञ्जालको बढ्दो लोकप्रिय र प्रभाली ध्यानममा राख्दै भागोपले पनि यसको सहारा लिन वेवसाइड आरम्भ गर्ने छ।

राष्ट्रिय परिषद्को सभाले लिएको निर्णय अनुसार  भारत सरकारसमक्ष चाप सृष्टि गर्न गोर्खाल्याण्ड र अन्य मुद्दाहरूमाथि ध्यानकर्षण गराउने कार्यक्रम गर्ने भएको छ।

यी जम्मै विषहरूमाथि सभामा गम्भीर चर्चा भएको भागोपले जनाएको छ। ।सभामा प्रत्येक शाखा समितिहरूलाई  प्रभावकारी बनाउने कार्यमा युवा ,महिला र बुद्धिजीवीहरूको सहभागिताममाथि बढी प्राथमिकता दिइनेबारे पनि चर्चा भएको उल्लेख छ।

साङ्गठनिक विस्तार गर्न निरन्तर प्रतिवेदन र सदस्यता विवरण शाखा प्रशाखाहरूबाट केन्द्रीय कार्यालयमा पेश गरिनुपर्ने बारे अनिवार्यता तय गरिएको छ।

भागोपको सङ्गठन दह्रिलो र व्यवस्थित गराउन अब राष्ट्रिय प्रशासनिक मूलसचव र राष्ट्रिय कोषाध्यक्षले केन्द्रीय मूल कार्यालयको देखरेख गर्नेछन्।

राष्ट्रिय परिषद्को उक्त सभामा भागोप फाउण्डेशन ट्रष्टीहरूको प्रमाण-पत्र र धन्यवाद-पत्र पनि वितरण गरिएको विज्ञप्तिमा जनाइएको छ।

सभामा भागोपमा आवद्ध दिवङ्गत आत्माहरूको शान्तिको कामना गर्दै आरम्भ गरेको उक्त सभामा सचिव नारायण प्रधान र कोषाध्यक्ष पीके प्रधानले प्रमुख बूँदाहरू राखेका थिए।

जोनका अध्यक्ष,सचिवहरू क्रमैले जगन्नाथ कोइराला ,दिनेशचन्द्र  पौड्याल ,देवनसिंह खड्का ,लाक्पा लामा, बीएल सुब्बा,भीबी थापा अनि शाखाका प्रतिनिधिहरूमा चन्द्रमणि अधिकारी ,ललित सुब्बा,नित्यानन्द उपाध्याय ,सितम मोक्तान,लक्ष्मी भारद्वाज ,भानु प्रकाश मार्मिक ,उपासना थापा,पीके प्रधान,डा0 पुनम सुब्बा, प्रशासनिक मूलसचिव केएन प्रधान,राष्ट्रिय कोषाध्यक्ष अञ्जु प्रधान आदिले आ-आफ्नो प्रतिवेदन राख्दै सङ्गठन कोष र अन्य गतिविधिहरूसहित सुझाउहरू राखेका थिए।

साङ्गठनिक मूलसचिवले राखेका प्रस्ताव र निर्णयहरू सभामा आमसहमतिका साथ अनुमोदन गरिएको छ। सभाले राष्ट्रिय कार्यकारी अध्यक्षमा प्रा0 मुनिष तामाङ र राष्ट्रिय वरिष्ट उपाध्यक्षमा ले0क0 देवनसिंह खड्कालाई चयन गरेको छ।

उत्तर प्रदेश राज्य शाखा समिति मूलसचिव विमलसिंह राणाले स्वागत मन्तव्य राखेको उक्त सभामा राष्ट्रिय महासचिव भूपेन्द्र अधिकारीले वार्षिक प्रतिवेदन राखेका थिए।राष्ट्रिय प्रवक्ता जोवेल राई,विशिष्ट अतिथि लखनऊ उच्च न्यायालयका अधिवक्ता गङ्गासिंह, राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामाङले सभालाई सम्बोधन गरेका थिए।

सम्बोधन क्रममा  लखनऊ उच्च न्यायालयका अधिवक्ता गङ्गासिंहले गोर्खाहरूको अवदान ,महानताको सराहना गर्दै भागोपलाई शुभकामना व्यक्त गरे। ।

राष्ट्रिय अध्यक्ष सुखमन मोक्ताने अध्यक्षीय सम्बोधन अवधि गोर्खाल्याण्ड ,यसको रोडम्याप ,रणकौशल आदिबारे विचार व्यक्त गर्दै ,सङ्गठन पदाधिकारी र सदस्यहरूका लागि सर्वोपरि हुने बताए।मोक्तानले सबैले कोष सङ्ग्रहमा प्राथमिकता दिइनुपर्ने  र सङ्गठनलाई समृद्ध बनाउने मार्गहरू अवलम्बन गरिनुपर्ने कुराहरूमाथि पननि विशेष जोर दिएका थिए।

उनले जनजातिको मान्यताको लागि केन्द्रमा पठाइएको सूचिमा छाडिएका जात-गोष्टीहरूको बारेमा पनि उनले चर्चा गर्दै त्यसतर्फ शंसोधन गरिनुपर्ने सुझाउ राखे। साँझमा कविता ,प्रहसन ,नृत्य आदि जस्ता साहित्यिक कार्यक्रमहरू समावेश गरिएको जनाइएको छ।अरुण उपाध्याय ,गगनसिंह ठाकुर ,प्रीति पाल,शीतल खत्री ,मिना थापा आदि उपस्थिति थिए। साङ्गठनिक मूल सचिव अभय खालिङद्वारा सञ्चालित सभामा विमलसिंह राणाले धन्यवाद प्रकट गरेका कुरो भागोप पक्षमा लाक्पा लामाद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत जनाइएको छ ।

#TheTimesDooarsNews

No comments:

Post a Comment