Saturday, 8 April 2017

हिड्दैछ च्याङ्गबा - पंकज शास्त्री, खरसाङ्ग

नाम्लो भिरेर
जिन्दगीको भारीको बोझ बोकी
ठुलठुला कंक्रीटका जङ्गलमा
दोकान पसलको ढोका ठकठकाउनु
मेहनतको आँसू आफ्नु शरीर बाट बगाउदै
हिड्दैछ च्याङ्गबा ।

मात्र सौ रुपियाको लागि
धेरैको गलती र अपमान सहेर
नमिठो बोलीको शिकार हुदै
आफ्नु गरिबीको पिडा ओसारेर
कान्छीको स्कूल फिस तिर्नु
हिड्दैछ च्याङ्गबा ।

चाउरी परेको निधार बाट
टप-टप पसिना चुहाउदै
आज 40 ब्याग सिमेंटको धुलो
बालुआ र ईटाको रगतीलो संसारमा
आफ्नु साथी भाईहरु संग
हिड्दैछ च्याङ्गबा ।।

No comments:

Post a Comment