Poet: Pramod Khadka
कसैले के गरयो त कसैले के गरयो
कसै जातिको निमति लड़यो त कसै जातको निमति लड़यो
कोही अघि बढ़यो त कोही आधामै पछि सरयो
यसरी राज्यको कुरा कता न कता भएर गयो।।
कसैले जिल्ला बनायो त कसैले महकुमा बनायो
त कसैले यो सब हेरी आफ़नो टाउको कनायो
कसैले दिलली गई बैठक गरायो
त कसै गाउँको कुरसी ठट्टाउँदै माइकमा करायो
कसैले Identity माग्यो त कसैले 6th Schedule को पाठ सिकायो
तर अन्त्यमा आफ्नो इमान पैसामै बिकायो।।
कसैले ढु्ंगा,गोली खायो त कसैले पैसा खायो
कसैले त्यही च्यातेको जुत्ता टाल्यो त कसैले नया सुट सिलायो
Development र Identity को कुरा गरदा गर्दै
यसलाई मागी खाने भाँड़ा बनायो।
कसै राज्यको निम्ति मरयो त कसैले आफ्नो गोजी भरयो
राज्य सोंच्दा सोंच्दै घरि GTA घरि Development Board हातमा परयो
खै अहिले त हाम्रो पहाड़ के भयो भयो।।
कसैले मान्छे चिन्यो त कसैले गाड़ी किन्यो
नपढ़ेका नेताहरूले आज युवाहरूको भविष्य छिन्यो
कसैले Board दिन्छु भनी जात-जातमा लड़ायो
त कसैले त्यही Board को ताकमा घर एक तला बढ़ायो।।
कसैले के गरयो त कसैले के गरयो
कोही बिरोध गरयो त कोही हात बानेर बस्यो
कसैले Party बदलियो त कसैले Agenda बदलियो
तर मान्छे त्यै,बेहुरा त्यै.,खालि झंडा मत्रै बदलियो।।
कसैले के गरयो त कसैले के गरयो
खै आज हाम्रो पहाड़ कस्तो देखि कस्तो भएर गयो
केही कुराको आश नगरेपनि भयो अब
गोरखाको राजनिति चुहुने गाग्री झैं भएर गयो ।।।
No comments:
Post a Comment