Thursday, 28 June 2018

"असार-पन्ध्र"

   - नीरू बिन्दु

दुख्दो जीवनलाइ
खेतको आलीमा राख्छ
दुख्दो आँसुलाइ
रुमालमा पोकोपारी कटेरोमा झुण्ड्याउछ
दुख्दो पिरलाइ
मुटुमा गाँठै-गाँठो पार्छ
अनि उत्रिन्छ मैदानमा
जंग जितेको मुस्कान बोकेर
टिका लगांउछ माटोको
होली खेल्छ माटोको
विगतलाइ दही-चिउरामा घोल्छ
वर्तमानमा झुल्छ
अनि बाँडछ खुसी
आज सबथोक भुल्छ उस्ले
नाचेर साइनो जोडछ
हाँसेर साइनो जोडछ
धर्म-कर्म निभाउछ किशानको उस्ले...!!

No comments:

Post a Comment