- अर्जुन शर्मा, गीतखोला /लाभा
अति स्वादिष्ट गुणकारी ब्यञ्जन
अमिलो, अमिलो पेट सन्चो
जातिय पहिचान, स्वास्थ बर्धक जसरी खाए नि हुने
जति राखे पनि कहिले नकुहिने, जातिय सिकुटी ।।
झोल बनाएर खाएॅ नि हुने
साँधेर खाँदा पनि भो
अचार खाँदा झनै उत्तम
जाउलोको माड़, डल्ले खोर्सानी ,हालेर खाँदा जिब्रोमै झुन्डिइने ।।
रायोको साग गुन्द्रुकको जनक
ओइलाईकन खाडीमा गाड़्ने, अमिलचिएपछि निकाली सुकाउॅने
यो हाम्रो पहिचान ,यस्तै गरियो बखान
जय होस तिम्रो ,गुन्द्रुक तिमी महान ||
No comments:
Post a Comment