Wednesday, 7 March 2018

नारी दिवस (मार्च ८)किन मनाइन्छ त ? आज १०८औं अन्तर्राष्ट्रिय नारी दिवसमा केही जानकारी !


नारीहरूको सम्मानमा अन्तर्राष्ट्रिय रूपमा मनाइने विशेष दिवस नै नारी दिवस हो । यो दिवस विश्वभर हरेक वर्षको मार्च महिनाको ८ तारिकका दिन मनाइन्छ।

नारी दिवसको क्षेत्र (उद्देश्य) भनेको नारीमाथिको सम्मान, आदर र प्रेमको भावमा बढावा दिँदै उनीहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिको सुनिश्चितता गर्नु हो ।

विश्वका धेरै क्षेत्रमा महिलाको राजनीतिक र मानव अधिकारको मर्मको सम्मान गर्ने विशेष दिनका रूपमा यो दिनलाई लिइन्छ ।

नारी दिवसको इतिहासलाई पल्टाउँदा २८ फेब्रुअरी १९०९ मा पहिलो पटक अमेरिकाको न्युयोर्कमा अमेरिकाको पहिलो सोसियालिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला गार्मेन्ट कामदार सङ्घको आन्दोलनको सम्झनामा मनाएको थियो ।

पछि सन् १९१० को अगस्टमा अन्तराष्ट्रिय नारी सम्मेलनको आयोजना डेनमार्कको कोपनहेगन सहरमा गरियो ।

यही सम्मेलनबाट जर्मनीकी सोसियालिस्ट पार्टीकी नेतृ लुइस जियट र अर्की कम्युनिस्ट नेतृ क्लारा जियटले नारी दिवस मनाउने विषयलाई प्रस्तावमा ल्याए पनि दिन भने तोकिएको थिएन ।

सन् १९११ मा मार्च १९ का दिन अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्याण्डका करोडौँ महिलाले यो दिनलाई नारी दिवसका रूपमा मनाए ।

यस दिनमा युरोपका धेरै देशहरूमा पेरिस कम्युनमा मारिएका नारी सहिदहरूका सम्मानमा जुलुस निकालियो ।

साथसाथै उनीहरूले महिलाको मताधिकार, रोजगारीमा समान अधिकार, लैङ्गिकताका आधारमा हुने विभेद अन्त्य, सार्वजनिक पदमा महिलाको अधिकारको सुनिश्चितताको माग गरे ।

तर अमेरिकीहरूले फेब्रुअरी महिनाको अन्तिम आइतबारलाई नारी दिवसका रूपमा मनाउँथे । पछि सन् १९१३ देखि रसियाका नारीहरूले फेब्रुअरी महिनाको अन्तिम शनिबारलाई यो दिवसका रूपमा मनाउन थाले ।

तर सन् १९१४ मा नारी अधिकारको स्थापनाका लागि हड्ताल, ¥याली र अन्य आन्दोलनका कार्यक्रमहरू युरोप र अमेरिकाभरि भए र संयोगवश त्यो दिन मार्च ८ तारिक परेको थियो र यस दिनले अन्तर्राष्ट्रिय मान्यता पनि पायो । यही दिनको सम्झनामा मार्च ८ विश्व नारी दिवसको रूपमा स्थापित भयो ।

यसैले विश्वका सबै देशहरूमा नारी दिवस हरेक वर्ष मार्च ८ तारिकको दिन मनाउने गरेकाछन।

नारी अामा हो... अामा सृष्टि हो...यही सृष्टिले त जीवन पाएका छाैं.. त्यसैले जे जसरी सकिन्छ नारीको सम्मान गराैं...

विश्व नारी दिवसको उपलक्क्षमा सम्पूर्ण अामा दिदीबहिनीहरूमा हार्दिक शुभकामना...

|| Happy Women's Day नारी दिवस 2018 ||

No comments:

Post a Comment