रचना : मयूर सुब्बा
सात बजेछ घड़ीमा,
मेरी स्वास्नीे खिड़कीको पर्दा हटाँउछे,
पल्लो घरको छत् को
लुगा सुकाउने तारमा झुन्डिएको कट्टुले
छलिएको छ
नागों घाम!
दिन दिनै अग्लिदैछ आस पासको बिल्डिंग
अग्लो
अझै अग्लो,
एक पछि अर्को थपिदैं गएको तल्ला
अर्को
फेरि अर्को,
मेरो भागको घाम पनि छेलिन्छ एक दिन!
फराकिलो फैलिनू नपाएको घरहरु
एक सित अर्को चेप्टिदैं
सेखासेखी अग्लिदैंछ,
अग्लिदै गएको छ घरको धुरि
तर!
साँघुरीएको छ घरको आंगन
घरको सिकुवा,
घरको कुरेसो,
र
हिंड़ने बाटो!
यसरि साँघुरीदैछ ढल्लै शहर!!
दिन दिनै गांउ शहर पस्दैछ
शहर भरिदैंछ,
गाँउ रित्तिदैंछ,
गाँउ शहर पस्दा आफु सित बोकी आ'को
फराकिलोपन्
शहरको साँघुरो गल्लीहरु मा नअँटाउदा
शहर ठूलो हुनूको औचित्य
बुझ्नै सक्दैन!
शहर गाँउ जस्तो फराकिलो कहाँ हुन्छ,
फराकिलो बाटो
फराकिलो खेतबारी
फराकिलो आँगन ,
र
फराकिलो मन!
अहिले!
शहरिकरणको तितो स्वाद चाख्दैछ गाँउ।
पल्लौ घरले अलिकति खुट्टा फैलाउदा
वल्लो घरको सिकुवा अलिकति के मिचियो,
वल्लो घरले अलिकति जोड़ले खोक्दा
पल्लो घरको पर्खाल अलिकति के हल्लियो
काड़े तारको 'खिलखौड़ा' गाड़ेर
बाँधिएकोछ दुईटै घर
अहिले।
त्यसपछि!
घरहरु अलिकति फैलिनू लाई
मूलबाटो मिच्न थालेको छ
अलि अलि!
अलि बेसी!
यसरी
दिन दिनै साँघुरो हुँदैछ
मूल सड़क,
ढल्लै शहर,
ढल्लै देश,
ढल्लै पृथ्वी,
र
झनै
साँघुरो साँघुरो हुँदैछ
मान्छेको मन!!
No comments:
Post a Comment